2019 January 19/ 08:05: 16pm

जी.एन. प्रधान
    अहिले फेरि नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) भित्र वामदे गौतमको फरक तथा भिन्न मतले बजारमा निकै चर्चा पाएको छ । पार्टीमा भिन्नभिन्न स्वभाव, चरित्र र चिन्तनका मानिसहरु हुनुले यसरी फरक धारणा वा भिन्न विचार आउनुलाई अन्यथा मान्नु पनि हुन्न र आउन दिनुपनि पर्छ । विचार, विमर्श र व्यापक छलफल भएर नै पार्टी सुदृढ हुन्छ र पार्टीको सिद्धान्त अनि उद्देश्य एकमतका साथ अघि बढ्न सक्छ र पार्टी पनि अनुशासित र बलियो पनि हुन्छ । पार्टीभित्र व्यापक छलफल र विचार विमर्शविना दोषदिशा निर्देश गर्न पनि सकिन्न । माक्र्सवादको दर्शनले यहि विचार, विमर्श र विश्लेषणलाई जोड दिएको पाइन्छ । जब दुई वा दुईभन्दा बढी वस्तुहरुको बीच द्वन्द्व र संघषृ भएबाट नै कुनै तेस्रो नयाँ वस्तु, नयाँ कुराको उत्पत्ति (सिर्जना) हुन्छ भन्ने कुरा पनि वैज्ञानिक रुपमै प्रमाणित भइसकेको छ । जस्तो ः हाइड्रोजन २ र अक्सिजन १ मिली पानी बन्छ, दुई ताली बजाइएमा आवाज निस्कन्छ, दुई हत्केलाको घर्षणले ताप निस्कन्छ, तापको प्रभावले धेरैजसो तरलपदार्थहरु वाफ र ग्याँस बन्नुपुग्दछ । तापले कुनैपनि वस्तुलाई तताउने र कमजोर बनाउने काम गर्छ । त्यस्तै दुई भिन्न लिङ्गबीचको आपसी सम्बन्धले प्रजननको प्रकृयामार्फत नयाँ वस्तु वा सन्तानको जन्म हुन्छ । यहि प्रकृयाले प्रकृतिका धेरैजसो चीज वस्तुहरु अगाडि बढिरहेको छ । जुन संसारका संरचनालाई गतिशील तुल्याउनको लागि अपरिहार्य सिद्ध भइसकेको छ ।
    तर यति हुँदाहुँदै पनि कतिपय चिज, वस्तु वा विचारहरुको द्वन्द्वले समाज र सिङ्गो संसारलाई नै नकरात्मक रुपमा प्रभाव (असर) पार्ने काम गर्दछ । ड्राइभर, पाइलट र डक्टरको सानोमात्र हेलचेक्र्याइँले पनि अकल्पनीय घटनाहरु निम्त्याउन पुग्दछ । दुई व्यक्ति वा दुई समूह बीचको असहमतिले ठूलठूला द्वन्द्व वा युद्धहरु जन्माउँछ । यसरी द्वन्द्व, संघर्ष, वादविवाद, बहस, छलफल आदिले अन्तिममा कि त नौलो, नयाँ कुराको सिर्जना गर्दछ कि त नकरात्मक असरको रुपमा कामै नलाग्ने पनि बनाउँछ । तर नकरात्मक परिणाम निम्तिन्छ भन्ने डरले कुनैपनि काम र बहस, छलफल गर्न छोड्ने हो भने सदैव यथास्थितिमा रहनु सिवाय अरु कुनै नौलो तथा चमत्कारी परिवर्तनको अनुभव र देख्न पाउनेको पनि सम्भावना छैन ।
    त्यसैले कुनैपनि दल वा राजनीतिक पार्टीहरुमा पार्टीलाई नयाँ र गतिशील अनि क्रान्तिकारी रुपमा अगाडि बढाउन गहन रुपमा छलफल तथा बहसहरु हुनु, भैरहनु अपरिहार्य छ । बरु यसरी भइरहने बहस र छलफलहरु अन्तमा एउटै निश्कर्षमा सकारात्मक ढंगले पुग्न सक्नु पर्दछ । ताकि पार्टीभित्र विरोधका लागि विरोध गर्दै एउटा पक्षलाई कमजोर बनाएर आफू पार्टीभित्रको शक्तिशाली व्यक्ति बन्ने र मात्र विस्थापित गरी पुनः एकदलीय शाही तन्त्रलाई स्थापित गर्नु हो । यो सबै हुन जानुमा अर्थात केही राजावादी मण्डलेहरुको टाउको उठाउने साहस हुनुमा हाल देशमा सक्रिय राजनीतिक दलहरुको गैर राजनीीतक चरित्रको हावी हुनु वा न्याय कानुनलाई हातमा लिइ गैरकानुनी ढंगले केही माफिया गिरोहहरुले सरकारको नीति नियम, ऐन, कानुनलाई नै ठाडो र नाङ्गनो रुपमा उल्लंघन गर्दै सरकारलाई नै कमजोर बनाउने कार्यहरु गरिरहेबाट नै सामान्य खालका जनताहरुमा यो संघीय प्रणालीको देश र राज्य सरकारप्रति नै वितृष्णा जगाउन थालेका छन् । यस किसिमको लापरवाही र मनपरी ढंगले अघि बढिरहका निहित धननमुखी, अराजकमुखी माफियाहरुको कारणबाट नै देशमा सुशासन स्थापित गर्न कठिन भइरहेको छ । पार्टीकै आड र ओतमा पार्टीकै बदनाम हुनेगरी जस्तो काम गर्न पनि पछि नपर्ने अपराधिक तत्वहरुको कारण नै देश आज अराजक र अनियन्त्रित रुपमा अघि बढिरहेको छ । मुलुकलाई शान्ति र सुदृढ रुपमा अगाडि बढाउन सहयोग गर्नुपर्ने दलहरु, पार्टीभित्रकै सहकर्मी नेताहरु खानभन्दा साना गल्ती कमीकमजोरीलाई निहुँ बनाएर विरोध गर्न गरिरहनु कुनैपनि जिम्मेवार राजनीतिक पार्टीहरु र पार्टीका नेताहरुको दायित्व हो वा होइन यसतिर ध्यान दिइएको देखिदैन ।
    पार्टीभित्र एकमत नभै विभिन्न गुट उपगुटमा विभाजन हुनुको कारण नै आज पार्टीका आम कार्यकर्ता र समर्थकहरु पनि गुट–उपगुट र लविङ्ग÷छविङ्गमा विभाजित हुन बाध्य भएका छन् । नेताहरुको यहि घृणित कार्य प्रवृत्तिकै कारण गएको तीन तहको निर्वाचनमा गुटगुट÷पक्ष पक्षमा कित्ताकाट गरेर कतिपय लोकप्रिय र जित्ने निश्चित भएकाहरुले टिकट पाउन सकेनन् भने कतिपय व्यक्तिहरु जनप्रतिनिधि हुन योग्यतै नपुगेकाहरु पनि उम्मेदवार बन्ने अवसर पाए र धन्न पार्टीकै बैंक भोटको कारण विजयी पनि भए । पार्टीभित्र देखापरेको यहि गुटउपगुटकै कारण पार्टीहरु दिनप्रतिदिन कमजोर र अलोकप्रिय हुँदैछ । केही महिना अघि मात्र दुई ठूला वाम पार्टीहरु एकीकृत भई बन्न पुगेको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) लाई भावनात्मक रुपमा एक बनाई पार्टीलाई सुदृढ र संगठित बनाउनुपर्नेमा उल्टै पूर्ववत् पार्टीका कार्यकर्ता र समर्थकहरुलाई समेत खसीको मासु भाग लगाएझैं भागबण्डा लगाई पार्टी एक, गुट अनेक गर्नेक कार्यले पार्टीको नेताहरु देखि नै घृणा जागिसकेको छ, रोष उत्पन्न भइसकेको छ । यसैको कारण कतिपय इमानदार र बफादार कार्यकर्ताहरु पाखा लाग्दै र पार्टीबाट पलायन हुँदै सत्तामा पुग्नकै लागि रणनीतिक खेल खेल्न पुग्दछ भने देश र जनताका लागि योभन्दा ठूलो बेइमानी अरु केही हुन सक्दैन । तसर्थ बहस होस् देश विकास कसरी गर्ने भन्नेमा होस्, छलफल होस् आम जनतामा कसरी सुख र सम्बृद्धि ल्याउने भन्ने कुरामा होस् । विचार, विमर्श र विमतिका कुराहरु आओस् आफ्नै पार्टीको नेतृत्वको सरकारलाई बलियो बनाउनमा र सरकार संचालन सहज तरिकाले गर्नमा होस् । यो सरकारलाई स्थिरता राख्नु भनेको नै मुलुकमा राजनीतिक स्थिरता कायम राख्नु हो । मुलुकलाई दिशाहीन बनाउनबाट जोगाउनु हो । असफल सरकार, असफल नेकपाको सरकार, बदनामी राज्य हुनबाट जोगाउनु हो । 
    यसैले फेरि पार्टीमा क. वामदेव गौतम नायक बनेर जसरी पार्टी भित्र फरक मतको नाममा केहि मतभेदहरु आइरहेका छन् यो केवल वामदेव गौतम निर्वाचनमा पराजित भइ संसद्मा पुग्न असफल भएबाट सरकारको महत्वपूर्ण पदमा पुग्न नपाएकै कारण त्यसको पीडाबोध पोख्नकै लागि मात्र भए योभन्दा घटिया काम अरु के हुनसक्छ । आफूले जित्न पाए, पद पाए वा लाभको ठाउँमा पुग्न पाए समर्थन र ठीक उक्त अवसरहरु प्राप्त गर्न नसके बेठिक र विरोध अनि फरक मत । अहिले पार्टीभित्रका केही पहुँचवाला नेताहरुको फरक मत र असहमतिले पार्टी र सरकारलाई बलियो बनाउनतिर हैन कमजोर बनाउनतिर लागि परिरहेको देखिन्छ । यसले पार्टीभन्दा इतर (विरोधी) का दलहरु वा नेकपाको बलियो जनमतदेखि औडाहा र छट्पटिएकाहरुलाई बल पु¥याउने काम गर्दछ । यसै त सानासाना कुराहरुलाई पनि तीलको पहाड बनाएर केपी ओली ससरकार र सिङ्गो ने.क.पा.लाई बदनाम गर्न न्वारनदेखिको शक्ति लगाई राखेका छन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाहेक सम्पूर्ण शक्तिहरु ।
    देशभित्र घटिरहेका हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, घुसखोरी, ढिलासुस्ती, कालो बजारी आदिमा नियन्त्रण गर्न नसक्नु जस्ता सरकारको कमजोरीलाई लिएर केही राजावादी मण्डलेहरु “राजा आऊ, देश बचाऊ” भन्ने नारालाई अघि सार्दै कथित तान्त्रिक ज्योतिषीको हावाला दिँदै वा आर्थिक प्रलोभनमा पारी २०७५ को माघ ७ गते पूर्वराजा ज्ञानेन्द्र पुनः नारायणहिटी दरबार फिर्ता सवारी हुँदैछ भन्ने हल्ला पिटाइ जनतामा भ्रम फिजाउने काम गर्दैछ । यो हल्ला हुनु वा पूर्व राजालाई पुनः दरबार फर्काउन उक्साउनु÷प्रोत्साहन गर्नु भनेको भर्खरै जनताले प्राप्त गरेको लोकतन्त्रलाई समाप्त गर्नु हो । बहुदलीय शासन व्यवस्थालाई छन् भने कतिपय अपराधि र बदनामी कमाइसकेका तथा जनताबाट तिरस्कृत व्यक्तिहरु पार्टीका नेताहरुको आडमा पहुँचमा पुग्न गएबाट पुराना इमानदार, बफादार तथा पार्टीप्रति निष्ठावान कार्यकर्ताहरुको मनमा गहिरो चोट पुगेको छ । हीनताबोधले पार्टीको कार्यकर्ता भन्नमा गर्व गर्नुको सट्टा लज्जित हुनुपर्ने अवस्था आइसकेको छ । आजको पार्टीका कार्यकर्ताहरुमा अलिकति पनि भावनात्मक सामीप्यता छैन, देखिँदैन । पार्टीका संगठित कार्यकर्ता देख्ने वित्तिकै, भेट्नेवित्तिकै कताकता मन खुशीले फुलेर आउथ्यो दुर्लभ ‘मामा’सँग भेट भएझैं हुन्थ्यो । तर अहिले ठीक उल्टो पार्टीका नेता र कार्यकर्ता देख्ने वित्तिकै नाक खुम्चिन पुग्छ, भित्रभित्रैबाट मन त्यसैत्यसै रीसले मुर्मुरिएर आउँछ । आज एउटै पार्टीको घनिष्ट साथी हैन परमशत्रु झै लाग्न थालेको छ । इमानदार र बफादारको मूल्यांकन छैन, त्यागी र निष्ठावानको मतलब छैन । धन, बल र चाप्लुसीमा माहिर बन्न सक्नु परेको छ । तसर्थ अहिले देखापरेको वामदेव गौतम, सहितको उपल्ला नेताहरुको फरक मत भिन्न मत आदिले यसैलाई विकास गर्न खोज्दैछ । कतै फेरी २०५४ को पार्टी विभाजनको दुःखद् घटनालाई निम्त्याउन त खोजिरहेको छैन, आमकार्यकर्ता र समर्थकहरुको चिन्ता र प्रश्न यहि रहेको छ, सम्पूर्णको जिज्ञासा यहि रहेको छ । नत्र भने ......नेताहरुमा अ...सहमति र फरक मतको लर्काे किन, कित्ताकाट किन ?