2026 April 21/ 05:43: 13pm

अधिबक्ता सुदर्शन जोशी “तेजस्वी”
   
Conscious Revolution-Light (Sachet Kranti-Tej):- “Vision is to spread health, wealth, peace and happiness around the Universe through self-Consciousness,yoga, Meditation, self-practice and inner knowledge, so live self-consciously.” -SWOSUTRA

थोपा थोपा मिलि मिलि वन्छ विशाल सागर !
स्वचेतले लेराउछ जनजनमा क्रान्तिको लहर !!
जसरी प्रत्येक व्यक्ति पल पलमा सुख, शान्ति र समृद्धि चाहन्छ । त्यसरी नै पाईला पाईलामा नै स्वयं नै स्वचेत हुनुपर्दछ । त्यसैले सचेत क्रान्ति एक सोच हो, स्वको खोज हो । स्वचेत यात्रा, असल बाटो हो । केहि र कोहि नभएका जनहरुलाई पनि आनन्दित भएर जिउन प्रेरणा र खुशी दिने कला हो । यसले दिगो आनन्द र असलता सहितको सफलता दिन्छ वा स्वयंले नै प्राप्त गर्दछ भन्ने आत्माबिश्वास (स्वं भित्र आट, अठोट) जगाउँछ । अवश्य नै प्रत्येकले चाहेको उद्देश्य पूरा गर्नका लागि अरुलाई दोष लगाउन छोडी स्वयं नै सैद्धान्तिक र व्यवहारिक एकरुपतामा रहनु पर्दछ । यो प्रयास, प्रयत्न, पहलकदमी हो । त्यसैले सचेत क्रान्ति स्वयंको अनुशासन एवं स्वकोखोज हो । यो खोजले स्वयंकै जीवनशैली स्वरुपी आधारहरुमा रहन पाठ सिकाउँछ । सिक्दै सिकाउँदै सत्चित् आनन्दकोस्वको यात्राले जीव, जीवन र जगतको जगेर्ना गर्ने जग बनाउँदछ ।
स्वको खोजको शुरुवात गर्ने आधारहरु; शाकाहार, प्रकृतिप्रेम, मानवता, सामाजिक न्याय र साधना हुन् । यसको विकासक्रमले सात्विकता, स्वच्छ तत्व, सहृदयता, स्वस्थता र सत्यसँग मिलाउँछ एवं योग गराउँछ । स्वयंले नै गर्ने विधिको रुपमा संघर्ष, एकता, विकास, न्याय र संगठनलाई लिन सकिन्छ । जसमा शान्तिपूर्ण संघर्ष, सहभागितामुलक एकता, दिगो मौलिक विकास, व्यवहारिक सामाजिक न्याय र सर्वाेच्च विश्वव्यापी संगठन पर्दछन् ।
सचेत ः– सजगता, जागरण, होसको यात्रा, प्रखर, बोध ।
स्वः–स्वचेत, स्वतन्त्र, स्वचालित, स्वाधिन, स्वच्छिक, स्वआर्जीत, स्वाभिमान, स्वाध्याय, स्वयंको खोज, स्वरुप, स्वभाव, स्व (अध्ययन, अभ्यास र अनुभव)।
क्रान्तिः– स्व(जागरण, रुपान्तरण, शुद्धिकरण), संघर्ष, क्रियाशिलता, विकासक्रम, च्(भखयगितष्यल, उन्नत यात्रा, बदलिने प्रयत्न, स्व–रुपान्तरित हुँदै समाजलाई रुपान्तरण गर्ने ।
तेज ः– यो ब्रह्माण्ड नै आन्तरिक होस् वा बाह्य दिपमा चलेको छ । यो एक विश्वास, सोच, असलता हो । जीवन चल्ने शक्ति नै तेज हो –ीष्नजत । यसकै आधारमा हामी भित्री आँखा र बाहिरी आँखाले देख्दछौ । दृष्टि, सृष्टि नै तेजबाट चलिरहेको छ ।
रुपान्तरण ः– अवगुणहरुलाई छोडेर राम्रा गुणहरु व्यवहारिक जीवनमा ल्याउने प्रयत्न, जीवनको सदुपयोगपूर्ण यात्रा, सचेतपूर्ण यात्राको लागि तयारी नै रुपान्तरण हो ।
जागरण ः– जन्म, जीवन र मृत्युको क्रममा जागै रहि जाग्दै चल्ने क्रम ।
स्वयं ः– स्वय्ले नगरे कस्ले गर्ने, अहिले (वर्तमानमा) नगरे कहिले गर्ने ।
पलपल पाईला पाईलामा सचेत क्रान्ति–तेजको आधार !
    प्रकृतिप्रेम, मानवता, सामाजिक न्याय, साधना र साकाहार !
प्रत्येकले जन्मदेखि मृत्युसम्म स्वयं नै संघर्ष गर्नु पर्दछ । यो सबैलाई थाहा छ । किनकी प्रत्येकको जन्म, जीवन र मृत्यु नै प्रकृति (शरीर)को रुपान्तरण हो । स्व(पुरुष), चेतको यात्रा हो । त्यसैले असलताका लागि संघर्ष गर्ने धेरै स्वहरुको एकता आवश्यक छ । उदाहरणको रुपमा विश्व शान्तिको लागी स्व–शान्तिको स्वयं हुँदै सामुहिक प्रार्थना गर्ने विषयको रुपमा लिन सकिन्छ । त्यही रुपान्तरित स्वहरुको एकताले दिगो विकास गर्दछ, समृद्धि लेराउँदछ । त्यस विकास, समृद्धिले समाजमा सबैलाई न्याय दिनुपर्ने हुन्छ । किनकि यो सत्यको यात्रा हो । यो स्वको खोजबाट शुरु हुन्छ ।
स्वचेत युग शुरुवातका लागि उठौं, लम्का, जागौं !
स्वयंमा शान्ति, प्रेम, करुणाको मैत्री भाव राखौं !!
यसले स्वयंमै रुपान्तरित हुँदै शून्यदेखि ब्रह्माण्डसम्म पुग्ने उद्देश्य राख्दछ । यसको पूरा रुप भनेको पलपल, पाईला पाईलामा सचेत (स्वचेत) क्रान्ति–तेज हो । प्रत्येक स्वले आफ्नो जीवनरुपि यात्रा “अहिले नगरे कहिले गर्ने र स्वयंले नगरे कस्ले गर्ने” भन्दै पलपल र पाईला पाईलामा हो समय हुने, बोध गर्ने, प्रखर रहने, थाहा पाउने, खोज गर्नेर सचेत रहने प्रयत्न गर्नुपर्दछ भन्दछ । यो राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सबैको रुपान्तरण हो । यसमा सचेत शब्दले चेतना एवं आन्तरिक संसारको र क्रान्ति शब्दले पदार्थ एवं बाह्य संसारको प्रतिनिधित्व गर्दछ । तेज शब्दले अपो दिपो भव, स्वहम, तत्व मसी, शुभमा रहि आन्तरिक र बाह्य संसार चल्ने ज्योति, प्रकाश, ज्ञानबाट हो भन्ने बुझाउँछ । स्व–शब्दले आकाश, वायु, अग्नि, भुमि र जल (पञ्चतत्व)को स्वरुप जे बनेको छ त्यहि स्वचेतको प्रतिनिधित्व गर्दछ ।
सत्कर्म, प्रेम, सेवा, करुणा, सकारात्मकता, सृजशीलता र आत्मनिर्भरमा रहने प्रयत्न गरी मानवीयताको कुनै सिमा हुदैन, बसुधैव कुटुम्बकम, बाचौ बचाऔं, हाँसौं हसाऔ जस्ता आयामहरुमा जीवनलाई प्रयोग, उपयोग र सदुपयोग गर्ने सोच नै सचेत क्रान्ति हो । सचेत क्रान्तिका उर्जाहरु नै स्व–अध्ययनमा रहने विश्वास, कार्य, समुदाय र परिणाम हुन् ।
सचेत क्रान्तिसँग सम्बन्धित संकल्पहरु यसप्रकार छन् ः–
१) शाश्वत र सर्वाेत्कृष्ट समाधान प्रतिस्पर्धामा नभई सहकार्यमा रहने ।
२) अनुशासन सहितको शासनमा चल्ने ।
३) ईच्छाभन्दा आवश्यकतालाई मध्यनजर गर्ने ।
४) नैतिकता सहितको राजनीति बनाउने ।
५) व्यापक अध्ययन र मौलिक अवलम्बन गर्ने ।
६) परिस्थितिले समस्या लेराउदा पनि मनस्थितिलाई बलियो बनाउने ।
७) स्वच्छ, पारदर्शी, मर्यादित बाटो वनाउने यात्रामा सक्रिय रहने ।
८) बहुमत र अल्पमत नभनी सत्यमतमा हित रहने ।
९) स्वयंको खोज ।
समस्याका रुपमा सामाजिक उच्छृंखलता, कालाबजारी, उपभोग्य वस्तुमा कम गुणस्तर एवं अभाव, भ्रस्टाचार, विभेद, असमानता किन भई रहेको छ, किन दिनका दिन बढिरहेको छ ? यस्तो हुनुमा प्रत्येक स्वको के दोष छ ? के समस्या सँगसँगै उपायहरु हुदैन र ? हेरौं, सोचौं, सुनांै, बुझौं, महसुस गरांै र रुखको पातमा मलजल हाल्ने होईन जरामा नै हालौं । त्यसले निराशा नभई आशा जगाई जुध्न, बाँच्न सिकाउँदछ । आकांक्षा सहित सक्रिय रहँदै सचेत प्रयास गर्ने बनाउँछ ।
पटक पटक लडेपनि सम्हालि दै उठ्नु !
सपना केही टुटे पनि लक्ष्यमै पुग्न जुट्नु !!
सचेत क्रान्तिका संकल्प एबं आधारहरुः–
१) शाकाहारः– जिब्रोको लागि होईन पूरै शरीरको लागि बाँच्दछु । कम दोष पर्ने खानेकुरा खाएर बाँच्दछु । अबोध पशुपंक्षीको बलि दिन्नँ । अहिंसाप्रेमि बन्न चाहन्छु । आहार मात्र नभई व्यवहार र विचारमा पनि शुद्धता लेराउने प्रयत्न गर्दछु । सात्विकतामा रमाउँछु ।
२) प्रकृतिप्रेम ः– स्वच्छ वातावरण कायम राख्दै पृथ्वी सबैको साझा हो भन्दै न्यूनतमवाद, प्रत्याहारका सिद्धान्तलाई व्यवहारमा आत्मसाथ गर्दछु । नयाँ आउने पिँढीका लागि यो ब्रह्माण्ड बचाउदै आफू बाँच्ने छु । प्रकृतिमा रहेका खोला नाला, हिमाल, बनजंगल, किटपतङ्ग, जनावर सबैलाई बचाउने प्रेम, करुणा । स्वच्छ तत्व बनाउने प्रयास गर्दछु ।
३) मानवता ः– सहयोगापेक्षीहरुको सहयोगमा जीवन बिताउने छु । मानवीयताका गुणहरुको विकासका लागि रुपान्तरित हुँदै अरुलाई पनि रुपान्तरण गर्ने प्रयत्न गर्नेछु । सहृयताको विकास गर्ने छु ।
 ४) सामाजिक न्याय ः– सामाजिक न्याय सहितको नैतिकवल भएको न्याय प्रणालीमा विश्वास र समाज नै न्यायको जिम्वेवारी लिन सक्ने कर्तव्यनिष्ठ बनाउन प्रयत्न गर्नेछु । स्वच्छ न्याय हुदै सत्यमा पुग्ने छु ।
५) साधना ः– सचेत योग, सचेत ध्यान, सचेत प्राणायाम, सचेत न्याय, सचेत साधना, सचेत खानपिन, सचेत आचरण, सचेत व्यवसाय जस्ता विधिहरुको व्यवहारिक जीवनमा प्रयोग गर्नेछु । ‘स्व’भित्र भएको क्षमतालाई विकास गरि असलताका सिद्धान्तमा रहि जिम्वेवार बन्ने छु । स्वयं सकारात्मक, सृजनशिल र आत्मनिर्भर रहने जीवनशैली बनाउनेछु ।
(लेखकसचेत क्रान्ति एवंस्व–सूत्रका सोचकर्ता, अनुरोधक, संकल्पकर्ता, शाकाहारी अभियन्ता, योग–ध्यान–साधक, वकिल (न्यायकर्मी), नेतृत्व, सहयोगापेक्षीहरुको सेवक एवं उत्प्रेरक सुदर्शन जोशी “तेजस्वी” हुनुहुन्छ ।)