2026 April 21/ 05:57: 53pm

लेखक : माधब थापा

स्थानीय निवार्चनले नेपाली राजनीतिक रङगमञ्चमा एउटा नयाँ राजनीतिक वामपन्थी समिकरणको बारे जर्वजस्त वहस सिर्जना गरेको छ । यसले नेपालका वामपन्थी वुद्धिजीवि, विश्लेषक, राजनीतिककर्मी र पार्टीका नेतृत्वहरुमा नविन तरङगहरु उत्पन्न गरेको छ । राजनीतिक दलहरुमा केन्द्रदेखि विस्तारै धमिलिदै गएको अविश्वासका रङगहरु स्थानिय स्तरसम्म बदलिदै गएको छ । स्थानीय निर्वाचनमा भएका धोका र वेमानीका स्वरहरु चुलिन थालेका छन् । सरकारले महंगी, भ्रष्टाचार र कालाबजारीलाई नियन्त्रण गर्न नसकेको अवस्था छ । 
असंलग्न परराष्ट्र नीतिमा आएको विचलनतावादी व्यवहार, नेपालको हित विपरित आएको सैन्य रणनीतिसँग सम्बन्धीत एसपीपी सम्झौताको बारे राजनीतिक वृत्तमा ढाकछोप गर्न खोजीएको छ ।  यसले नेपालको भुराजनीतिमा पर्ने असरले सर्वभौमसत्ता र स्वाधिनतामा पर्ने प्रभाव देश र जनताको लागि सुइकार्य हुँदैन । यी र यस्ता गतिविधि प्रति सत्ता गठवन्धका मुख्य शक्ति नेपाली कांग्रेस प्रति असहमति र असन्तुष्टीहरु बढ्न थालेका छन् । शंखा र अविश्वासका मुनाहरु सत्ता गठवन्धनका साथीहरुमा पलाउन थालेका छन ्। यद्यपी अमेरिकासँग एसपीपी सम्झौता गर्ने कुरा एमाले नेतृत्वको सरकारले गरेको प्रमाणित भइसकेको छ । नेपाली सेनाको मुख्यालयले त्यो प्रष्टाइसकेको छ । तर पनि सत्ता घटक दलहरु देशको सार्वभौमिकता, स्वाधिनता र सामरिकता प्रति बढी नै सेंदनशील हुनु जरुरी छ ।
अर्कोतिर अहिले वामपन्थी धुव्रिकरणको वहसले राजनीतिक वृतमा नविनतम उर्जा थपिएको देख्न पाइन्छ । यो वहसले वामपन्थीहरुप्रति आस्था, सर्मपन र भरोसा गर्ने सर्वहारा श्रमजीवि, मजदुर, किसानसगै आम वामपन्थी न्यायप्रेमी जनसमुदायहरुमा आशाको दियो पलाएको छ । एउटा अध्यारो कुनाबाट अन्धकार विरुद्ध उज्यालो किरण अगाडी वढे जस्तो देखिन थालेको छ । यो जनताको अपार माया र भरोसालाई वामपन्थी नेतृत्वले आत्मसाथ गर्न सक्नुपर्दछ । राजनीतिमा झुट, जनतामा लुट र संगठनमा फुटको संसोधनवादी दृष्टीकोण त्याग्दै वाम एकता भत्कदाँ आम नेता, कार्यकर्ता र जनतामा त्यसको राजनीतिक वैचारिक सैद्धान्तिक र भावनात्मक प्रभाव परेको देखिन्छ । हिजो गरेको वामपन्थी एकता कि त गलत थियो भन्न सक्नु प¥यो कि त वामपन्थी विभाजन नै गलत हो भन्न सक्नुपर्यो । होइन भने वामपन्थी एकताको विपक्षमा उभिने छुट कुनैपनि नेतृत्वलाई छैन । वामपन्थीहरुको विभाजनले गर्दा देश र जनताले कस्तो ठक्कर वेहोर्नु पर्यो । हामी कति असफल भयौ भन्ने ज्ञान नेतृत्वले जति चाँडो वुभ्mन सक्यो त्यति नै छिटो नेपालका वामपन्थी शक्तिहरुको राजनीतिक उद्दार हुन सक्नेछ । नेतृत्वले इतिहासमा नसिक्न पनि सक्दछ । तर नेतृत्वले नसिकेको सजाय पार्टी, नेता, कार्यकर्ता वामपन्थी, प्रगतिशिल र आम जनसमुदायहरु भोग्नु पर्ने निश्चित छ । के वामपन्थीहरु संगठनहरु संरचनात्मक रुपमै विग्रेका हुन त ? के अब वामपन्थीहरु कहिल्यै सच्चिदैनन् त ? यदि त्यो हो भने इतिहासको कठघरमा नेतृत्वहरु नराम्ररी असफल भएर उभिनु पर्नेछ । तर फेरी पनि वामपन्थी आन्दोलनका इतिहासमा विभिन्न अप्ढ्याराहरुको सामना गदै, सिक्दै, वुभ्mदै र कमजोरीहरुमा आलोचित आत्मआलोचित हुँदै अघि वढ्दै आएको इतिहास सर्ववित्तितै छ । वामपन्थी आन्दोलन भित्र प्रर्याप्त जीवनशक्ति जीवितै छ । नेतृत्वले गरेका कमि कमजोरीहरु सुधार्दै जनतालाई इमान्दारीपूर्वक हामीले कहाँ–कहाँ गल्ती गर्यौ भन्न सक्नु पर्दछ । जनतासँग माफी माग्नु सक्नुपर्दछ । फेरी पनि जनताकले माफी दिएर अघि वढ्ने वाटो अवश्य दिने छन् । कुनैपनि व्यक्ति सर्वगुण सम्पन्न हुदैन भन्ने कुरा आज भन्दा अगाडी १७ औं सत्ताव्दीमा नै खण्डन भएर आएको थियो । तर आज २१ औं सताब्दीमा पनि वामपन्थी शक्तिहरुमा व्यक्ति सर्वेसर्वा हुन खोज्दा जनता, पार्टी र नेतृत्वबाट अलगिँदै गएको छ । त्यो तथ्यहरलाई पनि वामपन्थी मुख्य नेतृत्वहरुले वुझन र आमत्मसाथ गर्न जरुरी देखिन्छ । वामपन्थी नेतृत्व भनेको फराकिलो विचार भएको हुनुपर्दछ । जनतालाई स्वर्गको झुटो सपना देखाएर आफु भने नर्कको वाटो तिर अल्मलिने र साँघुरो विचार, सिद्धान्तलाई स्वीकार गरेर हिड्ने नेतृत्वबाट आम कार्यकर्ता र जनतामा कस्तो प्रभाव पर्दछ । वामपन्थी आन्दोलनले हुर्काउँदै लगेको मध्यम वर्गिय प्रभूत्व वढी सक्रिय देखिन्छ । यो वर्ग विशेष त आफु भन्दा तल्लो वर्गलाई दवाएर राख्न खोज्ने र माथिल्लो वर्गलाई  नाँङगो रुपमा चाकडी गर्ने यो वर्ग समाज भित्रको एउटा जर्वजस्त चरित्र हावी भएको छ । यो वर्गको प्रवृती बामपन्थी आन्दोलन भित्र जटिल भएर उभिएको देखिन्छ । 
यसलाई नेतृत्वले गम्भीरतापूर्वक पुर्नविचार गर्नुपर्ने तट्कारो आवश्यकता देखिन्छ । वामपन्थी आन्दोलन भित्र अनेकौ एैजेरुहरु पलाएका छन् । नेतृत्व देखि नै यसको  समिक्षात्मक र आत्मआलोचना हुन जरुरी छ । वामपन्थी नेतृत्वमा पार्टीलाई विर्ता, कार्यकर्तालाई दास र जनतालाई रैति जस्तो सोच्ने मनोविज्ञान भत्काउन जरुरी छ । यस खाले जालझेल र तुजुकका कारण सुकेनास लाग्दै गएको गैरवामपन्थी दक्षिणपन्थी संसोधनवाद र यथास्थितिवादी शक्तिहरु रसिला, पोसिला र हट्टा कट्टा भएर आएका छन् । नेपालको राजनीतिक परिवर्तनको आन्दोलनका हरेक मोर्चामा वामपन्थी सक्तिहरु नै अग्रमोर्चामा रहेर आन्दोलनको नेतृत्वदायी भूमिका खेलेर आन्दोलनका आँधिवेरी सृजना गरेका विगत र वर्तमानहरु आम जनता समक्ष प्रष्टै छ । नेपाली राजनीतिक मञ्चमा दक्षिणपन्थी संसोधनवादको आधुनिक रुप, रङ्ग र गन्ध वदलिएको छ । यतिवेला देशको भौतिक परिस्थिती बुजुर्वा प्रजातान्त्रिक सक्तिहरुका लागि मात्र उपयुक्त भएको र जनताले खोजेको व्यवस्था नेपालको विशिष्ट परिस्थितीमा संसदीय भ्रमजालबाट पटकै मुक्त नरेको व्यहोरा प्रष्टिन्छ । यो वामपन्थीहरुको विभाजनले दक्षिणपन्थी प्रतिक्रियावादीहरुलाई नै आफ्नो शासन सत्ता र शोसन गर्न लामो समयसम्म टिकाई राख्न मद्दत पुग्दछ । त्यसैले पनि जनताको भरोसालाई पुर्ननिमार्ण गर्दै मुलुकले भोगिरहेको शासकीय अस्थिरता, संवैधानिक र संसदीय अस्थिरताको अन्त्यका लागि पनि कम्युनिष्ट वामपन्थी शक्तिहरु विच एकता अनिवार्य भएको छ । वामपन्थीहरुको घर झगडाका कारण हामी नीतिविहिरताको सिकार मात्र भएका छैनौ तत्कालिन शक्ति सन्तुलन कमजोर हुँदा विशेषत कार्यनीतिक उद्देश्यमा पनि चुक्दै गएका सत्यताहरु हाम्रो सामु छर्लङ्गै भएको छ । घरमा उपिँया पर्यो भन्दैमा घरै आगो लगाउने सस्कार र घमाडले हातमा खरानी लिए विलौना गर्नुको कुनै तुक रहने छैन । वाम आन्दोलनको विराशत माथि फेरिपनि वज्रप्रहार गर्ने हो की ? टुट फुट विभाजनबाट सृजित तथ्यलाई वुभ्mने र आत्मसाथ गर्ने हो । आफुलाई सर्वहारा वर्गको पार्टी भनेर दावी गर्ने मध्यमार्गी परस्तवाद र अवसरवादको संगठीत आधारहरु खडा गर्ने हो ? अब कुनैपनि नेतृत्वले सर्वहारा वर्गको आस्था, विचार, सिद्धान्त र आदर्श माथि राजनीतिक दोहन गर्ने अपराधिक छुट छैन । अब हामी आम वामपन्थीहरु आधुनिक रहस्यवादको भ्रमजालबाट वाहिरीन जरुरी छ । नेतृत्वले इतिहासमा गरेका गलत दृष्टीकोणहरुलाई प्रर्दशनी मार्गमा प्रर्दन गरेर अल्झनु भनेको वामपन्थी इतिहास वर्तमान र भविष्यलाई एकसाथ तिलाञ्जली दिनु हो । आज हामी भित्रको झगडाले दक्षिणपन्थी सक्तीहरु हावी भैरहेका छन् । जनताका एजेण्डा र राष्ट्रको स्वाधिनता दिन प्रतिदिन कमजोर हुँदै गएको देखिन्छ । नेतृत्वको नेतृत्व विहिनताले समाजमा वर्गिय जातिय र क्षेत्रिय सन्तुलनहरु खण्डीत हुँदै भएका छन् । लोकतान्त्रिक गणतन्त्रमा हजारौ फुलहरुको वास्ना हो भन्ने शक्तिहरु कमजोर हुँदै जाँदा लोकतान्त्रिक गणतान्त्रलांई गन्ध हो भन्ने यथास्थितिवादी शक्तिहरुले टाउको उठाउन थालेका छन् । यसलाई परास्त गर्नु अबका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु नेताहरुका भजन मण्डली मात्र हुनु हुँदैन । नेपाल र नेपालीको भाग्य र भविष्य निर्माण गर्न मालेमावादको सार्वभौम विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै द्धन्द्धात्मक भौतिकवादबाट प्रशिक्षित भएका वैज्ञानिक जस्ता देखिनु पर्दछ । उनीहरु आधुनिक विश्वविध्यालयका २१ औ सताब्दी सुहाउँदा विध्यार्थी जस्ता हुनु पर्दछ । सामन्ती पुजीपति वर्ग विरुद्ध सघर्ष गर्दै २१औ सत्ताब्दीको वैज्ञानिक समाजवाद हुँदै आधुनिक साम्यवादको यात्रामा अगाडि वढ्नु सम्पूर्ण वामपन्थी शक्तिहरु एक ढिक्का हुन सक्नुपर्दछ । समाजमा सबै खाले उत्पीडनको अन्त्य गर्दै सामाजिक न्याय, विधिको शासन र कानूनी राज्य स्थापनाका लागि पनि सम्पूर्ण वामपन्थी शक्तिहरुले समाजको दृष्टिकोण निर्माण गर्न सक्नुपर्दछ । जनताको स्तरबाट हेर्ने हो भने नेपालका वामपन्थीहरु जति टुट फुट र विभाजन भएतापनि जनताको विश्वास र वामपन्थीहरु प्रतिको अपार माया र आस्था भएका जो कम्युनिष्ट पार्टीको सदस्य हो । जोे कम्युनिष्ट पार्टी प्रति आस्थावान छ । जो कम्युनिष्ट पार्टीको सदस्य हो । जसले कम्युनिष्ट पार्टी निर्माणमा योगदान गरेको छ  । जो वामपन्थी भविष्य प्रति समर्पित छ । जो लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृड छ । जो विकास र समृद्धिको पक्षमा उभिएको छ । उसले फेरीपनि नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरु एक ठाउँमा आएर वाम एकता गरे र राष्ट्र निर्माणका ऐतिहासिक अभिभाराहरु पुरा गर्नु पर्दछ भन्ने पक्षमा देखिन्छन । तर विडम्बना स्वार्थ, अंहकार र दम्भले शिर देखि पाउँसम्म चुर्लुम डुवेका नेतृत्वहरु भने एकताको पक्षमा देखिदैनन् । फेरी पनि सचेत नेतृत्व वर्गहरु विचलित नभई राष्ट्रको भविष्य र जनताको भाग्य वामपन्थीहरुको हातमा नै छ । यी सबै कार्यभार पूरा गर्नै इमानदारी, कुशल, सक्षम र देशभक्तिपूर्ण नेतृत्व राष्ट्रले खोजेको छ । वामपन्थी ध्रुविकरणका निम्ती पार्टीका दोस्रो तहका नेतृत्वहरु एकताका सुत्रधार भएर उभिन सक्नु पर्दछ । वामपन्थीहरु कमजोर हुँदा नेपालको भुराजनीति विदेशी साम्राज्यवादी शक्ति केन्द्रहरुको क्रिडा स्थल हुँदै गएको छ । इतिहासले दिएको जिम्मेवारी र हाम्रो सन्ततीको भविष्य दुवै जोखिममा पर्न थालेको देखिन्छ । समाजमा सामाजिक अन्तरविरोधले नै नयाँ पात्र र प्रवृतिहरु जन्माउँछ ।
 त्यसको थालनी स्थानिय निवार्चनमा पनि देखियो जसले वालेन र हर्कहरु जन्माईदिएको छ । यसलाई वामपन्थी शक्तिहरुले बुभ्mन र जान्न जरुरी छ । फेरी पनि आम वामपन्थी वृतमा समिक्षात्मक विश्लेसनको खाँचो छ । एउटा सहमतिको ढोका खोल्न जरुरी छ । पुर्नविचारको आँखा खोल्न जरुरी छ । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना जुन उद्देश्यका लागि भयो ठुला–ठूला ससस्त्र र निसस्त्र आन्दोलनहरु जुन उद्देश्यका लागि भए । हजारौ–हजार नेपाल आमाका छोरा छोरीहरुले जुन उद्देश्यका लागि आफ्नो वलिदान गरे । जसले यो परिवर्ननका लागि अंगभङग, अपाङ्ग भए के यो उद्देश्य यहि दिन देख्नका लागि मात्र थियो त ? नेतृत्व भनेको यस्तो हुनुपर्दछ । कि देश मेरो घर हो । जनता मेरा परिवार हुन भन्ने जरुरी छ । घमण्ड र अहंकारकालाई त्याग्दा कमजोर हुँदैन । झन बलियो भइन्छ । फेरी पनि लोकतान्त्रिक गणतन्त्र संविधानको रक्षा समानुपातिक समावेशी र धर्मनिपेक्षताको सम्रक्षण जनताको सार्वभौम सत्ता र स्वधिनता सहितको राष्ट्रिय अखण्डताको पक्षमा लिडर भएर उभिनका निम्ती वाम आन्दोलनलाई एकतावद्ध गर्दै वामपन्थी मोर्चा बनाएर निकट भविष्यमा आइरहेको संघ र प्रदेशको निर्वाचन अगाडि एउटा सहमतीको आधारहरु निर्माण गर्दै अघि वढ्न सक्नु पर्दछ । अन्यथा कोहि कसैले पनि पछुताउने समय हामीले पाउने छैनौ । एकतामै वल छ, टुटेर होइन जुटेर मात्र दक्षिणपन्थी संसोधनवाद र साम्राजवादलाई परास्त गर्न सकिन्छ । वामपन्थी एकताको मर्म र भावना यहि विषयबाट प्रेरित भएको देखिन्छ । 
लेखक नेकपा (माओवादी केन्द्र)का वागमती प्रदेश सचिवालय सदस्य हुनुहुन्छ ।