जिएन प्रधान
अदालतको परमादेशले देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेको पनि एकवर्ष पूरा भै सकेकोछ। शुरुमा पन्चमुखी गठबन्धन जस्तो देखिए पनि यो लेख तयार पार्दासम्ममा अघोषित सप्तमुखी दलको गठबधन हुन पुगेकोछ। देश र जनताको लागि साझा उदेश्य त धेरै परको कुरा भैसकेको यो परमादेशको सरकारको मन्त्री पालो पु¥याउने उद्देश्य भने पहिलो प्राथमिकतामा रहेको स्प्ष्ट देखियो।जे जसरी भए पनि जति बेइजत सहनु परे पनि गठबन्धन बिना एक पाइला अघि बढ्न नसक्ने अभिब्यक्तिहरू र स्थानीय निर्वाचनमा एक आपसको गोडा लम्पसारले कतिको डरिलो र शक्तिशाली गठबन्धन रहेछ भन्ने पनि प्रमाणित भएरै छोड्यो।प्रधनमन्त्रीको पद प्राप्त गर्नदेखी स्थानीय निर्वाचनमा आफ्ना पिच्छलग्गु पुच्छर पार्टीहरूको एमालेको प्रतिशोधमा इमान्दारीपूर्वक मत प्राप्त गरि सवभन्दा बढी पालिका प्रमूख उप प्रमूखहरूको जित हासिलले अति लाभ प्राप्त गरि हौसिन पुगेका नेपाली काँग्रेस काँग्रेसका संस्थापक नेता बि पि ले कायम गरेको काँग्रेसको मूल्य, मान्यतालाई तिलान्जली दिँदै देउवाको बिश्वास पात्र जोतिषीको भविष्यवाणी पूरा गर्न अघि लम्कने कार्यलाई कसैले रोक्न सक्ने देखिन्दैन।हुन त नेपाली काँग्रेसमा पद, सत्ता र पैसा नै मूल सिद्दान्त भएको हुँदा यो पार्टीका नेता वा कार्यकर्ताहरू जो सुकै किन नहुन प्रजातन्त्र र समाजवाद त एउटा खोक्रो आदर्ष भन्दा केही होइन भन्ने कुरा गिरिजा प्रसाद कोइराला र सन्त प्रधान मन्त्रीले बिभुषित कृष्ण प्रसाद भट्टराईको प्रधानमन्त्रीत्वले नै छर्लङ्ग्याई सकेकोलाई यहाँ कोट्याउन आवश्यक छैन ।
यसैले पनि आफूलाई सात पटकको प्रधानमत्रीको जोतिषीको सपना बोकेर अगाडि बढेका शेर बहादुरको लागि नेपाली काँग्रेसलाई प्रजातान्त्रिक आदर्षको बाटो अनुकरण गर्न नै किन जरुरी रह्यो र? यसैले पनि देउवा र देउवाबादी काँग्रेसहरूको लागि सत्तामा पुग्न बिचार र सिद्दान्त मिलि रहन जरुरी छैन।जे जसरी हुन्छ आफूलाई सत्ताको कुर्सी जिम्मा लगाइ दिने पार्टी र नेता भए पुग्छ। यसो त नेपाली काँग्रेसलाई मात्र यसरी एकोहोरो दोषी देख्नु मात्र पनि सायद अन्याय नै होला। किनभने अन्धा अर्थात दृष्टि बिहिन मान्छेले आँखाको चाहना राखे झैँ सत्ताकै लागि राजनीतिको मूल अभिष्ट बोकेका काँग्रेसको लागि नचाहेरै पनि पटक पटक महारजगन्ज निवासमै पुगि नेपालकै माओवादी क्रान्तिकारी पार्टीका नेता प्रचण्ड र विधि र पद्दतिको अवल अनुयायी कथित नेकपा “एस” का अध्यक्ष माधव नेपाल समेतको दस औँली बिन्तिभाउ र अलाप बिलापमा सन्तुष्ट हुन पुगेका देउवाको लागि के नै चाहियो र । पटक पटक सत्ता सन्चालन गर्ने अवसर आएर पनि जनताको लागि सिन्को नभाँचेका र जनताबाट तिरस्कृत भएर पाखा लागेका नेपाली काँग्रेसका लागि यो भन्दा सुवर्ण अवसर कहिले आउन सक्छ ? प्रत्यक्षतर्फ संघीय र प्रदेशमा तेस्रो हुन पुगेका नेपाली कांग्रेलाई सता सन्चालनको यो आग्रह आउनुलाई सर्बोच्च अदालतको परमादेश बरदान नै मान्नुपर्छ ।
सत्ताको भागबण्डा र साँसद्हरूको लागि मन्त्रीको भाग पु¥याउने उद्देश्यले मात्र गठबन्धनको सरकार चलाउन पुगेका यी मन्त्रीका भोकाहरूको जनता र देश प्रती जवाफदेहिता यसकारणले पनि रहेन कि यिनिहरू जनताबाट निर्वाचित सरकार नभै अदालती कालो कोखबाट सिर्जित भएकोले पनि यिहरूमा जनताको बिषयमा सरोकार नभएको प्रष्टछ।यिनिहरूलाई थाहा छ कि अब हामी जनताबाट निर्वाचित भएर आउन सक्ने छैनौँ । जनताहरू हामीबाट रुष्ट छन् । एक त आफै समिलित वा आफ्नै समर्थनको करीव दुईतिहाइको सरकार ढाल्न र आफ्नै पार्टी फुटाउने पार्टीका गद्दार र घोर अपराधी हुन भने अर्कोतिर कम्युनिष्ट मात्रको लागि प्रमूख दुष्मन नेपाली काँग्रेसलाई सत्ता सुम्पिन अहम भुमिका खेल्न पुगेकोमा पनि जनता सामू जान÷आउन सरम लाग्दो हो । तर यो लेख लेख्दा सम्ममा यी नेपाली काग्रेसका पुच्छरहरूमा लाजसरम लागेको पटकै देखिएन। अझै सबिधानको रक्षाको लागि भन्दै संबिधानलाई नै लत्याउँदै सर्बोच्चको परमादेश गुहार्न पुगेकाहरू नै अहिले संघिय निर्वाचनको मुखमा कहिले घुर्की, कहिले धम्किले गठबन्धन अगाडि बढिरहेकोछ। न त नेपाली काँग्रेस बाहेकका सबै दलहरू सरकार छोडेर बाहिरिन सकेका छन् न त नेपाली काँग्रेसले नै सत्ता छोड्ने साहस गरेकाछन् । यसको अर्थ हो कि नेपाली काँग्रेस बिनाको सरकार बनाउने अन्य पुच्छर पार्टीहरूलाई आँत छ न त सत्ताबाट बाहिरिन सक्ने क्षमता नै छ । उता नेपाली काँग्रेसको हविगत पनि यहि हो । न त ल सत्ता चलाऊ भनेर छोड्न सक्ने आँत छ नत गठबन्धने सहयोगिहरूको आवश्यक छैन भन्न सक्ने अवस्था नै छ। तैपनि यो अपरिहार्य सङ्हीय र प्रदेशको निर्वाचनको मुखमा एकले अर्कोलाई गाल्न र बढिभन्दा बढी शीटहरू प्राप्त गर्न कहिले बाम एकीकरण वा तालमेलको बकम्फुसे हल्ला र निर्थकको जमघटको नाटकी प्रयासमा लागि परेकाछन त कहिले एमालेसंङ्ग मिलेर जाने कुराले नेपाली काँग्रेसलाई तर्साउने पक्षमा लागेको पाइन्छ । एउटा पार्टी जो स्थानीय निकायको निर्वाचनमा समेत पालिका प्रमुख÷उप–प्रमुखमा समेत अर्काको निगाहामा बल्लबल्ल २० स्थान प्राप्त गर्न सफल कथित “एस” पार्टी आगामी संघीय निर्वाचनमा २० लाख पार्टीको मत पु¥याउने भ्यागुते भाषण दिएर आफ्नो समर्थकहरूलाई सान्त्वना दिने प्रयास गरिरहेका छन।उता जसको त मद्दतले स्थानीय पालिकामा मुस्किलले १२० प्रमूख÷उप प्रमुख बनाउन पुगेकोछ उहीँ पहिलो पार्टी बन्न सक्ने शन्केत छ भनी धक्कु लगाउन पुगेको पाइन्छ। अनि त्यही पार्टीका अध्यक्ष÷नेताहरू भन्न थाल्छ हामीले एमालेलाई ठेगान लगायौँ यस्तै घमण्ड गरे काँग्रेसलाई पनि ठेगान लगाइदिनेछौ । तसर्थ नेकपा माओवादी केन्द्रलाई पनि भन्न सकिन्छ कि “जुन थालमा भात खायो त्यही थालमा हग्ने पार्टी “जुन कुरो भर्खरको अबोध शिशु बाल बच्चाहरूले गर्ने गर्छ । अर्थात यसो पनि भन्ने गरिन्छ कि जसले गुण ग¥यो उसैलाई धोखा दिने बेइमानी पार्टीको अर्को नाम हो नेकपा माओवादी पार्टी। यस्तै नेपालको एकमात्र बिस्वाघाती इमान्दारीताको सीमा नाघेको पार्टी हो नेकपा माओवादी।
अतः यिनै पार्टीहरू हुन जसको कार्य ब्यवहारहरू र जनबिरोधी कामहरूकै कारण २०१५ को आम निर्वाचनमा दुई तिहाइ भन्दा बढी, २०४८ को बहुदल पश्चातको निर्वाचनमा स्पष्ट बहुमत ल्याउन सफल नेपाली काँग्रेस अहिले आएर मुस्किलैले पहिलो पार्टी बन्नको लागि गठबन्धनको नाममा झन्दै आधा दर्जन पार्टीहरूसँग तालमेल वा चुनावी सहयोगको हार गुहारमा लागि परेकोछ । यसबाट पनि नेपाली काँग्रेस नेपाली जनताबाट कतिसम्म गिरिसकेछ,जनताको बिस्वास टुटिसकेछ भन्ने स्पष्ट हुन्छ । पछिल्लो पटक यहि गएको २०७९ बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको परिणामलाई हेरेर पनि सहजै अनुमान वा मूल्यान्कन गर्न सकिन्छ कि आफै सरकारको नेतृत्व गरेर, भरपुर सत्ताको दुरुपयोग र ५÷६ ओटा दलहरूको भरपुर लाभ प्राप्त गर्दा समेत मुस्किलले ३२९ पालिका प्रमूख प्राप्त गरि आफू÷आफ्नो पार्टी ठूलो भयौँ भनी आत्म सन्तुष्टिमा रम्न पुगेकोछ। हो, यहि स्वादले पनि अहिले माओवादी केन्द्रको जस्तोसुकै अपमानित भाषण÷अभिब्यक्तिहरू सहेरै भएपनि लाचार बनेर गठबन्धन कायम राखेरै जानू पर्छ भन्नेमा रहेको छ । यस्तै प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा “एस” को पनि यहि हविगत रहेको छ । यसैले पनि नेपाली काँग्रेसले जति नै सिट नेकपा “एस” लाई छुट्याए पनि गठबन्धन छोडेर जानसक्ने अवस्थामा छैन । भलै दशै सीट मात्रै किन नहोस केही असन्तुस्ती पोख्नु बाहेक एक्लै लड्न सक्ने वाला छैन । सिट बाँडफाँडको लफडामा केही तिक्तताहरू उब्जिए पनि लुत्रुक्क परेरै भएपनि स्विकारेर जान बाध्य हुनेछ । यहि सीटको बण्डाले पनि गठबन्धनमा रहेका सबै दलहरूलाई भोक न निन्द्रा बनाउन पुग्नेछ । अर्थात अर्को वाक्यमा भन्नु पर्दा “नखाउँ भने दिन भरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार” भनेझैँ अवश्य हुन पुग्नेछ ।
जेहोस अहिले पछिल्लो समयमा आएर यी गठबन्धनका कुनै पनि दलहरू एक्लाएक्लै निर्वाचनमा जानसक्ने आँट गर्न सकिरहेको छैन । यसैले पनि निर्वाचनको तिथिमिति तोक्न आनाकानी गरिरहेको देखिन्छ ।
यहाँ एउटा कुरा के सुन्न ,हेर्न र बुझ्न लायक छ भने गठबन्धनमा कसले कति शीट हत्याउने भन्ने कुरा। एकातिर नेपाली काँग्रेस ९० सीट आफूमा कायम राखेर बाँकी ७५ शीट अन्य गठबन्धनलाई दिएर सहमती कायम गर्नुपर्छ भन्ने रहेकोछ भने उता नेका बाहेकका अन्य गठबन्धनका पुच्छर दलहरू नेपाली काँग्रेसलाई ८० शीटमा सीमित राखेर ८५ सीट आफूहरूलाई राख्ने पक्षमा रहेको छ । तर यी सीट मध्यमा पनि नेकपा माओवादी एक्लैले ५०– ६० शीट राख्ने पक्षमा रहेको देखिन्छ भने बाँकी २५–३५ शीटमा अन्य बाँकी दलललाई दिने पक्षमा रहेको छ । यसमापनी नेकपा एस एक्लैले २५–३० शीटको दावी गरिरहेको छ । यो हिसाबलाई हेर्ने हो भने तराईवादीका तीन पार्टी (बाबुरामको सङ्हीय समाजवादी समेत)लाई र चित्रबहादुरको राष्ट्रिय जनमोर्चालाई मात्र गठबन्धनको मतदातामा सीमित राख्ने देखिन्छ । यसर्थ अहिलेकै यो हिसाबलाई हेर्दा गठबन्धनका दलहरूमा शिटकै लागि जटिल लफडा हुने देखिन्छ।यो मज्जाक हेर्न नै लायक हुनेछ ।
सीटको बिषयमा गठबन्धनमा जे जस्तो लफडा या तालमेल भएपनी एमालेको लागि कुनै फरक पर्ने अवस्था छैन। यिनिहरूको गठबन्धन देश र जनताको लागि भन्दा पनि मात्र सत्ता भागबण्डाको उद्देश्यमा सीमित भएकोले पनि जनता अब यो गठबन्धनको पक्षमा नलाग्ने पक्का छ । गठबन्धन सरकारको यो एकवर्षको कृयाकलापले यो सरकार केको लागि र कसको पक्षमा काम गरिरहेकोछ भन्ने दिनप्रतिदिन पुष्टि हुँदैछ । वर्ष भरी गरिएका जनिरोधी र देशघाती कामहरूबाट पनि के पि ओलीले किन संसद बिघटन गरे भन्ने कुरा अहिले आएर चरितार्थ हुँदैछ। केपि ओलीको स्थानमा सरकार प्रमूख भै काम गरेपछि पहिलो मन्त्रालयको र मन्त्रीहरूको सन्ख्यामा बृद्दी,बजार बाउमा चार गुणासम्म वृद्धि, ःऋऋ जस्ता राष्ट्रघाती सम्झौता गर्न सफल, दार्चुला टुइन घटनामा मुख बन्द, चुच्चे नक्शा बिषयमा अवाक, क्एए पास गर्न मरिहत्ते प्रयास जारी, दल फुटाउने र नागरिकता बिधेयक जबरजस्ती पास, किसानलाई रासायनिक मल ल्याउनमा असफल, कोरोना खोप २० लाख डोज गायब, डेढ करोड खोप निष्किृय पार्न सफल, अर्थ बजेटमा अनाधिकृत ब्यक्तिको प्रवेश गराई राजस्वमा हेरफेर, स्थानीय निकाय निर्वाचनमा हदैसम्मको सत्ताको दुरुपयोग, महिनामा ४ पटकसम्म इन्धन्जन्य पदार्थमा मूल्य वृद्धि, देशका राष्ट्रिय र निजी उद्योगहरू धरासाही, आधारभूत खालका १४०० भन्दा बढी सडकहरूको नयाँ योजना खारेज, बढुवा सम्बन्धी आफ्ना मान्छे अनुकुल नियममा संशोधन, स्थानीय पालिकाहरूमा विकास बजेटहरूमा अत्याधिक कटौती, अन्य सम्पूर्ण विकास निर्माणका कुराहरू ठप्प पार्ने बाहेक अन्य कुनै कामहरू गरिएको देखिन्न । यसैले पनि जनमुखी प्रभावकारी कामहरू गरेर जनताको मन जित्न सक्ने कुनै काम नगरिएबाट पनि जनताहरू यो गठबन्धनलाई जिताउने पक्षमा छैनन् । यसैले गठबन्धनको एकोहोरो अलाप बिलाप यिनीहरूको लागि बाध्यकारी एकमात्र उपाए हो भन्दामा कुनै फरक पर्ने छैन ।
आगामी संघीय र प्रदेशको निर्वाचनसम्म बाम एकीकरण वा तालमेलको हाउगुजी देखाएर नेपाली काँग्रेसलाई सीटमा गाल्न होस् वा उता एमालेलाई नै देखाएर आफ्ना गठबन्धनका सहयात्रीहरूलाई सीटमा कममा कम दिएर आफूले धेरै सीट हात पारी निर्वाचन पछिको सरकार पनि आफ्नै नेतृत्वमा बनाउन सकियोस् भन्नेमा होस् क्यिनिहरूको प्रमुख ध्यय यहि रहेको छ । यसको खास अर्थ यो हो कि अब गठबन्धनको सहारा बिना सत्तामा रहेका कुनै पनि दलहरू एक्ला एक्लै लड्न सक्ने अवस्थामा छैन । यो सरकार बनाउनको लागि सर्वोच्चबाट जे जस्तो बदनीयतको परमादेश नामको फैसला गरे पनि आगामी संघीय संसद्को निर्वाचनमा पनि निर्वाचन नै नगरी परमादेशले यति घण्टा भित्र फलाना(शेरबहादुर देउवा)लाई नै प्रम बनाउनु भन्ने आदेश नआउला कि भन्ने झिनो आशामात्र बाँकी रहेको छ । यस्तै फैसला भए पनि संविधानको रक्षाको लागि भन्ने कारण बन्न सक्ने छ । नेपालको अदालत हो, जस्तोसुकै कलंकको टीका लगाउन परे पनि, बेइज्जत सहनु परेपनि न्यायलाई बङ्ग्याएर फैसला गर्नमा अन्तर्राष्ट्रिय फैसलाको गिनिज बुकमा नाम दर्ज गराउन सफल भएको हुनुपर्छ । तर गिनिजबुकमा नाम चढाए पनि नचढाए पनि अदालतबाट सहि या निष्पक्ष न्याय दिन्छ भन्ने कुरामा अत्याधिक नेपाली जनताहरूलाई विश्वास लाग्न छोडेको छ । प्रमाणको लागि परमादेशबाट प्रधानमन्त्री नियुक्तिको आदेश हुनु, ६६ हजार भन्दा बढी मुद्दाहरू थन्को लागेर बस्नु÷रहनुले नेपालका न्यायाधिशहरू कति सक्षम छन् र जनताको पीडामा कति संबेदनशील छ भन्ने पनि प्रष्ट भएको छ ।
यसलाई यहिँ छोडौँ यहाँ उल्लेख गर्न खोजिएको कुरो के हो भने अहिले गठबन्धन दलहरूको नौटंकी नाटकको । अहिले गठबन्धनमा रहेका कथित कम्युनिष्टहरूले सत्ता गठबन्धनबाट बाहिरिने जस्तोसुकै धम्की दिए पनि वा वाम पार्टीहरू बीचमा एकीकरण वा तालमेल गरि जाने भन्ने जस्ता जे जति घुर्की देखाए पनि नेपाली काँग्रेसलाई थाहा छ कि यो बेला संसद्का वा संसद् बाहिरका कुनै पनि दलहरूको बीचमा पार्टी एकता÷एकीकरण वा तालमेलको कुरा सम्भव छैन र अहिले सत्तामा रहेका दलहरू बाहिरिन सक्ने अवस्था पनि छैन । यति मात्र नभै नेपाली काँग्रेसको साहारा बिना एक्लै निर्वाचनमा जानसक्ने ह्याउ छैन । नेपाली काँग्रेसलाई यो पनि थाहा छ कि आफ्नै पार्टी पनि गठबन्धन बिना एक्लै जानसक्ने अवस्थामा छैन । स्थानीय निर्वाचनमा अपेक्षाकृत लाभ हासिल गर्न सफल भए पनि यो लाभ कसरी प्राप्त भयो यो पनि थाहा छ । त्यसैले आफ्नै पार्टीका नेता कार्य कर्ताले जति अन्तर्घात र बेइमानी गरेपनि गठबन्धनका कम्युनिष्टहरूले घात र बेइमानी गर्ने छैन । जुन स्थानीय निर्वाचनले प्रमाणित गरेर देखाई सकेको छ । यसैले पनि यो गठबन्धनलाई कायमै राख्नुपर्छ भन्नेमा रहेको छ नेपाली काँग्रेस । यहि स्थानीय निकायको स्वादले पनि नेकपा माओवादीको ठेगान लगाइदिने चुनौतीलाई मीठो मान्नु बाध्यकारी हुनसक्छ ।





