पुष्पराज राउत
हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता । हामी संघीयताको अभ्यास अन्तर्गत जनआन्दोलन, सशस्त्र विद्रोह हजारौं हजार नेपाली यूवा, महिला, विद्यार्थी, किसान लगायत समूहद्धारा त्याग र बलिदानी गरिएको गौरवपूर्ण इतिहासलाई सदासदा स्मरण गर्दै पुरानो सामन्ती, केन्द्रिकृत, एकात्मक राज्यसत्ताबाट उत्पादित सबै खालका भेदभाव र उत्पीडनको अन्त्य गर्दै आदिम कालदेखि संचालनमा आएको राजनीतिक व्यवस्था परिवर्तन गरेर आम जनताको अवस्था परिवर्तन गर्नु एक महत्वपूर्ण कार्यभार थियो । तर अफसोच सदियौंदेखिको व्यवस्था त परिवर्तन भयो तर अवस्था परिवर्तन हुन सकेन । हाम्रो संविधानले प्रस्तावनामा उल्लेख गरेको, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा, शान्ति र समृद्धि, सुशासन र विकास, नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डतालाई आत्मसाथ गर्दै यो संविधानलाई पालना गर्दछौं भनिएको थियो । तर त्यसो भएन नी । तसर्थ नेपाली जनता, नेतृत्व, नागरिक समाज, संवैधानिक अंगहरु संघीयताको मर्म, भावना अनुसार संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र, सुखी नेपाली समृद्ध राष्ट्र थियो तर भएन नी । सामाजिक न्याय सहितको समानुपातिक, सहभागितामूलक र समतामूलक समाज निर्माणको परिकल्पना थियो त्यो त भएन नी । लोकतन्त्रका मूल्य र मान्यता अनुसार समाजका हरेक क्षेत्र रुपान्तरण गर्ने थियो त्यो त भएन नी । त्यसैले मािथ भनिए अनुसार नहुनुमा तपाई हामी सबै जिम्मेवार छौं किनकी हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता भएका कारणले दोष अरुलाई मात्र दिने होइन आफूपनि जिम्मेवार, विवेकी, चेतनशील, सजक र सतर्क हुन जरुरी छ । त्यसो हुनका लागि मेरो विचारमा तलका बुँदाहरुको स्मरण गर्ने की ?
१) इतिहासको अध्ययन ः हामी तमाम नेपाली आम जनसमुदायको इतिहास अध्ययन गर्ने बानी छैन यदि छ भने पनि बिर्सने (खोला तर्ने लठ्ठी बिर्सने) बानी छ । इतिहासले पाठकलाई अतीतकाल वा विगत समयका घटनाहरुको वर्णन, विश्लेषण, क्रियाकलापहरुको मूल्यांकन गर्ने ज्ञान दिन्छ । इतिहासले अध्ययन अनुसन्धान र छानविन मार्फत स्वतन्त्ररुपमा छनौटको विज्ञानको प्रयोग गर्नका लागि प्रेरणा दिन्छ । अतः विगतमा के के भयो राजनीतिक प्रतिबद्धताहरु पूरा भए भएन र नेपाली समाजको परिवर्तनको खुट्किलो तयार भयो भएन भन्ने हो । विगतमा राजनीतिक नेतृत्व स्थापित नहुँदा धर्मसभाद्धारा समाजमा स्थापित नीति नियमको चर्चा नगरौं । सँस्कृति र सभ्यताको पनि चर्चा नगरौं किनकी वर्तमान समयमा हाम्रा जीवित पुस्ताले मुक्त कण्ठले वर्णन गर्न सक्ने जहानिँया राणाशासन लगायत (१०४ वर्ष) ३० वर्षे पंचायत व्यवस्थाको पनि चर्चा नगरौं किनकी इतिहास भइसक्यो । नेपाली समाजले धेरै इतिहासको भुक्तभोग ग¥यो तर परिक्षणका कयौं मोडहरु पार गरिसक्दा पनि पहिचानको ज्ञान हासिल गर्न नसक्नु बिडम्बना हो । दुःखद् हो ।
विगतमा के भएको छ विशेष गरी २०४६ सालको बहुदलीय व्यवस्था पश्चात कुन पार्टीको नीति सिद्धान्त कार्यक्रम कस्तो छ । शासन सत्ताको बागडोर हातमा पर्दा कसरी राज्यसत्ताको प्रयोग गरे, समाज लक्षित कार्यक्रमहरु के के गरे । फरक फरक समयमा सत्ता परिवर्तन हुँदा फरक फरक पार्टीले हाली मुहाली गरे । कसको पालामा शोषित, पीडित, सीमान्तकृत, पछाडि परेको वर्ग समुदाय र भुगोलका लागि समेट्ने प्रयास गरियो ग¥यो । कुन पार्टीले व्यवस्था परिवर्तन सँगै जनताको अवस्था परिवर्तनमा हेक्का राखे तदारुकता देखाए यिनै विषयवस्तुको अध्ययन गर्नु इतिहास हो । इतिहासलाई साक्षी राखी राम्रो मध्यको राम्रो, वा नराम्रो मध्यको पनि राम्रोलाई अनुमोदन गर्नु इतिहासलाई आत्मसात गर्नु र सिक्नु नै इतिहासको अध्ययन हो । यहाँ भन्न खोजिएको नीति, नेतृत्व र नैतिकताको प्रश्न हो सबल, सक्षम र दूरदर्शी नेतृत्वको स्थापित गरौं भन्ने हो । यदि यसो गरिएन भने हामी पनि एक प्रमुख जिम्मेवार हुने छौ किनकी हामी सार्वभौमसत्ता सम्पन्न छौं । निर्णयको अधिकारवालाहरु हौं । विगतको राजनीति इतिहास हो । वर्तमानको इतिहास राजनीति हो । यसमा फलेको फल राजनीति हो । यो वर्तमानको जग हो । यसले वर्तमानको पृष्ठभू िमगर्दछ र भविष्य उन्मुख हुन्छ । इतिहासबाट नै वर्तमान थाहा पाउन र भविष्यको प्रवृत्ति बुझ्न सकिने भएकाले, रहर लाग्दो, भर लाग्दो पार्टीको नेतृत्व स्थापित गर्नका लागि परिक्षण भइसकेको वा दायित्व वहन गर्ने सवालमा कसले, कुन पार्टीले जनउत्तरदायी, जनमुखी कार्यक्रम संचालन गरे कसको पालामा विकासका खेतीहरु भए भन्ने पहिचान भइसकेकाले आम मतदाताहरुलाई, इतिहासलाई साक्षी राखी मतदान गर्न र ‘भएन नी’ शब्दलाई अब हुने छ, हुँदै छ र हुन्छ भन्ने गराउनु नै अवस्था परिवर्तन हो । त्यसैले इतिहासको अध्ययन गरौं ।
जनचेतना ः– समाजका आम जनताको जीवनका अवस्थाहरु, आवश्यकताहरु र तिनीहरुलाई प्रतिबिम्बित गर्ने सर्वसाधारण जनताको सामाजिक चेतनालाई जनचेतना भनिन्छ । यि सबै थाहा हुँदाहुँदै पनि प्रायजसो नागरिक समाजका व्यक्तित्वहरु लोभ, प्रलोभन, प्रभावमा परेर वास्तविक जनजीवनको धरातल बिर्सिएर भ्रममा परेर जनमतको दुरुपयोग भएका कारणले पनि व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन ‘भएन नी’ भन्न खोजिएको हो । खासगरी समाजवादी कम्युनिष्टहरु श्रमजीवी जनताको अवस्थाको वास्तविक चेतना जागृत गराउने र वैज्ञानिक सोच र चिन्तनका साथ क्रान्तिकारी विचारलाई अगाडि बढाएर यो समाजमा नेतृत्व स्थापित गर्न चाहन्छन् । ठिक यसको विपरीत दलाल पूँजीवादीहरु सोझा, सिधा, निमुखा जनतामाथि आर्थिक प्रलोभन, विविध पदीय प्रलोभन देखाएर यथास्थितिमा राज्यसत्ता संचालन गर्ने र पूँजीपति वर्गको हक, हितमा कार्य गर्ने गर्दछन् ।
यसको ज्वलन्त उदाहरण ५ वर्षको अवधिमा बनेका २ प्रकारका सरकारको मूल्यांकन गर्न जरुरी छ र हामी स्वाभिमानी नेपालीहरुले हाम्रो चेतनामा परिवर्तन गर्नु आवश्यक छ । जनचेतनाले भावी समाजको अवस्था कस्तो बनाउने भन्नेमा महत्वपूर्ण भूमिका हुने भएकाले जनता स्वयम् चेतनशील भई कोही कसैको प्रलोभन र प्रभावमा नपरी आफ्नो मत मतदान (आत्मदान) लाई प्रयोग गरी ‘भएन नी’ भन्ने अवस्थालाई भयो नी भन्ने स्थितिमा परिवर्तन गर्नका लागि व्यापक जनताको चेतनाको आवश्यकता पर्दछ । (धुनपा–१०, काभ्रे)
‘ओठदेखि गोठसम्म’का समस्याहरुलाई सम्बोधन गर्नका लागि कोखदेखि शोकसम्म का समस्याहरुमा साझेदारी गर्दै÷श्रमजीवी सर्वहारावर्गको नेतृत्व गर्दै वर्गविहीन समाजको स्थापनाका लागि हामी आम नेपाली जनसमुदायले इतिहासको अध्ययन गर्दै समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्नका लागि जनचेतना अपरिहार्य छ ।





