2018 November 19/ 09:37: 48am

    अहिले फेरी नेपाली राष्ट्रिय राजनीतिमा बेमौसमको बाजा भनेझै नेपाली काँग्रेसबाट कुनै ठोस मुद्दाहरु नपाएर सरकारका झिनामसिना कमीकमजोरीहरुलाई काखीमा च्याप्दै सडक, सदन संघर्षको नाममा नेपाली जनता माझमा आफ्ना काकोहोला आवाजहरु फैलाउने प्रयासमा रहेका छन् । कहिले डा. गोविन्द के.सी.को मागहरुको सुनुवाइ गर्दै अनसन तोडाउनुपर्छ भनेर त कहिले कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा एमबिबिएस मा अध्ययनरत नेपाली छात्राहरुलाई अपमान र लज्जित हुने शब्द प्रयोग गरी भाषण गरेकोले राजिनामा गर्नुपर्छ भन्ने विषयमा त कहिले माइतीघर मण्डलामा जुलुश, सभा गर्न निषेध गरिएको निहुँमा आफ्ना सेनामेना भातृसंगठनहरुलाई यो सरकारको विरुद्ध बदनामी फैलाउने प्रयासमा केहो रुन्चे स्वरहरु नेपाली काँग्रेस र उसका भातृ संगठनहरुबाट निकालिरहेका छन् । आफू सत्तामा हुन्जेल गैरकानुनी तथा नैतिक हरामका कामहरु गरेर जनताबाट घृणित भई गएका सबै निर्वाचनहरुमा लज्जाजनक हार खाएर सत्ता बाहिर रहनु पर्दाको छट्पट्टि बाहेक अरु नभएको स्वयम् बुझपचाह नकचरो नेपाली काँग्रेस बाहेक अरु सबैले प्रष्टै बुझिसकेको छ । 
अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वको दुई तिहाइको सरकारप्रति कसरी वितृष्णा जगाउन सकिन्छ भन्ने एउटै चिन्तनका साथ नेपाली काँग्रेस लागि परेको छ । त्यसैले पनि सानोभन्दा सानो कमिकमजोरीलाई निहुँ बनाएर तीलको पहाड बनाउनमा कसरत गर्दै छ नेपाली काँग्रेस । आफ्नो बहुमत हुँदा सभामुख, उपसभामुख दुवै पद हत्याउन पुगेका ने.का. अहिले लाजै पचाएर तत्कालीन ने.क.पा. (एमाले) र ने.क.पा.(माओवादी) बीच एकीकरण भएपछि एउटै दलको रुपमा सभामुख, उपसभामुख बन्न सफल भएको कुरालाई समेत दुनियाँ सबैलाई मुर्ख बनाउने प्रयासमा उक्त दुईपद मध्य एकपद प्रमुख प्रतिपक्षले पाउनुपर्छ, हुनुपर्छ भन्नेजस्ता आदर्शवादी भाषा तथा राजनीतिक उच्च भद्र सहमतिबाट हुनुपर्ने जस्ता हास्यास्पद तर्कहरु अगाडि सारिरहेका छन् । यतिसम्म कि निर्वाचनमा लज्जाजनक पराजित भई काम चलाउ भइसकेका तत्कालीन प्र.म.शेरबहादुर देउवाले गरेको नियुक्तिहरु वैधानिक अनि दुईतिहाई भन्दा बढी समर्थन प्राप्त प्रधानमन्त्री के.पी. ओलीले गरेको बर्खास्त गरेको कामहरु गैरकानुनी, अवैधानिक भन्ने जस्ता कुतर्कहरु अगाडि सारेर अरुलाई मुर्ख बनाउने नाममा आफैं मुर्ख बन्दैछन् नेपाली काँग्रेस । जनता बीचमा सकारात्मक भूमिका खेलेर सरकारलाई सघाउँदै लोकप्रिय पार्टी बन्ने प्रयास गर्न छोडेर ४ महिना पनि नहुँदै के.पी. ओलीको राजिनामा माग गर्नु, सडक सदन तताएर सरकार परिवर्तनको दुस्प्रयास गर्नुले नेपाली काँग्रेसमा अलिकति पनि राजनीतिक धैर्यता नरहेको पुष्टि हुन्छ । 
आफू सरकारमा हुँदा जेपनि गर्न पछि नपर्ने, प्रमुख प्रतिपक्षीको ख्याल नगर्ने नेपाली काँग्रेस, अहिले आफू प्रमुख प्रतिपक्ष बन्न पुगेपछि, प्रमुख प्रतिपक्ष तथा दोस्रो ठूलो दलको हैसियतले सबैमा सम्मानजनक हैसियतको व्यवहार अनि प्रमुख पदहरु मध्येको वैकल्पिक एकपदक आफू तथा आप्mनो पार्टीलाई चाहिन्छ÷पाउनुपर्छ भनी तर्कहरु निकाल्न अलिकति पनि लाज लाग्दो रहेनछ ने.का.लाई । राजनीति भनेको ढाँट, छलछाम र बेइमानीपनको पराकाष्ठा होइन । इमानदारिता, विश्वासनीयता र असल व्यवहारको परिचय दिने जस्ता काममा लागेर जनताको मन जित्न प्रतिस्पर्धा गर्ने क्षेत्र हो । षडयन्त्र, झेल र झुठको खेल खेलेर एकछिन रमाउन सकिएला, आनन्दको अनुभूति होला । तर, दुनियाँलाई थाहा हुन्छ कि यसले झेल गरेको छ, झुक्याएको छ, ढाँटेको छ, उसको जीतलाई जीत मान्न सकिन्न । यो बदर हुनुपर्छ आदि जस्ता मूल्यांकनहरु पनि भइ नै रहेका हुन्छन् । देख्ने, जान्ने, बुझ्ने सहि मूल्यांकन गर्नेहरु सबैले अस्विकृत गरिरहेकै हुन्छन् । त्यसैले नेपाली काँग्रेसको सरकारबारे जानकार सबैले नेपाली काँग्ेसको वर्तमान आन्दोलनहरु, विरोधका स्वरहरु र गर्दै गरेका कार्यव्यवस्थाहरुबाट विश्वास गर्न सक्ने र सहानुभूति बटुल्न सक्ने छैनन् ।
इतिहासमा २००७ सालको क्रान्तियता चाहे पञ्चायतका नाममा होस्, चाहे नेपाली काँग्रेसको नाममा सरकारको संचालनको नेतृत्व यिनीहरुबाटै हुँदै आएको कुरा कोही कसैले विर्सन सक्ने अवस्था छैन । राज्यमा जतिपनि विकृति, विसंगति तथा अराजनीतिक गतिविधिहरु मौलाउँदै, फैलाउँदै र  विकसित हुँदै आजको यो अवस्थामा बलियोसँग जरा गाड्न पुगेको छ, संस्थागत रुपमा विकसित भइरहेको छ । यो सबै हुन जानु नै पंच नामका सरकार संचालकहरु र पंचहरुकै आदत बसेका नयाँ नामका नेपाली काँग्रेस हुन भन्दा फरक छैन । यहि कुशासन, कुप्रजातन्त्रलाई संस्थापन गर्नका मुख्य नायक नै अहिलेको प्रमुख प्रतिपक्षी भएकोले देशमा सुशासन बसाल्नमा गम्भीर आपत्ति तथा विरोध जनाउनुलाई अन्यथा मान्ने ठाउँ छैन ।
जतासुकै भ्रष्टाचार, घुसखोरी, तस्करी, ढिलासुस्ती, कमिशनखोरी, ऐन कानुन र नीति नियमलाई धज्जी उडाउँदै यो देशलाई आजको कहालीलाग्दो बेथितिको जग बसाल्ने यिनै नेपाली काँग्रेस अथवा पञ्चायत (पंच) का आदत बोकी नेपाली काँग्रेस बन्न पुगेकाहरु नै हुन् । यहि बेथिति, कुशासन, अराजकता र मनपरी तन्त्रको प्रजातन्त्रको पर्याप्त बनेका नेपाली काँग्रेसलाई कम्युनिष्ट सरकारको सुशासन बस्ने कुराले धेरै डाहा र छट्पटि भएको हुनसक्छ । प्रजातन्त्रको नाममा सिङ्गो देशलाई कङ्गाल र अस्तव्यस्त मुलुकको रुपमा स्थापित गर्न पुगेर विश्वका गरीब एवं अविकसित मुलुकहरुमध्ये एक मुलुकको रुपमा पु¥याउन बाध्य पार्ने पनि कथित यिनै प्रजातन्त्रवादी पार्टी हुन् । एमाले र माओवादीको यो नेकपाको सरकारलाई अधिनायकवादी, तानाशाही, निरंकुश शासन चलायो भनी कुकुर भकेझै भुकेर पार्टी भित्रमै भएको एकाधिकार तानाशाहीलाई छोप्न खोज्नुले दुनियाँका सबै सचेत नागरिकहरु बीच हाँसि मज्जाको पात्रो बन्न पुगेको यो कसैले भनिरहनुपर्ने अवस्था छैन । अझ भन्ने हो भने एक तिहाइको निर्वाचन गरेर दुई तिहाई पार्टी सभापतिबाट मनोनीत गर्ने विधान भएको पार्टी प्रजातन्त्रवादी हुने ? अनि जसको त सम्पूर्ण पदहरु निर्वाचित हुन्छन् त्यो चाहिँ तानाशाही हुने ? 
प्रजातन्त्र नामको कथित लालीपपको स्वाद चखाएर सोझा र असचेत जनताहरुलाई भ्रममा पारी पहिलो या दोस्रो पार्टी बन्न सफल भएकै कारण पाखुराको फूर्ति जमाउन पुगेका नेपाली काँग्रेसलाई गएको निर्वाचनदेखि राम्रैसँग चिनिसकेको छ । बृद्धभत्ता, असहाय भत्ता आदि जस्ता सामाजिक सेवाका भत्ताहरुलाई चरालाई कनिका छरेझै छरेर सिध्यायो भनी सक्दो सराप्न पुगेका नेका पार्टी गएका निर्वाचनहरुमा वृद्धभत्ता, असहाय भत्ता, विधुवाभत्ताहरु नेपाली काँग्रेसले दिएको हो भन्नु समेत पछि परेनन् । भुरा देखि बुढासम्म छाप परिसकेको कुरालाई समेत झुठले छोप्न खोजेर फट्याइँ पार्टीको रुपमा चिनाउन पुगे । 
अतः सयौं वर्षदेखि बेथिति, विकृति र अराजकताले जरा गाडेको यो देशमा एकैचोटी व्यवस्था मिलाउन कठिन छ । सुशासन स्थापित गर्न निकै मिहेनत गर्नुपर्ने छ । भ्रष्टाचार, घुसखोरी, तस्करी, ढिलासुस्ती र अनियमित कामकारवाहीलाई नियन्त्रण गर्न अझै केही समय लाग्छ । माथिदेखि तलसम्म जरा गाड्न पुगेको घुस, कमिशन र भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न निकै कठोरताका साथ कदम चाल्न अपरिहार्य छ । घुस र कमिशन नखाई काम नगर्ने कर्मचारी तन्त्रको अन्त्य आवश्यक छ । भनसुन, धाकधक्की, घुर्की, मुर्की आदिले सहि, सत्य मूल्यांकन हुन छोडेको छ । यसको लागि कैयौं नयाँ कानुनहरुको व्यवस्था गर्न आवश्यक छ । झनै हालैको नयाँ संरचना र स्वायत्त प्रदेशसभा र गाउँ तथा नगरपालिकाहरुलाई अधिक अधिकार प्रत्योजन गरी नयाँ परिपाटी बसाल्नमा धेरै मिहेनत गर्न आवश्यक छ । सरकार यसै कुरामा अल्मलिनु पर्ने अवस्था रहेको छ । यहि नयाँ व्यवस्थाको संक्रमणकालको कारण र विकासका लागि थप आर्थिक भारका कारण आर्थिक स्रोतहरु जुटाउन पनि सोच्नु नै पर्नेछ । त्यसैले पनि नयाँ संरचना अनुसार नयाँ सरकार बनेयता कुनैपनि कामहरु सन्तोषजनक रुपमा अघि बढ्न सकिरहेका छैन । व्यवस्था मिलाउने र विकास निर्माणका कुराहरुमा नयाँ रुपमा गति दिनुपर्ने भएतापनि सो दिन सकिरहेको छैन । र जनताका ठूलठूला असंख्य आकांक्षाहरु पूरा गर्नमा यो सरकारले सकिरहेको छैन । त्यसैले यहि संक्रमणकालको ढिलासुस्ती, पुरानै सँस्कारको निरन्तरताले देशमा व्यवस्था र सरकार परिवर्तनको अनुभूति गर्न सकिने अवस्था रहेको छैन । निर्वाचनको बेला पार्टीको तर्फबाट गरिएका आश्वासन र प्रतिबद्धताहरु पूरा गर्न सकिरहेको छैन । अहिल्य नेपाली काँग्रेस यहि कुरालाई मूल मुद्दा बनाएर के कसरी वर्तमान केपी ओली नेतृत्वको दुई तिहाईको कम्युनिष्ट सरकारलाई बदनाम गराउन सकिन्छ र जनताहरुलाई आफ्नो पक्षमा आकर्षण गर्न सकिन्छ भनी देशमा कोकोहोलो मच्चाउन उद्दत रहेको अमुक अमुक व्यक्तिहरुको अनसन र कुनै कुनै मन्त्रीहरुले बोलेको अभिव्यक्तिलाई लिएर सडक, सदनमा रोइरहेको छ ।
तसर्थ नेपाली काँग्रेसको वर्तमान गतिविधिहरु र विगतको इतिहासलाई हेर्दा नेपाली काँग्रेसको कोकोहोलाई यसरी लिन सकिन्छ र उत्तर (जवाफ) यस्तो पाउन सकिन्छ । 
अन्तमा, प्रश्न यस्तो रहेको छ,
नेपाली काँग्रेसको कोकोहोला किन ?
उत्तरहरु ः १. देशमा अशान्ति र अस्थिरता निम्त्याउन,
    २. घुसखोरी, तस्करी, भ्रष्टाचारी र आर्थिक विकृतिहरुलाई बढावा दिन,
३. शोषक, सामन्त, दलाल पूँजीपतिहरुलाई प्रश्रय दिई गरीब विपन्न वर्गलाई सदैव अभाव ग्रस्त बनाइ राख्न,    
४. समय अनुसार नयाँ कानुन बनाउन नदिन र भयका कानुनहरुलाई निकम्मा सावित गराउन,
५. गुण्डागर्दी, दादागिरी तथा अराजक व्यक्तिहरुलाई प्रोत्साहित बनाउँदै गैरकानुनी तथा हरेक किसिमका राज्य अपराधका कार्यहरु गर्न, गर्न लगाउन,
६. कथित प्रजातन्त्रको गुलियो लालीपपमा भुल्याई देश र जनतालाई सदैव कङ्गाल बनाइराख्न,
७. देशमा सदैव राजनीति अस्थिरता कायम राखी भारतीय मिचाहावाद र विदेशी साम्राज्यवादहरुलाई हस्तक्षेप गर्ने बाटो बनाउन,
८. स्थापित लोकतान्त्रिक शासन प्रणाली प्रति वितृष्णा जागृत गराई लोकतन्त्र विरोध तथा पुर्नरुत्थानवादी शक्तिहरुलाई टाउको उठाउने जमर्काे गराउन,
९. लोकतन्त्र र संघीयताको नेपाललाई असफल सिद्ध बनाउन,
१०. राष्ट्रियता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय गौरव, वीर गोर्खालीको प्रतिष्ठामा आँच पु¥याउने कुरामा सघाउन,
११. सत्यता, इमानदारीता र जनताप्रति जवाफदेहि छैन भनी आफ्नै पार्टी नेपाली काँग्रेस हो भनी चिनाउन,
१२. नेपालमा नेपाली काँग्रेस नामको पार्टी पनि थियो र वि.सं. २०७४ सालमा कम्युनिष्टको (नेकपा) को दुई तिहाई सरकार बनेदेखि नेपाली काँग्रेस लोप भएको भनी इतिहासमा मात्र सीमित गराउन, 
हो, यिनै उत्तरहरुलाई सही सावित गराउनकै लागि अहिले नेपाली काँग्रेस रुग्न स्वरमा कोकोहोला मच्चाई रहेको छ । अनावश्यक र निरर्थक आन्दोलनको नेतृत्व गर्दै अघि बढिरहेको छ, जुन कार्तिके वर्षाभैm क्षणभरमै समाप्त भइ सुख्खा भूमिमा परिणत हुनेछ । जतिसुकै लोकप्रियता कमाउन खोजेपनि त्यो सम्भव हुनेछैन । सम्पूर्ण नेपाली काँग्रेसहरुलाई चेतना भया...... ।