सन्दर्भ ः ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
मणिराज श्रेष्ठ
निर्देशक
पोर्टेज तथा पुनस्र्थापना संस्था नेपाल
(विकासमा ढिलाई तथा अपाङ्गता भएका बालबालिकाहरुको लागि कार्यरत संस्था)
“समावेशी विकासका लागि रुपान्तरित समाधानःपहुंचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान” नाराका साथ अपाङ्गता भएका ब्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभर मनाईन्दै छ ।
यस उपलक्ष्यमा बिश्वका अपाङ्गता भएका ब्यक्तिहरु, यसका अभियन्ताहरु लगायतमा सु–स्वास्थ्य,सुख,समृद्धि तथा उत्तोतर प्रगतिको कामना गर्दछु ।
नेपालको संबिधान २०७२ मा शिक्षा,स्वास्थ्य, सामाजिक सुरक्षा,रोजगार जस्ता आधारभुत कुराहरु अपाङ्गता भएका ब्यक्तिहरुको मौलिक हकको रुपमा उल्लेख हुनुका साथै राजनैतिक अधिकारलाई समेत स्पष्ट रुपमा उल्लेख गरेको छ ।
संविधानमा उल्लेखित अधिकारलाई मुर्तरुप दिन अपाङ्गता अधिकार ऐन २०७४ र नियमावली २०७६ आएको अबस्था छ ।
ऐनको प्रस्तावनामा ः
“ अपाङ्गता भएका व्यक्ति विरुद्ध हुने भेदभाव अन्त्य गरी उनीहरुको नागरिक राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सम्मान गर्न तथा अपाङ्गता भएका व्यक्तिलाई सशक्तिकरण गरी नीति निर्माण र विकास प्रकियामा सहभागी गराई स्वावलम्बी र सम्मानजनक जीवन यापनको वातावरण सुनिश्चित गर्ने सम्बन्धमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि कानुनलाई संसोधन र एकिकरण गर्न वाच्छनिय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम व्यवस्थापिका संसदले यो ऐन बनाएको छ ।” उल्लेख गरिएको छ ।
यसै ऐन अनुसार अपाङ्गतालाई निम्न १० प्रकारमा बर्गिकरण गरिएको छ ः
“अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, वौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता वा कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) र विद्यमान अवरोधको कारणले अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगमा सहभागी हुन बाधा भएको व्यक्ति सम्झनु पर्छ ।” भन्ने परिभाषित गरिएको छ ।
शारीरिक अपाङ्गता
लक्षणहरुः
१. हिंड्न, उफ्रिन, दौडिन, समात्न आदि क्रियाकलापहरुमा समस्या हुनु ।
२. शरिरका अंगले कार्य गर्न बाधा भई सहायक सामग्रीको प्रयोग गर्नुपर्ने ।
३. शरिर धेरै लुलो वा दह्रो हुनु ।
४. शरिरका अंगको आकार र स्थिति असामान्य किसिमको देखिने ।
५. विभिन्न कारणले शरिरका अंग गुमेको हुनु ।
६. मांसपेशीहरु कमजोर हुनु ।
७.उमेर अनुसार हुनुपर्ने औसत उचाई भन्दा ज्यादै कम हुनु । आदि
दृष्टि सम्बन्धी अपाङ्गता
लक्षणहरुः
१. छामेर हिंड्ने ।
२. हिंड्डा बारम्बार ठोकिने र लड्ने ।
३. आंखा अगाडीको वस्तु वा उज्यालोलाई नपछ्याउने ।
४. आंखा नजिकै वस्तु लैजाने ।
५. दश फिटको दुरीबाट पनि हातको औंला प्रष्टरुपमा छुट्याउन नसक्ने । आदि
सुनाइ सम्बन्धी अपाङ्गता
लक्षणहरुः
१. ३ फिटको दूरीमा सामान्य स्वरमा बोेलेको नसुन्ने ।
२. कुनै आवाज तर्पm नहेर्ने, प्रतिक्रिया नजनाउने वा ढिला जनाउने ।
३. चर्को आवाज पनि सुन्न नसक्ने ।
४. बोली पुरै नआउने, बोल्न नसक्ने वा आवाज आए पनि नबुझिने । आदि
४. श्रवण दृष्टिविहिन अपाङ्गता
लक्षणहरुः
१. सुनाई र दृष्टिसम्बन्धी दुवै समस्या भएको ।
२. स्पर्श संकेत बाहेक अन्य माध्यमबाट कुनै कुरा नबुझ्ने ।
३. एकै प्रकारको क्रियाकलाप वा आवाज दोहो¥याउने । आदि
स्वर र बोलाइ सम्बन्धी अपाङ्गता
लक्षणहरुः
१. बोल्दा तिव्ररुपमा भकभकाएर बोल्नु ।
२. ओठ तालु फाटेको कारणले आवाज अस्पष्ट हुनु ।
३. स्वर नबुझिने हुनु, बोल्दा बारम्बार लामो समय अड्किनु, बोल्दा शब्दहरु दोहोरिनु । आदि
मानसिक वा मनोसामाजिक
लक्षणहरुः
१. नियमित र दैनिक क्रियाकलापमा ध्यान वा मन नलगाउने ।
२. सामाजिक व्यवहारहरु गर्न र घुलमिलहुन कठिनाई हुने ।
३. एक्लै बस्न रुचाउने, उदास हुने, झोक्राउने र अनपेक्षित वा असामान्य व्यवहार गर्ने ।
४. अचानक रुने, कराउने, हांस्ने, कुनै खास चिज वा व्यक्तिसंग तर्सने वा डराउने । आदि
बौद्धिक
लक्षणहरुः
१. उमेर अनुसार सामान्य रुपमा सिक्दै जानुपर्ने क्रियाकलाप तथा व्यवहारहरु ढिलो सिक्ने र चांडै बिसर्ने ।
२. सामान्य बालक भन्दा ढिलो विकास हुने ।
३. सम्झने, सोच्ने,कल्पना गर्ने आदि क्षमतामा ढिलो हुने ।
४. साना तिना कार्य वा समस्याहरु पुरा गर्न पनि गाह्र्रो हुने । आदि
वंशाणुगत रक्तश्राव (हेमोफिलिय) सम्बन्धी अपाङ्गता
(रगत जमाउन आवश्यक तत्वहरुको कमिको कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्था)
लक्षणहरुः
१. बाल्यावस्थामा घस्रने, बामे सर्ने बेलामा पटे, घांटी वा गुप्ताड्डमा निलो डाम वा सुन्निएको जस्तो देखा पर्ने ।
२. आन्तरिक रक्तश्रावका कारण निलडामहरु देखापर्ने ।
३. खोप वा सुइ लगाउंदा धेरै सुन्निने र दुख्ने ।
४. मस्टिष्क वा पेटमा रक्तश्राव हुनु तथा दिसा पिसाबसंगै रगत बग्ने ।
५. चोट लागेमा लामो समयसम्म रक्तश्राव भइरहने । आदि
अटिजम सम्बन्धी अपाङ्गता
लक्षणहरुः
१. सामाजिक सम्बन्ध निर्वाह गर्न, संचार गर्न कठिनाई हुने ।
२. एउटै क्रियाकलाप तथा व्यवहार दोहो¥याइ रहने ।
३. समुहमा घुलमिल नहुने, एक्लै बस्ने ।
४. एकठाउँमा नबस्ने र एकदमै चकचके व्यवहार देखाउने ।
बहुअपाङ्गता
एउटै ब्यक्तिमा माथि उल्लेखित मध्ये दुई वा दुई भन्दा बढी प्रकारका अपाङ्गताको समस्या भएका ब्यक्ति । जस्तै मस्तिष्क पक्षघात ।
उक्त माथिका प्रकारका बाहेक अन्य लगायत निम्न ४ प्रकारका सिकाई अपाङ्गता भएका बालबालिकाहरु रहेका छन् ।
सिकाई सम्बन्धी अपाङ्गता
पढ्नमा कठिनाई हुने (Dyslexia)
लक्षणहरुः
१. ढिलो बोल्न सिक्ने, नयां शब्द सिक्न गाह्रो हुने ।
२. हिज्जो र स्पेलिड्डमा समस्या हुने ।
३. नाम र शब्द उच्चारणमा समस्या हुने ।
४. अक्षरहरु चलायमान भएको देख्ने ।
लेख्नमा कठिनाई हुने (Dysgraphia)
लक्षणहरुः
१. कलम बेस्सरी समाउने र हातका औंला
सुन्निने ।
२. सिधा रेखा लेख्न, रेखा भित्र लेख्न,
खालि ठाउं मिलाउन समस्या हुने ।
३. धेरै केरमेट गर्ने ।
४. लेख्दा हात, नाडी र शरीरको आसन अप्ठ्यारो तरिकाले बस्ने ।
गणितमा कठिनाई हुने (Dyscalculia)
लक्षणहरुः
१. अंक, समय, पैसा गन्न, चार्ट बुभ्mनमा समस्या हुने ।
२. प्रारम्भिक वर्षहरुमा गणना गर्न, अंक र वस्तुको संख्या जोड्न समस्या हुने ।
३. सामान्य गणितका हिसाबहरु गर्न समस्या हुने ।
४. गणितका चिन्हहरु चिन्न र बुभ्mन गाह्रो हुने ।
५. दुई अंक जोड्दा ती अंक अगाडि वा पछाडि आए पनि एउटै हुन्छ भन्ने बुभ्mनमा समस हुने ।
ध्यान एकीकृत नहुनु वा चकचके हुनु (Attention Deficit Hyperactive Disorder, ADHD)
लक्षणहरुः
१. ध्यान एकिकृत गर्न र एकै ठाउंमा
बसिरहन गाह्रो हुने ।
२. कुनै काम गर्दा छिटै दिक्क मान्ने र दिइएको काम सम्पन्न नगर्ने ।
३. निर्देशन बुभ्mन र सम्झन गाह्रो हुने ।
४. चकचके व्यवहार हुने, छिनछिनमै क्रियाकलाप परिवर्तन गरिरहने ।
५. अरु बालबालिकाको लुगा, कपाल तान्ने, सामानहरु फालिदिने ।





