नेपाली काँग्रेसका सभापती समेत रहेका शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको पनि करीव १४ महिना ब्यतित भैसकेकोछ।तत्कालिन नेकपा एमालेका अध्यक्ष केपि ओली नेतृत्वको सरकारलाई हाल निलम्बनमा रहेका सर्बोच्चका प्रधानन्यायाधिश चोलेन्द्र समेतको संबैधानिक इजलासले सार्वभौम संसदको अधिकारलाई ठाडो उलंघन गरि तिथि,मिति र ब्यक्ती समेत किटान गरि गठबन्धनका भाग्यशाली नेता बन्नपुगेका नेका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ती गर्नु भन्ने परमादेश भएपछी गठबन्धनको तर्फबाट सामुहिक प्रम बन्न सफल भएका देउवा सरकारको हालसम्मको कामकार्यहरू हेर्न,सुन्न मज्जाक नै रह्यो। जसले राजनीतिक अस्थिरता त मज्जाले स्थापित गरेन मात्रै देशको मुहार फेर्ने जनशक्ती भएका पार्टी र देशको प्रधान मन्त्री, पार्टीका अध्यक्ष÷ सभापती समेत भैसकेका उच्च तहका नेताहरूको गैर राजनीति तथा अत्यन्तै घिनलाग्दा कृयाकलापहरू गर्न पुगेबाट नेपाली जनताले आशा गरेका यी सवै नेताहरू जनताको आँखा एवँ मन–मस्तिस्कमानै घिनलाग्दो नेताहरूमा परिणत भए।यसैले पनि राप्रपाका नव अध्यक्ष राजेन्द्र लिङ्ग्देन स्वयमले समेत आफ्नो पार्टीको एक कार्यक्रममा देशका सवै पार्टीका नेताहरूलाई इङ्गित गर्दै वर्तमान राजनीतिक दलका नेताहरूदेखि आम नेपाली जनताहरू बितृष्णित भएकाछन र “गाउँमा जोकोही नेताहरू आएपनि कुन चोर आएछन भनी घृणा गर्न थालेकाछन “ भनी आफ्नो अभिब्यक्ती दिएका थिए।जुन लिङ्ग्देनको यो अभिब्यक्तिले कोही कसैको मनमा चिसो पसे पनि वास्तविक रुपमा देशका नेताहरू यस्तै हुन पुगे ,यस्तै भए।
यी राजनीतिक दलका नेताहरूलाई कति पनि लाज सरम छैन।आफ्नो राजनीतिक इमान्दारीता र इज्जत, मान मर्यादाको कद कति घट्यो, कति गुम्यो भन्ने कुराको पटकै ख्याल रहेन।जानाजानी संसदीय अधिकारलाई सर्बोच्चका संबैधानिक इजलासको नाममा मनपरी ढ्ङ्गले फैसला गर्न पुगेकोलाई संबिधानको रक्षाको दुहाइ दिदै सर्बोच्चबाट परमादेशीको सरकार गठन गर्न पुगे।गठबन्धनका दलहरू र नेताहरू यसैमा भुईँफुटा रमाउन पुगे। सरकार गठनमै साँढे तीन महिनासम्म अलमलमा परेका यो सरकार पछिल्ला समय आफ्ना सम्पूर्ण साँसदहरूलाई मन्त्रीको पालो पु¥याउनकै लागि मन्त्रीमण्डलको हेरफेरमा रुमलिए। यस गठबन्धनले आजसम्मको अवस्थामा अक्कासिँदो महंगिको उपहार, देशकै लागि घातक तथा स्वाभिमानमा आँच पुग्ने एम सि सि पास,एस पिपि पास गर्ने जमर्को,देशलाई सिक्किमिकरण गर्ने तर्फको नागरिकता जस्ता राष्ट्रघाती बिध्येयक संसदबाट पास गर्ने बाहेक अरु केही दिन वा गर्न सकेको छैन।यतिमात्र नभै अघिल्लो सरकारले अघि सारेका योजनाहरू रद्द गर्नुको साथै केही महत्वपूर्ण योजनाहरूको बजेत समेट रद्द गरे।बिचौरिया ब्यपारी र केही धनाध्यहरू तथा केही व्यापारी माफियालाई फाइदा पुग्नेगरी २०७९÷८० को बजेत निर्माणमा अनधिकृत ब्यक्तिलाई अर्थ मन्त्रालयमा भित्र्याइ राजस्वमा अरवौँको घात हुने गरि बजेतमा तलमाथी गराउने हर्कत गर्न पुगे।
देशको सात ओटै प्रदेश अछुतो रहेन कि जहाँ गठबन्धनका सवै प्रदेश साँसदहरूलाई भाग पु¥याउनैकै लागि बिना काममा मन्त्रालय फोरि मन्त्रीहरूको संख्यामा तेव्वरसम्म बृद्दी गरे।देशको पूर्वाधार बिकासमा कतिपनी ध्यान गएन ,नेपाली उध्योगहरूलाई प्रोत्साहन र देशका युवाहरूलाई रोजगार दिने जस्ता कुनै पनि योजनाहरूमा ध्यान गएन।उल्टै केपि ओली सरकारले अगाडि सारेका बङला– नेपाल पानी जहाज,रेल यातायातको ब्यवस्था,स्वदेशमै खनिज तेल उत्पादन,बायु तथा हावाबाट बिजुली निकाल्ने जस्ता नयाँ सोच र नयाँ कार्यको थालनीलाई हावा कुरा भनी उदाउनमा खर्च गर्न पुगे। मात्र गठबन्धन कसरी टिकाउने,निर्वाचनमा गठबन्धनले कसरी धेरै जित्ने, फेरि पनि गठ बन्धनकै सरकार कसरी बनाउने र देश ब्रम्हलुट कसरी गर्ने आदि बाहेक जनताहरूको जन जिविकाको बिषयमा रत्तिभर ध्यान दिएको पाइएन। अझै पनि गठबन्धन गठबन्धन भनी अलापी रहेकाछन। जनतालाई र देशको हित ÷ भलाइका लागि सिन्को काम नगरेर र मात्र देशघातिका कामहरूमा अग्रसर भएका यी गठबन्धन दलहरू अझैपनी जनताको मन जित्ने कामहरू गर्नमा ध्यान दिएको देखिन्न। जनताको मन जित्ने गरि लोकपृय बनेर एकल एकल चुनावमा जानसक्ने जनशक्ती÷ जन समर्थन प्राप्त गर्नुको सत्ता देशघाती, जनघाती कामरू गर्न पुगेर जनताहरूबाट नाङ्गिदै गएको कुरालाई अझै हेक्का राख्न पुगेको छैन। गठबन्धनकै बलमा बहुमत ल्याएर फेरि पनि सत्तामा पुग्ने आश छ। २०१५ को आम निर्वाचनमा दुईतिहाइ बहुमत,२०४८ मा एकल स्पष्ट बहुमत ल्याई सरकार बनाउन सफल नेपाली काँग्रेस आज किन गठबन्धनको गुहार माग्न बिवस हुन प¥यो।त्यस्तै २०६४ को संविधान सभा निर्वाचन आकर्षक बहुमत ल्याउन सफल नेकपा माओवादी केन्द्र आज अर्काको सहारामा किन तेस्रोमा खुम्चिनु प¥यो? यस्तो हुन जानुमा,यो अवस्थामा पुग्नुमा आफ्नै राजनैतिक बेइमानी हो भन्दा फरक पर्नेछैन। जनतालाई ढाँट्नुसम्म ढाँटे,झुक्याउनुसम्म झुक्याए,सोझा जनतालाई आकासको सपना देखाइ जनयुद्दको नाममा १७ हजार मानिसको अनाहकमा ज्यान गुमाउन लगाए,चिनियाँ महान कम्युनिष्ट नेता क. माओत्सेतुङ्गको लोकपृय नामबाट ठीक माओकै सिद्दान्त र बिचार बिपरित काम गरि देशका जनतालाई आतन्कित बनाए,देशको खरौवौँ भौतिक सम्पतीको नष्ट गराए।तर,१२ बुँदे शान्ती सम्झौताको नामबाट खुल्ला संसदीय राजनीतिमा आएका यहि माओवादी पार्टी मात्र सत्तामा कसरी पुग्ने, कसरी राज्यको सम्पती लुट्ने,जनतालाई भ्रममा पारे, आफ्ना समर्थक निम्सर कार्यकर्ता÷ समर्थकलाई बलिको बोको बनाउने र अन्य राजनीतिक दलहरूलाई सकुनिको चालमा राज्य सरकारलाई अस्थिर बनाउने,कम्युनिष्टको मूल सिद्दान्तमा घोर बर्ग शत्रु मानिएको नेपाली काँग्रेसलाई परम मित्र सम्झी सत्ताको साँचो सुम्पिन प्रमूख भुमिका खेल्ने कार्य गरे ।यहि गलत कामहरू गर्न पुगेबाट नै जनताहरूले नेकपा माओवादीलाई बिश्वास गर्न छोडे, आफ्ना समर्थक कार्यकर्ता जनताहरूबाट मरेको लासलाई जुम्राले छोडे झै छोड्दै गएपछी अहिले आएर फेरि अर्काको पार्टीको कार्यकर्ता समर्थकहरूको आशामा चुनाव जितेर सत्तामा पुग्ने दाउछ।त्यस्तै नेपाली काँग्रेसको पनि चाल यहिछ,हविगत यहिछ।आफ्नै पार्टी मात्र नेपालको एकमात्र प्रजातन्त्रको मालिक ठान्दै आएका नेपाली काँग्रेस अहिले आएर अप्रजातान्त्रिक पार्टीको नायक बन्न पुगेकोछ।कहिले निर्वाचनको तिथि घोषणा गरेर निर्वाचननै गर्न नसकी सत्ता नै राजालाई सुम्पिन पुग्छ,कहिले परमादेशको भरमा प्रधानमन्त्री बन्न पुगि नेपाली काँग्रेसको बिचार,नीति र सिद्दान्त बिपरितका कम्युनिष्ट जो एकताका उग्रवादी वा आतन्कवादीको उपमा भिर्न पुगेका वा जो देउवा स्वयमले ५० लाख टाउकाको मूल्य निर्धारण गर्न पुगेका नेपाली काँग्रेस आफै उसैको इसारामा,उसैको प्रश्तावमा प्रधानमन्त्री बन्न पुगेबाट राजनीतिक इमान्दारिता,प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुन टुकुचाको नालीमा बिसर्जन गर्न पुगे,यसैमा नेपाली जनताहरूको प्रश्न रहेकोछ। शेर बहादुर देउवालाई आफ्नो पार्टीको नीति र सिद्दान्त के हो ?नेपाली काँग्रेसको भविश्यको राजनीती के हो ? भन्नेमा मतलव छैन।उसलाई जहाँ जसरी होस,जो संग मिलेर होस,जसले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्छ उहीँ उसका लागी मित्र सावित हुन्छ। शेरबहादुर देउवा आफू प्रधानमन्त्री बन्न पाउने भएपछी आफ्ना दलका नेताहरू जो कोहिले टिकट पाए पाउन नपाए नपाउन यसको मतलव छैन। अहिले नेपाली काँग्रेसका पुराना त्यागी नेताहरू भन्दा पनि प्रचण्ड निकै मित्र बन्न पुगेकोछ। अहिले प्रचण्ड र प्रचण्डका केही नेताहरूको लागि आफ्ना निष्ठावान पुराना नेताहरू कतिपयले जित शुनिश्चित भएका क्षेत्रहरू समेत त्याग्न बाध्य बनाएकोछ।
तत्कालिन आफ्नै पार्टीको प्रम बिरुद्दमा १९ बुँदे आरोप पत्र ल्याएर प्रम बिरुद्द अविश्वासको प्रश्ताव ल्याउने तयारीमा जुटेर प्रधान मन्त्री हटाउने,सरकार परिवर्तन गर्ने जस्ता घिनलाग्दा षड्यन्त्रमा लागेर केपि ओलीलाई संसद बिघटन गर्न बाध्य पार्ने यिनै दलहरू समिलित गठबन्धन सरकार , यहि दलहरूको सलग्नतामा सरकार बनाउन पुगे देशको लागि के नै बिकास दिन्छ भनेर पट्याउने? कुन उत्साह लिएर बिश्वास गर्ने? तसर्थ यो गठबन्धन प्रती न त बिश्वास गर्ने आधार छ न त बिकास देला भन्ने बिश्वास छ।यस किसिमको आशा र बिश्वासको सून्यता बोकेर अगाडि बढेको यो गठबन्धनलाई मत दिनुको कुनै औचित्य रहन्न।मात्र पछुताउनुको बिकल्प रहन्न।“ हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको फुस्रो पात भने झैँ“ के कस्तो राम्रो काम गर्नेछ भन्ने कुरा अहिलेको कृयाकलापबाट स्पष्ट भैसकेकोछ।यसैले यो गठबन्धन समूहले केको बिकास र जनताको सम्बृद्दिको आस गर्नु।फगत हामी नै जनताले अरु दुःख थप्नु र देश कङ्ग्गाल बनाउनु बाहेक अरु प्रगती पाउने आश गर्न सकिन्न।त्यसैले पनि सचेत नागरिकले यो गठबन्धन समूहको नाममा आउने जोकोही उम्मेदवारलाई मत दिँनु अगाडि तिनै माथिका कुराहरूलाई सम्झिनु आवश्यक छ,केका लागि तिमिहरूलाई भोट भनेर सोध्नु पर्ने भएकोछ। देशको बिकास एवं सम्बृद्दिमा बाधक या तगारो बन्नकै लागि मात्र यो गठबन्धन हो भनेर झाँको झार्नु पर्ने भएकोछ। देशको लागि राम्रो काम गरेको भए तिमिहरूको आफ्नै लोकपृयताले एक्लै बहुमत ल्याउन सक्थ्यौ, कोहिसङ्ग मिल्न÷ गठबन्धन गर्न आवश्यक थिएन। अहिले गरेनौ पछि पनि गर्ने छनौ भन्ने प्रश्न गर्न आवश्यक्छ। तिमिहरूले नै अब फेरि पाँचवर्ष यो देश चलाए देशको सार्वभौमसत्ता नै गुमाउने छौ र देशलाई सिक्किमिकरण बनाएर छोड्नेछौ भनेर औँला ठड्याउन आवश्यक छ।
त्यसैले पनि नेकपा एमाले माधव– झलनाथ जस्ता केही पदलोलुप नेताहरू र प्रचण्ड जस्तो सकुनीको षड्यन्त्रमा परेर हुँदाखादाको करिव दुईतिहाइको सरकारको ब्यवस्थापनका कुरामा केही कमिकमजोरी रहे पनि देशका बिकास योजनाहरूमा अन्य पार्टीहरूको तुलनामा एकदम अगाडि रहेकोछ।बिकासकै कुरा गर्ने हो भने पन्चायती कालमा सयौँ वर्षमा गर्न नसकिएको र नेपाली काँग्रेस लगायत अन्य पार्टीहरूले पच्चिसौँ वर्षमा गर्न नसकेको÷ नगरेको काम एमालेको ९ महिने र केपि ओलीको साँधे तीन वर्षमा बिकासले धेरै फड्को मारेकोछ।यस अर्थमा एमालेमा बिकासका आयामहरू धेरै छन,बिकास गर्नुपर्छ भन्ने भावनाछ,राजनीती गर्नु र सत्तामा पुग्नुको उद्देश्य देशलाई कसरी सम्बृद्दिको शिखरमा पु¥याउने भन्नेमा चाहनाछ।तर अहिलेको गठबन्धन सरकार र यसमा सहभागी दलहरू मध्य एउटा दल पनि बिकास गर्नुपर्छ,सार्वभौम नेपालको रक्षा गर्नुपर्छ भन्नेमा नभै मुलुकलाई अस्थिरता तर्फ धकेलेर सदैव अन्यौल र अशान्ती वातावरण तर्फ धकेल्नमा उद्योत रहेको पाइन्छ।यसैले पनि जनता र सवै दलका अर्थात बिशेषगरी यो गठबन्धन दलका समर्थक,कार्यकर्ताहरू र आम नागरिकहरूले यो गठबन्धन पक्षधर उम्मेदवारहरूलाई मत दिएर जिताउन नलाग्नु श्रेयस्कर हुनेछ।यो गठबन्धन्ले देशमा के गरे र के गर्छ भन्ने स्पष्ट भै सकेकोछ। आफूमा रहेको बिवेकलाई सहि ठाउँमा प्रयोग गर्न आवश्यक्छ।तपाईँको एकमतले पनि अरू पाँच वर्ष देशलाई बरवाद पार्न मद्दत गर्नेछ।यो गठबन्धबाट देशको बिकास होला÷ गर्ला भनेर कल्पना पनि नगरे हुन्छ। त्यसैले पनि यो गठबन्धन दललाई भोट दिएर÷ जिताएर ठूलो गल्ति गरेछु भनी पश्चाताप गर्न नपरोस,पछुताउन नपरोस। एमालेका उम्मेदवारहरू पनि माकुने समुहमा लागेकाहरूको जस्तै नियत बोकेर नआओस।पद र सत्ता कुर्षिको लागि पार्टी फोर्ने पार्टीघाती,मतदाता घातिको पुनराबृती नहोस।
गठबन्धनमा रहेका दलहरो त्यही हुन जो आफ्नै पार्ट्रेका सरकार समेत ढाल्नमा÷ गिराउनमा भुमिका खेल्नेहरू हुन। मात्र एमालेलाई हराउने उद्देश्य बोकेर चुनावी गठबन्धनमा जाने उदघोष गरेपनी कसले कति शीट पाउने÷ दिने भन्ने कुरामै लफडा छ।डेढ महिनादेखी शीट बाँडफाँडमा जुटेकाहरूको लफडा अझै पेचिलो बन्दैछ।अर्कोतिर एउटै बिचार र सिदान्त मिलेको पार्टी सरकारलाई समेत असफल पार्न पुगेका ,स्वार्थले लुटपुटिएका यी पाँचमुखा बिकृतिका स्वरुपले देशमा स्थिर सरकार देला भनेर कसरी बिश्वास गर्ने? कसरी पत्याउने??के तपाईं कार्यकर्ता समर्थकहरूलाई अझैपनि बिश्वास लाग्छ?
अर्को कुरा अहिले प्रचण्ड नेपाली काँग्रेससङ्ग बढिभन्दा बढी शीट प्राप्त गर्न एमालेसङ्ग चुनावी तालमेल हुनसक्ने ÷ गर्ने भन्नेजस्ता हाउगुजिको त्रास देखाएर नेपाली काँग्रेसलाई दबिअफबष्ष्लिन गर्न खोज्दैछ।आफ्ना केही बिश्वास पात्रहरूलाई केपि ओली निवास बालकोटमा वार्ता गर्न पठाए जस्तो गरेर नेपाली काँग्रेसलाई गाल्न प्रयास गर्दैछ। गएको २०७४ को निर्वाचनमा एमाले– माओवादी केन्द्र मिलेर चुनाव लडेको परिणामले साँचै यसपालि पनि मिल्ने हो कि भन्ने ठूलो डरछ नेपाली काँग्रेसलाई। यही गठबन्धन भित्रको समूहको मतदाताको भरपुर साथ सहयोगले स्थानीय पालिकामा धेर शीट जित्न सफल भएको स्वाद पनि छ देउवालाई। अपितु नेपाली काँग्रेसलाई यो पनि थाहा छ कि हामीप्रती जनता छैनन, देश र जनताको हितमा केही काम गरेका छैनौँ, प्रजातान्त्रिक मूल्य मान्यता र आदर्षलाई कुल्चेर धेरै जनघाती, देशघाती काम गर्यौँ।सत्ता कुर्षिकै लागि धेरै फोहरी राज नीति ग¥यौँ। संसदीय मूल्य,आदर्ष र अधिकारलाई सर्बोच्चको परमादेशले उलंघन गर्दा आफैले प्रम पाउने हुँदा निकै खुशी हुन पुग्यौँ,लिपियाधुरा लिपुलेक, र कालापानी मिच्दा चुईँक्कसम्म बोलेनौँ।यसैले पनि हाम्रो जनसमर्थन घट्दैछ।अब एक्लै लडेर एमालेलाई जित्न सक्दैनौँ।विपिले स्थापना गरेको प्रजातान्त्रिक संस्कार जेसुकै होस, विपि कै भतिजो शेखर कोइरालाले जति बिरोध गरून्,उनी मेरा लागि पार्टीको आन्तरिक शत्रु बनी सकेकोछ। त्यसैले अवको निर्वाचनमा गठबन्धनको बहुमत ल्याउन प्रचण्डलाई महादेव मानी जानुको बिकल्प छैन। यसैमा नेका सभापती तथा प्रम देउवाको एकमात्र दिब्य दृष्टिछ। यो खास राष्ट्र सम्बृद्दिको लागि नभै देशलाई थप सन्क्क्टतर्फ धकेल्नको लागि मात्र भएकोले यो गठबन्धनलाई हराउनु नै जनताको ठूलो बुद्दिमानी हुनेछ।प्रायश्चित गर्नबाट मुक्त हुनेछ।





