2025 June 17/ 04:22: 31pm

प्रायःजसो सबैको घरमा आजकाल एउटै आवाज सुनिन्छ । केटाकेटीले केही खाँदैनन् । अर्कोपनि आवाज सुनिन्छ । मोबाइल नै छोड्दैनन् । धेरैले सुनाउँछन् ढोका थुनेर बस्छन् । काम अ¥हायो कि रिसाउन थाल्छन् । भनेको मान्दैनन् । आफन्तकोमा जान रुचाउँदैनन् । आफन्त घरमा आएकै मन पराउँदैनन् । बिहानै अंग्रेजी गीत सुन्छन् । भजन सुन्दैनन् । ब्रतबन्ध गरेकाले पनि मन्त्रहरु बाचन गर्दैनन् । भगवानको पूजा गर्दैनन् । साग सब्जी खादैनन् । दहि, महि, महिकडी खाँदैनन् । बिहान चाँडो कहिल्यै उठ्दैनन् । गाली गर्छन्, झर्किन्छन्, कुटौंला झैं गर्छन्, जवाफ फर्काउँछन् । मोबाइलमा फोहोरी फोहोरी शब्दको दोहोरी खेल्छन् । घर धन्दा सघाउँदैनन् । घरमा पाकेको रुचाउँदैनन् । मःमः, चाउमिन, करेण्ट, पानीपुरी, चटपटे, सबभन्दा बढी खोज्छन् । आधा तन देखाएर अर्ध नग्न लुगा लगाउँछन् । पढाई भन्दा बढि राम्रो र राम्री कसरी बन्ने भन्ने होड छ । गफ गर्न र सुन्न, मजाक गर्नेमा सरिक हुन आनन्द लिने बानी छ । आफूले लगाउने कपडा धुने, मोजा जुत्ता सफा गर्ने, नुहाउने, घरको र कोठाभित्ताहरुको सरसफाई गर्न सक्दैनन् । खेती गर्ने त के हो गाउँकैलाई पनि गा¥हो भइसक्यो । चुरोट खान्छ । गाँजा तान्छ । आदि आदि कुराहरुमात्रै अभिभावकको सुनिन्छ ।
विद्यालयमा शिक्षकको गुनासो उत्तिकै रहन्छ । भनेको कुरा ध्यान दिएर पट्टक्कै सुन्दैन, सुने बुझ्दैन, नेपाली पढ्न पनि सक्दैन, लेख्न त झन आधा आदि अशुद्ध लेख्छ । अँग्रेजी जान्नेले जानिगो । नजान्नेले न नेपाली जान्दछ न अंग्रेजी जान्दछ न जान्दिनँ भन्ने थाह छ, न जान्दछ, न जान्न खोज्दछ । गणितलाई ःबतज मात्रै भनेर बुझ्दछ । सद्देहरु पनि कक्षामा साथी हुन्छन् तर तिनीहरुको संगत गर्नु भन्दा भडुवा, लठुवा र उच्छृंखलहरुको संगत गर्न मन पराउँछन् । कक्षा कार्य गृहकार्य र आन्तरिक परीक्षाहरु सकेसम्म पूरा गर्नै चाहँदैन । गरिहाले पनि पूरै कपि गरेको (अर्काको चोरेर लेखेको) हुन्छ । गुरु गुरुआमालाई जिस्काउने नाम काट्ने बाटोमा भेटे नमस्कार नगर्ने नदेखे झैं गर्ने हुन्छ । कतिपयले घरमा स्कुलको अनर्गल कुरा गरेर घरमा ढाँटिरहेको हुन्छ । कक्षामा हल्ला र कुराकानी मात्रै हुन्छ । पढेको पढाइएको कुरामा हेक्का राख्नु उनिहरुको लागि बकवास र शून्य मान्यता भइसकेको छ ।
यस्तो प्रवृत्ति देखिनु र भोग्नु प्रायः अभिभावक, समाज र शिक्षकलाई सामान्य भैसक्यो र सहन पनि गा¥हो परिसकेको छ । कस्ता–कस्ता चित्र देखिन्छन् त समाजमा ? तिनको सन्देश के हो यत्ति बुझ्नु र केलाउनु अनिवार्य भइसक्यो । एकदिनको कुरा हो । बिहान ७ बजेतिर बनेपाको बिच बजारमा रहेको एक मन्दिरकै प्राङ्गणको पर्खाल माथिको ढुङ्गामा छिन् । बसेर निहुरिएर केही हेरिरहेकी थिइन । उनिनेर उभिएर यो दृष्य लगभग ९÷१० मिनेट जति हेरें । उनी त्यस्तै ९÷१० बर्षकी छोरी मान्छे हुन । बच्चाको हातमा एउटा ३०÷३५ हजार जति जाने मोबाईल छ । ४ डिग्रीको चिसोमा एकसरो लुगा शरीरमा छ । चिसो ढुङ्गामा मजाले पलेंटी मारेर बसेकी छिन् । मान्न सकिन्छ कि उनलाई मोबाइलको लतले चिसो र तातो समेतको मतलब भनौं वा ज्ञान छैन । ९÷१० मिनेट जतिको बिचमा मैले उनलाई “ए छोरी तिमीलाई चिसो लागेन ? “तिम्लाई यो मोबाइल कस्ले दिएको “तिम्रो घर कहाँ हो “तिम्रो घरमा कोहि छैनन् “मोबाइलमा के हेरेको” “मोबाइल तिम्रै हो ? आदि आदि करिब ९÷१० ओटै जति प्रश्नहरु सोधें होला । उनले ठाडो शिर गरिनन् । न मेरो जवाफ नै आयो । अनि मैले त्यो मोबाइलबाट ध्यान हट्ला कि भनेर फोटो लिएजस्तो गरें । नजिकै गएर बसें । भिडियो खिचें । अहँ, उनलाई केही मतलब भएन । 
त्यसपछि मैले त्यही दृष्यमा आज नेपाल भरिका लाखौं नानीबाबुहरुको प्रतिबिम्ब भेटें र हजारौं बालबालिकाको भविष्यको निर्माता एक शिक्षकको नाताले पनि जनचेतनाको लागि यो घटना सार्वजनिक गर्नुपर्छ भन्ने सोचें । 
कोरोनाले भएको लकडाउन पछि स्कुले उमेरका बच्चाहरुलाई mयदष्भि मा यलष्लिभ अबिकक पछि यो विकराल समस्या देशभर फैलिएर थामिनसक्नु भएको छ । यसले घरमा अभिभावक र स्कुलमा शिक्षक अनि टोलटोलमा सबै सबै प्रायः सबै बालबालिका आफैं आक्रान्त भैरहेका छन् । बच्चालाई मोबाइल र सोसल मिडियाको लत बसिसकेको छ । गेम, भिडियो र भ्लग भनेर त्यसैको सिको गरेर जीवनशैली पढाई, सामाजिक नैतिक पारिवारिक मूल्य मान्यता हराउँदै गइसकेको छ । राम्रो संस्कारमा हुर्केका केटाकेटीले बाँच्न र सुख पाउन गाह्रो हुने अवस्था आउन लागेको छ । मोबाइल लतले काममा राखेका कामदार, खेताला, कर्मचारी, ब्यापारी, भनौंभने पिउन देखि हाकिमसम्म हजुरबा आमा देखि नातिनातिनासम्म हरेक काम र कर्तव्यभन्दा माथिको मान्यता नै दिएको देखिन्छ । सबैले मोबाइल बिना केही सोच्नै नसकिने । केही गर्नै नसकिने, यो बिना त घुमफिर पनि खल्लो लाग्ने, घुमफिर्मा गएकाहरुको बरु मतलब नलाग्ने । यस्तो भइसकेको छ समाज ।
यसो हुनुमा ती कलिला बालबालिका भन्दा बढी दोषि हामी छौं कि ? सोचौं । राम्रोसँग मनन गरौं । कोको दोषी हो र के गर्नुपर्ने हो । बच्चाले खाना खाएन । मोबाइल देखायो, स्कुल जान मानेन । भरे आएपछि मोबाइल दिउँला भन्यो, भनेको काम मानेन मोबाइल किनिदिउँला वा काम सकेसी मोबाइल दिउँला भन्यो । नुहाउन मानेन, बजार जान मानेन, जे जे मानेन त्यस्को लागि हामीले अनावश्यक रुपमा उसलाई मोबाइल दिने लालसा दिंदै मोबाइल तिर कतै फसाइरहेका त होइनौ ? अनि फेरि प्रविधिको जमाना छ यसलाई कहाँ मोबाइल दिनु भनी मोबाइलको मुखै देख्न नदिने दुस्साहस त गरेनौँ ? यी दुबै कामहरु बच्चाको चरित्र निर्माणका घातक चिज हुन् । र थप अरुपनि दिनभर बच्चालाई एक्लै घरमा छोडेर मोबाइल साथमा पो दियौं कि ? पकाएर खा स्कुल जा भन्दा बाहेक केही भनेनौ कि ? घरको काम हामीले नै सिकाएनौ कि ? बेला हुँदै अलि अलि तर्साएनौ कि ? पाहुना र इष्टिमत्र घर आउँदा बोल्नुपर्छ आदर सत्कार गर्नुपर्छ भनी हामीले नै संस्कार सिकाएनौं कि, बच्चालाई घरमा बिहान बेलुकी भएपनि केही समय छुट्टयाएर कुराकानी गर्ने सुन्ने गरेनौं कि, बच्चा सानो छ भनेर ३३ सानोतिनो काम पनि आफैं गरिदिएर पुल्पुलायौं कि ? पु¥याउन सक्ने कुरा पनि नपु¥याएर बढी अभावमा राख्यौं कि ? वा पु¥याउन नसक्ने पनि पु¥याउन खोजेर उसलाई घमण्डी हुन सहयोग गर्यौं कि ? कि हामी निरीह भएर बच्चाको खुशी मात्रै हेर्ने मुकदर्शक पो भयौं कि ? हामी सरोकारवालाहरु कहाँनेर चुक्यौं त ? 
मलाई लाग्दछ, यो आकस्मिक र आर्टिफिसियल ढंगले विश्वका अनि विकट र विकासोन्मुख राष्ट्रहरुलाई कमजोर पार्ने मनसायले कोरोना र यसको आक्रान्त स्थिति सृजना गरियो । यलष्लिभ पढाईको ब्यवस्था गरियो । त्यसमा मोबाइल प्रयोग गराउनु हुँदैनथ्यो । हामी मुर्ख भयौं र सजिलो बाटो रोज्यौं र हाम्रा बच्चामा पढाईप्रति बिचलन आयो । यो कोरोना भन्ने रोग पनि कुनै २÷३ सम्भ्रान्त राष्ट्रहरुको खेल थियो । किनकी कोहि महान् दार्शनिकले कतै भनेका छन् कि तेस्रो बिश्व युद्ध भयो भने बिना आणविक हतियारको हुन्छ र संसारमा आणविक हतियार पनि केही बाँकी रहन्न । कतै त्यसैको प्रयास कोरोनाको आतंक होकि झैं लाग्दछ । 

अर्को छ बालश्रम शोषण न्यूनीकरण गर्न भनेर आएको बाल अधिकारको नाममा घरमा विद्यालयमा समेत विद्यार्थीलाई पुल्पुल्याउने, काममा नलगाउने नीति । नीति भनेको सार्वजनिक काम र हितको लागि हो । त्यो संस्थाहरु र समाजसम्म ठीक छ । घर र विद्यालयसम्म त्यस्ले बच्चाको विकासमा असर गरिरहेको छ भने त्यो कहाँ र कतिसम्म लागू गर्ने भन्ने कुरा अझ विशिष्टिकरण गरिनु पर्दछ । यहाँ बाल अधिकारको नाममा घर घरमा बच्चा पुल्पुलिइरहेका छन् भने काम गरेर खान सक्छु काम गर्छु भन्ने बालक सडक बालबालिका भएर हिँड्नुपरेको छ । बलात्कार हुनेहरु मुख छोप्नुपर्ने, सौतेनी आमाको दुव्र्यवहार सहन नसकी आत्महत्या गर्न बाध्य हुनेपनि त्यहीँ छन् । त्यसैले अधिकार कसलाई कति कसरी र कहाँ दिने भनेर बिचार गरि नीति नियम बनाइनु पर्दछ । माछालाई पानी चाहिन्छ भने चरालाई आकाश । 
अर्को कुरा कुनै शिक्षकले शिक्षा यदि ज्ञान सीप र ब्यवहार अनि विवेकको रुपमा दिनलाई उस्ले पनि आफ्नो चेलाचेली छनोट गर्न पाउनुपर्ने कुरा धार्मिक ग्रन्थहरुले बताएका छन् । अर्जुनलाई दिने ज्ञानले दुर्योधनलाई काम गरेन । हो हामी शिक्षकले दिएको कुरा लिने विद्यार्थी खाँचो भएको महसुस गरिरहेका छौं आज । आगोमा सुन हाल्नुपर्छ । सुकेको खर होइन । गधालाई भारी बोकाउनुपर्छ परेड खेलाउने होइन । हामी शिक्षा दिनेले पनि त सहि पात्रमा दिन पाएका छैनौ कि ? “कोपारामा चन्दन बुहारीलाई खनखन” त भएको छैन? हाम्रो शिक्षा ? हामीले धर्म संस्कृति आध्यात्मिकता र चाडबाडको महत्वलाई कतै न कतै बैज्ञानिकता तिर जोड्ने र कतिपय परिमार्जन तिरै लैजानु पर्दछ । बच्चाहरुलाइई धर्म संस्कृति र परम्पराको नाममा हुन्छ र हुन्न । मय  बलम मयल’तुक  मात्रै भन्दा पनि त्यस्को असर र प्रभावबारे बुझाएर अगाडि बढाउन कतै चुक्यौं कि ? भन्नेबारे सोच्नु पर्दछ ।  
समाजको क्रियटर र क्रीमिनल दुबै नै यहि मानिस हो । घरमा अभिभावक, विद्यालयमा शिक्षक, समाजमा समाजकै मानिसहरु, आफन्त, छिमेकी र साथीहरू यिनै बच्चाको भविष्यको कारण हुन् । नीति निर्माताहरु पनि हुन र मिडियाकर्मी पनि हुन र सबभन्दा बढी त सरकार नै हो । किनकी समाज कतातिर गइरहेको छ । किन गइरहेको छ, के गरिएको छ, के गर्नुपर्ने छ भनी केलाउनु र कामियावी भुमिका खेल्नु सरकार सरोकार र घर तिनवटै तहको जिम्मेवारी हो । केटाकेटीको मोबाइल तिरको लत सुधार गर्नु र मोबाइल नै संसार हो भन्ने बिचारको उडान रोक्नु आजको समाजको पहिलो चुनौती हो । यस्को लागि सबभन्दा पहिलो कदम यस्मा केही सिन्डिकेट तय गरिनु पर्दछ । कस्ले गर्ने ? गर्नु जरुरी छ । सबभन्दा ठूलो कुरा हाम्रो देशमा नागरिकमा सचेतनाको स्तर नै नाजुक छ । स्तर उठ्न आर्थिक उन्नती आवश्यक हुन्छ । आर्थिक उन्नती कसरी गर्ने, सामाजिक र नागरिक चेतना कसरी बढाउने, कसरी यी साना बालबालिकाको भबिष्य जोगाउने, यिनीहरुको पाइलट बिनाको उडान कसरी रोक्ने मुख्य प्रश्न यहि नै छ र यो प्रश्नको उत्तर भेटिने गरि छिटोभन्दा छिटो कदम चालिएन भने अबको १० बर्षमा हराम सँस्कारहीन र अटिजम भएका केटाकेटीहरु नेपालमा ९०% भन्दा बढी भेटिनेछन् ।