2026 April 21/ 05:57: 57pm


गर्दैछु प्रयत्न  स्वयंको मुल्यांकन द्धारा स्वयंको सुधार !
सोचीबुझी दिदैछु स्वयंको अबधारणा स्वयंलाई उपहार !!

पक्कै यो प्रारम्भले सबैको जीवनमा चेतनाको दियो बाल्नेछ ।
सङ्कल्पभाव र दृढताको प्रकटिकरणले पाईला सचेत भई चल्नेछ ।

युगकवि सिद्धिचरण श्रेष्ठ लेख्नुहुन्छ,
क्रान्ति बिना लौ कसले देख्यो शान्ति पुरीको घरबार !
क्रान्ति उज्यालो चाहिन्छ यहाँ नेपाली कै सुकुमार !!
त्यस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटा लेख्नुहुन्छ,
जरुर साथी म पागल यस्तै छ मेरो हाल म शब्दलाई देख्दछु, दृश्यलाई सुन्दछु, बासनालाई स्वाद लिन्छु ।

त्यसैले म भन्छु,
नहोस मरण, होस स्मरण !
बाचुन्जेल सास खेर नजाओेस, मरेपछि लास खेर नजाओस !
मैले के पाए भन्दा मैले के दिए भन्नेमा सबैको ध्यान बेलैमा जाओस !

जीवन शुरु भयो, जब आमाको गर्भमा रहे !
यात्रा पक्का भयो, तब गर्भबाट धर्तीमा आए !

त्यही ठाउँमा, त्यही गर्भमा किन, कसरी आए खोज्दैछु !
सचेत क्रान्ति, स्व–मार्ग, असल यात्रालाई रोज्दैछु !
म को हु भन्ने थाहापाउन!
जागरण, रुपान्तरण र शुद्धीकरणमा जीवन लगाउन !
जीवनको लक्ष्य आनन्द पाउने सचेत शान्ति हो !
जान्न सके भित्र, बाहिर उज्यालो जताततै छ जो !

(क) सचेत क्रान्ति के हो?
१) पल पल पइला पाइलामा सचेत रहने जिवनशैली।
२) क्रान्ति शब्दले जागरण, रुपान्तरण र शुद्धीकरणको प्रतिनिधित्व गर्दछ ।
३) सचेत क्रान्तिमा तेज शब्द जोडिएपछि यसले पुर्णता पाउछ । किनकि बाह्य संसार होस वा आन्तरिक संसार, दुवै संसार चल्नको लागि तेज, प्रकास, ज्ञान चाहिन्छ । यसलाई तेस्रो नेत्र पनि भन्न सकिन्छ ।
४) सुख, शान्त, समृद्ध, प्रेमल, सुशासनयुक्त नेपाल निर्माणको सोच ।
५) भाव, प्रबिधि, वातावरण मैत्री कार्यक्रमको पहलकदमी गर्ने अबधारणा हो ।

(ख) स्व–मार्ग के हो?
१) स्व जागरण, रुपान्तरण र शुद्धीकरणको मार्ग ।
२) स्व अध्ययन, अभ्यास र अनुभवमा आधारित ज्ञान विज्ञानलाई स्वयंले नै आदान प्रदान गर्ने मार्ग ।
३) स्वास भित्र रहेको प्राण शक्ति र अक्सिजनलाई पहिचान गरि स्वयं भित्रै ध्यानस्त हुने, आनन्दित हुने मार्ग ।
४) स्वयंको अबस्थामा स्वस्थ रहदै स्वयंको स्वरुप एव स्वभावलाई चिन्ने, जान्ने, बुझ्ने मार्ग ।
५) स्व मुल्यांकन गर्ने मार्ग । (कभाि चभबष्शिबतष्यल)

स्व–मार्गले के गर्छ ?
१) म को हु भन्ने चिनाउछ ।
२) स्वयंमा भएको क्षमतालाई पहिचान गर्दछ ।
३) स्वयंले स्वयंले प्रेरित गर्दै खुसि राख्दछ ।
४) सकारात्मक बनाउदछ ।
५) आत्मबल पैदा गर्दछ ।
६) म गर्न सक्छु भन्ने संकल्पशक्ति बढाउछ ।
७) परिस्थितिले ल्याएको बेखुसिपनलाई वास्ता नगरि मनस्थितिलाई बलियो बनाउदछ ।

(ग) सचेत क्रान्ति र स्व–मार्ग ??
१) दुवै असल यात्राकालागी चाहिने उज्याला बाटाहरु हुन ।
२) सचेत क्रान्तिले बाह्य बिसयबस्तुमा सचेतना जगाउछ भने स्व–मार्गले अन्तरङ्गमा पुर्याउदछ ।
३) मानिस जन्मे दखि मृत्यु नभए सम्म जानेर होस वा नजानेर होस यी दुवै बिषयबस्तुलाई खोजी रहेकै हुन्छ ।
४) यी मानवकालागी मात्र नभई समग्र सभ्यताको रक्षा, उपयोग र बिकासकोलागि चाहिने अबधारणा हुन ।
५) दुवैले मन, वचन र कर्म बाटै सैद्धान्तिक र व्यवहारिक एकरुपतामा चिन्तन, मनन र अबलम्बन गर्ने बनाउदछ ।

(घ) के के काम गर्दछन ?

१) शान्ति, प्रेम, करुणा, सद्भाव एव सहकार्यलाई बढाउदछ ।
२) प्राणी, बनस्पति, प्रकृतिको रक्षा गर्दछ । जीव, जीवन र जगतको जगेर्ने गर्ने जग जगाउदछ ।
३) शुद्ध, स्वच्छ, सेवा, सत्य (नैतिकता) एवं मुक्तिकालागी शाकाहार, प्रकृति प्रेम, मानवता, न्याय एवं साधनाको प्रवर्द्धन गर्दछ ।
४) मांस, मदिरा, मध्यपान, जुवा, तास, हिंसा, अपराध, छुवाछुत, शोषण, विभेद, द्धन्द, भ्रष्टाचार, बेरोजगार, अभाव समेत मुक्त समाज निर्माण गर्न सबैमा अनुरोध गर्दछ ।
५) स्वतन्त्र, स्वदर्शन, स्वसंवाद, स्वदेशि नीति, स्व आर्जित शिक्षा, स्वाधिन अर्थतन्त्र, स्वविवेकि प्रणाली, स्वयंको सस्कृतिको लागि संकल्प गर्ने सरल, स्पष्ट, मिलनसार, मेहेनति, अनुशासित मान्छे खोज्दछ ।
६) सबैको हित चिताउदै शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति, भावनात्कम प्रेम, स्वचेत आनन्द, रोग प्रतिरोधात्मक क्षमता, समग्र स्वास्थ्य, विकास एवं निकासकोलागि उज्यालो बाटो पहिल्याउदछ ।
७)  उच्च चेतना स्थर भएको सभ्य प्राणी हामी हौ भनेर दावा गर्ने मान्छे नै हो । त्यसैले मान्छे स्वयंले कर्तव्य पूरा गर्ने बनाउन प्रयास गर्दछ।

(ङ) यसका आधारहरु के के हुन)
१) शाकाहारः– आहार, व्यवहार, विचार, प्रत्याहार, संस्कार ।
२) प्रकृति प्रेमः– आकाश, वायु, तेज, जल, पृथ्वी ।
३) मानवताः– प्रेम, शान्ति, करुणा, सद्भाव, सहृदयी(सेवा)
४) न्यायः– शाश्वत चिन्तन, असल कानून, स्वचेत न्याकर्मी, सक्षम न्यायपालीकाको निर्णय एव कार्यान्वयन, श्रम सुधार गृह निर्माण।
५) साधनाः– सूक्ष्म योग, कम्पन, आसन, प्राणायम, ध्यान ।
(थपः– सकारात्मकता, सृजनशिलता, आत्मनिर्भरता, चरित्रबल, मौलिकता)

घ) शुरुवात चरणका कार्यक्रमहरु
१) बृक्षारोपण
२) पदयात्रा
३) सेवा एवं श्रमदान
४) संत्सङ्ग एव शिविर
५) सरसफाई

ङ) सत्सङ्का बिषयहरु
१) सकारात्मक सोच÷ जीवनशैली
२) तनाव व्यवस्थापन÷ खुसि एक कला
३) कानूनी सचेतना एव परामर्श
४) रोग अनुशार योग, खानपिन
५) चरित्रबल, असलता एवं संस्कार युक्त शिक्षा÷ नैतिकवान नागरिक, सज्जन निर्माण

(२०३९ साल असोज महिना ५ गते मंगलवार बेलुका आमाको गर्भबाट यश धर्तीमा टेके देखि २०७९ सालको जन्मदिन सम्म अध्ययन, अभ्यासमा आधारित अनुभव संकलन गरेका बिषयहरु प्रस्तुत गर्ने सचेत क्रान्ति, स्व–मार्ग, असल यात्राका सोचकर्ता, संकल्पकर्ता एव अनुरोधक अधिबक्ता सुदर्शन, योगी तेजस्वी, एक पागल=पारदर्शीता, गतिशीलता एव लगनशीलताको अभ्यासी ।