2026 April 21/ 05:43: 13pm

- चुडा प्रसाद चौलागाई
मानिसको जीवन पद्दति प्रत्येक पक्षसँग मिल्न पुग्दछ । चाहे वृक्षसँग तुलना गरौं चाहे चराचुरुङ्गीसँग दाजौँ वा चराचर सृष्टिको पालन पोषण गर्ने सूर्य, चन्द्रमा वा अन्य कुनै ग्रहसँग तुलना गर्दै वा ठूला ठूला ऋषिमुनी तथा महात्मासँग दाँजौं, ती प्रत्येकको समयावधि हुन्छ । प्रत्येकको आयु सकिन्छ, सूर्य चन्दमा, ताराहरु उदाउने र अस्ताउने प्रक्रिया सास्वत छ । संसारमा जन्मने, उम्रने सबै निश्चित अवधिपछि बुढो हुँदै जाने र विलय हुने प्राकृतिक प्रक्रिया हो । कैयौं वैज्ञानिक, अन्वेशक र अनुसन्धानकर्ता जसले अरुलाई मार्गनिर्देशन गर्ने पनि आखिरमा यो संसारबाट हराउँछ । स  पृथ्वीको कयौं भागको समय रहेको होला । हामीले देख्दै आएका चट्टानी पहराहरु पनि फुटेको देखेको छौं । पृथ्वीको कयौं भागको पनि समय निस्चित छ । अजमरी देखिने पहाराहरु फुटेको देन्छि । देख्दै आएको स्थीर जमिन पनि कुनै दिन भासिएका छन् । सधै रहिरहेने सुष्टि छैन जस्तो लाग्छ । त्यस्तै मानव प्राणी पनि समयको उपलब्धि हो, समय पुगेपछि यो पनि नासिन्छ । जीवन पद्दति संघर्षको सन्दर्भमा नदी र मानिसको गति केही हदसम्म मिल्दोजुल्दो छ भन्ने कुरामा केही चर्चा गर्न खोजिएको मात्र हो । थुप्रै प्राणीहरुमध्ये मानिस उत्कृष्ट प्राणी हो ।  उसँग चेतना छ, वुद्धि छ, विवेक छ, ज्ञान छ, त्यतिमात्र होइन मानिसमा खुशी दुखः, इष्र्या, घमण्ड, पश्चाताप, घृणा आदि राम्रा नराम्रा दुबै छन् । नराम्रो पक्ष छ र त राम्रो पक्षको खोजी आवश्यक छ । त्यसैको लागि मानसले असल मानिसको जीवनशास्त्रहरुको अध्ययन गर्दछ, भविष्यको लागि । त्यसो गर्न त्याति सजिलो छैन जति हामीले सोच्ने गरेका छांै  । मानिसको जीवन पद्दति सोझो रेखामा नभई जीवन बाङ्गोटिङ्गो छ । त्यस्तै हो नदीनालाको यात्रा पद्दति । थुप्रै संकट र मोडहरुको यात्रा नदीनालाले गर्नैैै पर्दछ । नदी भन्नाले सानातिना खोलानालाभन्दा ठूलो जसबाट पार गर्न मानिसले पुल वा डुङ्गाको सहरा लिनुपर्छ अन्यथा बगाउन सक्छ । वर्षातको समयमा नदीमा बहार आउँछ । यात्रुले वैकल्पिक बाटो खोज्नै पर्दछ । पाश्चात्य विद्धान त्भललथकयल (टेनिसन) ले रचेको  त्जभ द्यचययप (द ब्रुक) मा नदीले आफ्नो आत्माकहानी बताएको पाइन्छ ।  
नदीको उत्पति स्थल भनेको हिमालय हो  । पहाडको अनकन्टार हो । जहाँ ससाना खोलाहरु ससाना पानीको छाँगाहरु तथा मूलहरुको जमिनको खोंचबाट पहाडको अनकन्टार पार गर्दै धेरै खोलाहरुको दोभान र त्रिवेणीमा मिलेपछि नदी बनेको हुन्छ । नदीको बाटो सोझो रेखामा छैन । मानिसको जीवनलिला जस्तै छ ओल्टो कोल्टो । नदीमा पानीहास र बकुल्लाले खेलबाड गर्ने ठाउँबाट बगिरहेको हुन्छ । नदीभित्र महत्वपूर्ण चिजहरु हुन्छन् । चाहिनेले खोजी गर्दछ । नदी कहिले समथर जमिनमा हिड्छ भने कहिले पहाडका थुप्रै खोल्सा पार गर्दै ठूलाठूला ढुङ्गाको चेप हुँदै नदी बगेको हुन्छ । नदी भन्दछ । मलाई ठूलो पीडा हुन्छ । ढुङ्गासँग युद्ध गर्दागर्दै, ठक्कर खाँदाखाँदै पनि बन्नै पर्दछ । एकै ठाउँमा रहन सक्दिन । त्यस्तै मानिसको जविन पद्धति पनि । उसले पनि थुप्रै ठक्कर खानुपर्दछ । कारण जीवनको यात्रामा मानिसलाई मानसिक वा शारीरिक पीडा जन्मेदेखि लिएर आएको हुन्छ । मानिस सुतेर समय व्यतित गर्ने प्राणी होइन । भविष्यको लागि कल्पना गरिरहन्छ । नदी कयौं पहाडबाट यात्रामा फाल हालेभैंm मानिसले पनि फाल हाल्नै पर्छ । कैयौं खोचबाट नदी दौडदै जाँदा कयौं मानव बस्तीलाई धक्का दिनपुग्छ । नदीको जवानीले गर्दा कतै मानिसलाई वगाउँछ भने कयौं किसानको खेतबारीमा लहलहाएको बाली नष्ट गरिदिन्छ । अर्कोतिर मानिसले मबाट सिंचाइको लागि विभिन्न तरिकाबाट खेतबारीमा पु¥याएको हुन्छ । जब नदी वर्षातको कारणले पैmलिन्छ तब मानिसको बस्तीसमेत उडाउन बेर लाउँदैन । तब नदी भन्दछ, “मेरो गुणनै बग्नु हो, वग्छु । मलाई मानिसहरु हेर्न आउँछन्, वारपार गर्न लाग्छन् । उनीहरुको आउजाउ कार्य जारी रहन्छ ।” नदी भन्दछ, “म वगिरन्छु, बग्नुनै मेरो कर्म हो ।” म कसैलाई दयामाया गर्न सक्दिन चाहे खेतबारी होस् या मानिसको बस्ती । बग्ने मेरो काम हो । मेरो लक्ष्य सागरमा पुग्नु हो । त्यस्तै हो मानिसको जीवन पद्दति पनि । नदी, सागर, महासागरमा पुगे जस्तै मानिस संघर्षको यात्रा गर्दै आखिरमा उसले परमात्मासँग मिल्छ, शरीर नाशिए पनि आत्म नासिदैन भन्ने शास्त्रको भनाइ छ । कुनै पनि कुराको राम्रो नराम्रो पक्ष हुन्छ । नदीबाट हुने उपलब्धिहरु थुप्रै छन् । कहिले भुमरी परेको खाल्डोमा पुगेर जाकिन्छ नदी । फेरि माथि निस्केर आफ्नो गति अगाडि बढाउँछ । तोकिएको ठाउँसम्म नदी पुग्छ । त्यस्तै हो मानिसको यात्रामा कति काँडाहरु तेर्सिएको हुन्छन् । कति उकाली ओरालीमा तड्पिनुर्छ । मानिसलाई सुख पो कहाँ छ र ?  
नदी बताउँछ, “मेरो बाटो घुमाउरो छ, कैयन भङ्गालाहरु पार गर्नुपर्छ ।” नदीको किनारमा कति खेत र खाली जमिन होला ? त्यो जमिनलाई खियाउँदै तोड्दै, अगाडि बढ्छ । नदीमा जब वैंस आउँछ त्यो समयमा के कसको धन सम्पति बाँकी राख्छ र ? नदी निर्दयी बन्दछ । देखिएको छ, कैयौंको घरबार सिद्धिएको छ । प्राणीहरुको क्षेति भएको छ । वैंसले मस्त भएको अवस्थामा नदीको आवाजै चर्को हुन्छ । नदी सुसाउँछ । बिस्तारै नदीको बहाव अघि बढ्दै गएपछि समुन्द्रमा मिल्न पुग्दछ । त्यस्तै मानिस प्रगति वा अग्रगतिको संघर्ष गर्दै अगाडि बढ्छ । नदी भन्छ, “मलाई पार गर्दै मान्छे जानेर आउने गर्दछन् तर म आफ्नो बाटो लागिरहन्छु । मानिसको आयु सकिएपछि पूर्ण मानिस जन्मेने ईश्वरीय बरदान हुँदा त्यही किसिमको क्रममा मानिस लागेको हुन्छ भने नदी सधै आफ्नो यात्रामा लाग्छ किनकि नदीको शक्ति बढ्दै जान्छ । नदी बताउँछ, “म असला माछा लिएर अगाडि बढ्दछु; माछा मात्रा होइन, मैले जिउँदा वा मरेका प्राणीहरु पनि मेरो साथमा आउँछन् । सँगै लिएर जान्छु ।” त्यस्तै हो मानिसको जुनी पनि । उसले आफ्नो गतिसँग थुप्रै अनुभव र अनुसन्धानबाट नयाँ कुराको खोजी गर्न पछि पर्दैन । नदी बताउँछ, “सुनौला ढुङ्गामाथि चढेर वगरमा वहंदा सेतो कयौं पानीका तरङ्ग लिएर यात्रा नदी किनारमा पिंmज बनेर सेतो रङ्गमा बगिरहन्छु । बहाइको क्रममा सेतो छाल मेरो रङ्ग बन्दछ ।” नदी भन्छ । नदीको गुनासो जस्तो छ, त्यस्तै छ मानिसको दुखसुखका घटनाहरु । कयौं डाँडाकाँडा काटेपछि कहिलेकोहि घाँसै घाँस भएको जमिनमा बगेर बिस्तारै हिडेको अनुभव गर्दछ । पहेलापहेंला हरिया रुखहरुको पेंmदबाट बगेको हुन्छु नदी भन्दछ । त्यस्तै हो मानिस पनि यात्रा गर्दागर्दै कहिले आनन्दको अनुभव गर्दछ । कहिले सुखानुभुति हुन्छ । एकछिन भए पनि हासखेल गर्न पछि पर्दैन । तर पछि पश्चातापको भुमरीमा पर्दछ । नदीबाट मानिसहरु क्षणक्षणमा वारपार गर्दछन् तर नदी एकाग्र बगिरहन्छ । यही हो मानवजीवन पद्दति ।
समथर जमिन पुगेपछि घामको टलक देखाएर त्यहाँका मानव प्राणीलाई क्षणिक आनन्द दिन पछि पर्दैन । घामले तात्तिएको बेलामा कयौं प्राणीलाई आवश्यक सहयो गर्न नदी पछि पर्दैन । त्यस्तै हो मानिस पनि भौतिक सुख चाहाना गर्दागर्दै उसलाई आध्यात्मिक चिन्तनको तिर्खालाई मेटाउन मानिस प्रयत्न गर्दछ । आखिर जीवन पानीको फोका न हो । त्यो फोका पानीबाट निस्कन्छ र त्यहीं फुट्छ । फोका आउने क्रम चलिरहन्छ । त्यस्तै हो मानिस नाङ्गो जन्मन्छ नाङ्गै अन्त्य हुन्छ । रुख बताउँछ, “काँडैकाडा भएको जङ्गलमा चन्द्रमा र ताराहरुको उज्यालोमा गुनगुनाउँछ ।” यो नदीको भनाइ हो । त्यस्तै हो मानिस पनि कहिले उज्यालो त कहिले अध्याँरो । नदीको दुख र सुखको अनुभव र अनुभुति व्याख्या गर्दै बढ्दै जान्छ, एकै स्थानमा बस्न पाउँदैन । बहनु उसको नियम हो । समयअनुसार क्षति पु¥याउनु उसको कर्म हो । कहिले नदी बरदान भएर आउँछ, कहिले अभिसाप भएर । दुनयाँलाई रुवाएर बगिरहन्छ । कयौं मानिसलाई नदीले खान्छ । एकातिर जमिनको नाश गर्छ भने अर्कोतिर कयौं प्राणीहरुको हत्या गर्छ । ऊ फुर्सदिलो छैन । एकै ठाउँमा बस्न पाउँदैन । आखिर नदी सागर, महासागरमा पुगेर अलप हुन्छ । त्यहाँ पुगेपछि उसको अस्तित्व रहँदैन । त्यस्तै हो मानिसको जीवनपद्दति पनि । राम्रो काम गरेको छ भने केही समय सन्ततीले सम्झलान अन्यथा नदीको जसरी अस्तित्व समाप्त हुन्छ । मानिसलाई धर्मशास्त्रको सुझाव छ, शरीर नासिन्छ, आत्मा अर्को शरीरमा सर्छ । यो विश्वासको कुरा हो । अर्काको शरीरमा पुगेको छ भन्ने कुरा कतै प्रमाणित छैन । ऊ कसको शरीरमा गयो थाहा छैन । जे होस् सत्कर्म मानिसको अनिवार्य शर्त हो नदीको जस्तै ।