2019 June 27/ 03:59: 28am

पूजा सापकोटा
               समाजशास्त्रको भाषामा आत्महत्या भनेको सामाजिक अपराध भन्ने बुझिन्छ । समाजशास्त्र यस्तो एउटा सामाजिक अध्ययनको विज्ञान हो, जसले समाजमा भएका हर घटनाको विस्तुतरूपमा अध्ययन गर्छ । एकै सेकेन्डमा मनमा हजारौँ प्रश्नहरूले हुन्डरी खेल्छन् । आखिरमा के हो त आत्महत्या ? किन मान्छेको रोजाइमा पर्छ आत्महत्या ? साँच्चै आत्महत्या समस्याको समाधान हो त ! पक्कै पनि होइन ।
मान्छे मर्दछ बाँचेको हुनाले । गहिराईमा जाँदा थाहा हुन्छ, कति अमूल्य छ, यो जिन्दगी । जन्म लिनकै लागि पनि हजारौँ स्पोम र डिम्बहरू बिचको प्रतिस्पर्धाबाट हुन्छ, जन्म एक लक्की शुक्रकिट र डिम्बको मिलनबाट पन्चतत्वले बनेको एक शरीर । यो त भयो जन्मको कुरा तर पनि गर्भअवस्थामा पनि कति भ्रुणहरूको हत्या हुन्छ अनि कति भ्रुणको निधन । संघर्ष त्यतिबेला देखि हुन्छ जब जन्म लिनकै लागि प्रतिस्पर्धा हुन्छ । कुराको चुरो के हो भने जीवन एक संघर्ष हो भन्ने पंक्तिकारको समाजशास्त्रीय बुझाई रहेको छ ।
               सरल भाषामा बुझदा आफूँले आफैँलाई मार्ने प्रकृयालाई आत्महत्या भनिन्छ । आत्महत्याको बारेमा लेखिएको पहिलो ग्रन्थका रूपमा “आज भन्दा करिब चार हजार बर्ष अघि भोजपत्रमा लेखिएको एउटा मानवदेर्षिको आफ्नै आत्मसित संवाद” आत्महत्याको विषयमा उपलब्ध पहिलो ग्रन्थ हो, भन्ने मानिन्छ ।
विभिन्न समाजशास्त्रीहरूको भाषामा आत्महत्याको बारेमा उल्लेख विश्लेषण तल प्रस्तुत गरिएको छ ।
समाजले कानुनले संसारभरी आत्महत्यालाई अपराध ठहर गरेको छ । यो मानव चोला सुन्दर सुगन्धित फूल हो, यसलाई आफ्नो हातले निमोठ्ने, गोडाले कुल्चने कल्पना गर्नु हुदैन । आत्महत्या अगणित कालदेखि चलि आएको मृत्युवरण गर्ने एक शैली हो । दुस्साहस हो, कायरता हो, नपूंसकता हो, एक निषेधात्मक रोमान्स हो, पाप हो, निन्दयनी कर्म हो । जीवनको जटिलताबाट सरलतामा प्रवेश गर्ने कर्म हो आदि ।
खप्तड स्वामीले भनेका छन “हामी जे–जस्तो बिचार गर्दछौ, त्यस्तै परिणाम हाम्रो कर्ममा प्रतिबिम्बित हुन्छ । प्रत्येक पल पलमा जीव प्राणयुक्त सम्पूर्ण अस्तित्वको प्रतिफल मरिनै रहेको छ । मृत्युतिर अग्रसर भैरहेको छ, यो ब्रहमाण्डमा ! जीवनको महान दुखान्त भनेको मृत्यु होइन, परन्तु जीवित हुँदा हामीभित्रको जुन कुराको मृत्यु हुन्छ,  त्यो हो मृत्यु ।  भन्ने कुरा समाजशास्त्रको अध्ययनबाट प्रकाशमा आएको छ ।
संसारमा युद्धले भन्दा, जातीय हत्याले भन्दा, रोगले भन्दा, आत्महत्याले बढि मानिसहरू रित्याएको छ । संसारमा सबैभन्दा बढि आत्महत्या गर्ने देश भारत पर्दछ । आत्महत्याको विश्लेषण गर्दा जीवन एक संघर्ष हो । जहाँ हजारौँ समस्याका साथ लाखौँ समाधानका उपायहरू हुन्छन् तर त्यो दृढ साहस जीवनका भावी पलको आशाका किरणमा बाधा आई गति पहिल्याउन नसकि आफुले आफैँलाई नष्ट गर्नु नै आत्महत्या हो ।
आजभोलि हाम्रो समाजमा बढि देखिएको आत्महत्याको कारण प्रेमसम्बन्ध पनि रहेको छ । युवाअवस्थामा जोकोही पनि माया प्रेममा परेको हुन्छ र पर्न चाहन्छ । यो माया भन्नाले बाबा आमाले छोराछोरीलाई प्रति गर्ने पनि माया हो, ठूलाले सानालाई, शिक्षकले विद्यार्थी प्रति गर्ने सम्मान र आदरलाई पनि माया भनि बुझिएको छ । तर कयौँ युवायुवती आवेशमा आई आफूले आफैँलाई नष्ट गर्दछन्, माया प्रेमको कारणले । किन बुझदैनन् क्षणिक आवेशले बाबा आमाको आशा भरोसा अनि छोराछोरी प्रतिको वर्षौँको मेहनत र लगानी । गरिबी, अशिक्षा, बेरोजगारी, कुलत तथा दुव्र्यसनी, सम्बन्ध बिच्छेद विभिन्न यावत कारणले गर्दा आत्महत्या मान्छेको रोजाईमा परेको हुन्छ ।
               समाजशास्त्री सेनेकाले आत्महत्यालाई अन्तिम उपाय ठान्दै भने “एउटा अन्नत नियम छ, यो जगतमा आउने एउटै द्वार छ, यहाँबाट निस्कने हजार” । जहाँ जीवन हुन्छ, त्यहाँ मृत्यु निश्चित हुन्छ । वास्तवमा जीवन र मृत्युको नाता गहिरो हुन्छ । कसको, कहिले र कसरी कतिखेर मिति पुग्छ भन्ने कुनै टुंगो छैन । त्यसो त जीवनमा मृत्युको भय डिम्ब र शुक्रकिटको समागमदेखि नै सुरू हुन्छ । आत्महत्या गर्नु निसन्देह कायरता हो । बाँच्न डराउनु हो । आफैँदेखि आफैँसँग रिस उठ्नु हो । यो केवल आत्महत्या गर्नु दृष्टिभ्रम हो भन्ने पंक्तिकारको बुझाइ रहेको छ ।
लेखक स्समाजशास्त्रको विद्यार्थी हुन्
सन्दर्भस्रोत: समाजशास्त्रको आत्महत्यासँग सम्बन्धित अध्ययन