नेपालमा संघीयता कार्यान्वयन भइरहेको (२०७२–०७९) सात वर्ष बित्यो । दुईवटा आवधिक निर्वाचनहरु स्थानीय, प्रादेशिक र केन्द्रिय निर्वाचन पनि सम्पन्न भयो । यी दुवै आवधिक निर्वाचनमा आ–आफ्नो पार्टीको नीति, सिद्धान्त, विचार र कार्यक्रमबाट जनतालाई प्रभावित बनाउने निर्वाचन जित्ने र जुन पार्टीको नीति, सिद्धान्त, विचार र कार्यक्रमले नेपाल र नेपालीको भाग्य र भविष्य स्वर्णिम बनाउने कल्पना गरेको छ त्यहि पार्टी र पार्टीको प्रतिनिधि उम्मेदवारलाई अनुमोदन गर्ने जस्तो विषयवस्तु पनि ओझेलमा प¥यो । निर्वाचन लहडबाजीमा लहैलहैमा मतदान गर्ने र प्रतिनिधि पात्रहरुले चुनावी फण्डा फ्याँकेर मतदाताहरुलाई भुलभुलैयामा पारियो फलस्वरुप राजनीति तरल बन्दै, त्रिशंकु संसद्को अवस्था भयो । विशेषगरी २०७९ को निर्वाचनले कुनै पनि शक्ति घटेर शून्य नहुने र शक्ति बढेर १००% नहुने महत्वपूर्ण राजनीतिक ज्ञान प्राप्त भयो ।
सत्ता र शक्तिको दुरुपयोग, चरम राजनीतिक सत्ताको स्वार्थ, जनताको प्राथमिक आवश्यकतालार्य सम्बोधन गर्न नसक्नु साथै जनताहरुले पनि नेपालको पृष्ठभूमिमा प्रयोग गर्न खोजेको मौलिक कार्यक्रम जुन कार्यक्रमले दिगो शान्ति, सुशासन विकास र सम्बृद्धिको ध्येय बुझ्न नसक्नु आदिले पनि हङ पार्लियामेन्टको संरचना स्थापना भयो । तर यसो हुनु भनेको राजनीतिक तरलता हुनु सत्ताको झिनाझम्तीमा अल्मलिनु दुर्भाग्य हुनु हो । अझ दुर्भाग्य त जुन पार्टिले जनता बिचमा कुन वर्गमा आधारित, कुन सिद्धान्तमा आधारित नीति, सिद्धान्त र राजनीतिक विचार दिन सकेको छैन त्यस्तो पार्टीले जनमत अल्मल्याउन र अल्मलिनु दुवै पक्ष झन् खतरा हो । हुन त २०१५ साल देखि २०७४ सालसम्मको ५ वर्षको कार्यकाल कुनैपनि प्रजातान्त्रिक सरकारले पूरा गर्न नसकेका फरक फरक कारणहरु हुन् सबै म्यादी सरकारको उपमा छन् तर पनि यो खासगरी २०४८ पछिका संसदीय सरकारका गतिविधि, पार्टीहरुको जवाफदेहिता, जनउत्तरदायित्व भूमिका, समर्पण, निष्ठा आदिलाई मध्यनजर गरि नेपाली राजनीतिमा सबभन्दा बढी निष्ठापूर्वक जनजीविकाहरुको हक, हित र संरक्षणमा आवाज बुलन्द गरेको थोरै समय सत्ता संचालन गर्दा सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक परिवर्तनको पक्षधरता लिएको पार्टी परिक्षण भएर पहिचान बनाएको पार्टी नेकपा एमाले र यस पार्टीका उम्मेदवार जनअनुमोदित हुन नसक्नु राजनैतिक दृष्टिकोणले न्याय भएन ।
खुल्ला बहुदलीय व्यवस्थाको अभ्यासमा पार्टी पार्टी जस्तो भएर निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्नु, धमिलो पानीमा माछा मार्न खोज्नु अपस्ष्ट राजनीतिक विचार र सिद्धान्तबाट जसरी पनि सत्ताको बागडोर सम्हाल्ने दूषित मनसायबाट कुन गन्तव्यमा नेपाल र नेपालीको अवस्थाको ग्यारैन्टी गर्ने स्पष्ट माग नहुनु नेपाली स्वाभिमान र राष्ट्रिय स्वाधिनताको रक्षार्थ आगामी ५ वर्षम ागर्न र गराउने लक्ष्य र उद्देश्य नहुन स्वार्थमा आधारित गठबन्धनहरुको चलखेल सुरु हुनु नीतिगत नेतृत्व कमजोर हुनु जस्ता संकेतहरुले आगामी उज्जवल राजनीतिक भविष्यको सम्भावना छैन । सबै दृष्टिकोणबाट पृथक गठबन्धन । जुन गठबन्धनले राजनीतिक निषेध गरी चौबाटो घेरियो, दोबाटो घेरियो, गोरेटो, घोरेटो, बसै घेरियो । विशेषतः एमाले माथि निषेधको राजनीतिक यात्राको सुरु गरियो । सबै एकातिर हुँदा पनि चट्टानी अडानका साथ सतिसाल जस्तै राजनीतिक विचार लिएर अघि बढेको, ५ वर्षमा गर्ने बिस ग्यारेन्टी, जताको गाँस बास, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार सम्बन्धी आधारभूत आवश्यकतासँग सम्बन्धित मुद्दामा एकत्रित, अविचलित, भएर निरन्तरता, सहित राष्ट्रियताको रक्षा, रसंघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र समाजवादको लक्ष्य प्राप्त गर्नका खातिर स्पष्ट लक्ष्य भएको नीति र नेतृत्वलाई घेराबन्दी गर्दै असमान विचार भएका, हिँड्ने बाटो फरक फरक भएका शक्ति बीचको गठबन्धन र एकताले गर्दा पनि आगामी राजनीतिक स्थिरता, एकता, शान्ति, समृद्धि सम्भव छैन ।
कार्यगत एकता भएपनि राजनीतिक एकता हुँदैन । तसर्थ पनि प्रगति र समृद्धिको सम्भावना देखिँदैन । अस्थिर सत्ता संचालनबाट विगत वर्षहरुमा पनि हामील्े अनुभव गरिसकेका छौ कि सत्ता टिकाउने र समीकरण बदल्ने खेल हुनेछ र सत्ता साझेदार पार्टी नेतृत्वले विशुद्ध तानाबानाको खेल खेल्दा मुख्य विषयवस्तु ओझेलमा पर्नेछ र फलस्वरुप प्रगति भन्दा पनि दुर्गतिको अवस्था सृजना हुनेछ । नेपाली राजनीतिमा मुसा प्रवृत्ति हावी हुनेछ अस्वस्थ राजनीतिक प्रतिस्पर्धा हुने छ यहि मौकामा राजनीतिक संक्रमणको फाइदा उठाउनका लागि विदेशी शक्ति केन्द्रहरुले चलखेल गराउने छन्, गर्नेछन् नेपाललाई क्रीडास्थलमा परिणत गर्नेछन् अनि अदृष्य शक्तिहरु चल्मलाउने छन् अशान्ति समेत हुने खतरा छ । सामाजिक न्याय, सुशासन मर्नेछ दण्डहीनताले प्रशय पाउँछ । हुन त लेखकले सबै पाठ्यसामग्रीहरुको जोडजुलुम गरेर, सबै प्रमाणहरु प्रस्तुती गरेर पाठकलाई भरपूर ज्ञान दिन त सक्तैन तैपनि प्राथमिक आधारभूत आवश्यकतासँग सम्बन्धित हुनु विगतको क्रियाकलापहरुलाई इतिहास मान्नु आत्मअनुभव गर्नु र भविष्यलाई मार्गनिर्देश गर्नु, भविष्यलाई सम्भावनामा बदल्नु एकता प्रदर्शन गर्नु, सुदृढ राष्ट्रिय शक्तिको पक्षमा जनमत तयार गर्नु पनि हामी सबैको दायित्व हो ।





