2019 January 19/ 08:59: 39pm

समयकुमार रम्तेल 

नवशिशुको जन्मले कोही कसैको मान, पद दर्जा र नातामा प्रोमसन भएर बा—आमा, बजु बजैका साइनोमा पुग्दारहेछन् । अनि कोही आमा त कोही छोरा, कोही मामा भने केही भान्जा । यस्तै—यस्तै एक शिशु जसले धेरै नाता,साइनो, बढाइ र नव परमेश्वरीय प्रतिरुप पनि सगँसगै ल्याएको हुन्छ । जन्मिएको शुभखवर फोन,पत्र, एस.एम.एस.,इमेल र मुखले दिन नपाउदै बधाई र उपहार ढोकैमा आउँदा झन आश्चर्य र खुशी लाग्छ । साच्चै भनेको, सबैको ओठमा मोनालिसाको मुस्कान छाइरहेको प्रष्टै देखिन्छ । यही त हो जन्मको दिन जहाँ खुशी, आनन्द र बधाईको गितले खुट्टा समेत हावामा उडेको भान हुन्छ । यो खुशी पनि कस्तो–कस्तो हाँस्दाहाँस्दै नयाँ हाँसो शुरु भए जस्तो । अस्ताइसकेको घाम पनि ख्रीष्टको जन्मले फेरी घाम उदाए जस्तो । 

सामान्य अर्थमा ख्रीष्टको जन्मदिनलाई क्रिसमस भनिन्छ । क्रिसमसलाई विशेष गरी वडादिन, जन्मदिवस, नयाँ दिन र जन्मउत्सवको दिन भनेर पनि सम्वोधन गरीन्छ । यो डिसेम्वर २५ तारिख अथवा पौष १० गते हरेक बर्ष हर्षउल्लासका साथ सारा संसारभरि इसाई समाजहरूमा अतिनै शान्त, प्रेमिलो वातावरणमा मनाइने उत्सव हो । क्रिसमस एउटा पृथक किसिमले पनि यो महान चाड मनाइन्छ । परमेश्वरको एक मात्र पुत्र येशूख्रीष्ट हुनुहुन्छ । उही महान व्यक्तिको जन्मदिनलाई सम्झेर महिनौ दिनदेखि लामो समय सम्म क्रिसमस ट्री, उपहार र कार्डहरू बजारमा विक्रीवितरणको साथै सजाउने गरेको पाइन्छ । येशूको जन्म सम्वन्धि फिल्म,नाटक, नृत्य र शुभसन्देश सुनाएर खुशी भइ मिठो–मिठो खाना खाने गरिन्छ । यस दिनमा बालबालिकाको लागि सेता सुनौला र आकर्षक पहिरहन र टोपी खेलौना, उपहार साथै आशिष्को लागि परमेश्वरसँग प्रार्थना गरिन्छ । यसको प्रतिउत्तरमा नानीहरूले पनि विभिन्न आकर्षणयुक्त प्रतिभा प्रर्दशन गरेर जन्मदिवसलाई रमझम थप्ने काम गर्दछन् । एउटा भनाई छ “यो दिन सबै जना खुशी हुनुपर्छ किनभने यो विश्वले पनि आफ्नो हाँसो थाम्न नसकेर तिमीलाई पैचो दिदै छ । वास्तवमा क्रिसमस जसरी मनाए पनि हाल शहरी क्षेत्रमा ख्रीष्ट र क्रिसमसका अर्थ थाहा नपाउनेहरूले मैनवत्ती निभाएर, केक काटेर, युवायुवतीको हातै पिच्छे वियरको वोतल लिएर होटल र रेष्टुराँका रंगिन साँझको शारिरीक वासनामा डुबेर , व्यभिचारका थुप्रै लक्ष्मणरेखा कोरेर, अर्धनग्न पारदर्शी पहिरहनमा गाना र डिस्कोमा रक्सिले मातेर अन्त्यमा झैझगडा, होहल्ला मच्चाउदै मोटरबाइक र कारहरूमा युवाको जोस रक्सीको रोहसमा वेपत्तासँग हाँक्दै कति प्रायले क्रिसमस मनाउछन् । तर यो त क्रिसमसको नाममा विकृति र छाडा प्रविति फैलिएको मात्र हो । बाइबलमा यशैया र मिका अगमबक्ताले “ख्रीष्ट एक कन्याबाट, यहुदाको कुलमा र इस्राएल देशको वेतलेहेम भन्ने ठाउँमा जन्मनुहुने । ” भन्ने भविश्यवाणी उहाँ जन्मनु भन्दा ७०० बर्ष अगाडी भनेको कुरा पूराभयो । येशूको जन्म यसरी भयो । मरियम भन्ने कन्या केटी पवित्रआत्माद्धारा गर्भवती भएकी थिइन् । युसुफलाई परमेश्वरको दूतले दर्शनमा यसरी भने कन्या मरियमबाट जन्मनुहुने उहाँ पवित्र आत्माबाटकै हुनुहुन्छ — तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाम येशू राख्नेछौं । यसरी हेरोद राजाको समयमा यहुदीया प्रान्तको वेतलेहेम गाउँमा येशू जन्मनुहुँदा दूतले गोठालोलाई समेत शुभखवर दिए । त्यस्तै गरी पूर्वबाट यरुशलेम हुदै ७०० बर्ष पहिला भनेको कुराको प्रतिक्षा गरीरहेका ज्योतिषीहरूले आकाशमा एउटा चम्किलो तारा देखे । त्यही तारा बालक येशूख्रीष्ट जन्मिएको ठाउँमा पुगेर अडियो । ज्योतिषीहरू हर्षले रमाए र घर भित्र पसेर तिनीहरूले येशूलाई घोप्टो परेर दण्डवत गरे । अनि आफ्ना कन्तुर खोलेर बालक येशूलाई सुन, धुप र मूर्रको उपहार चढाए । आज भन्दा २०१५ बर्ष अघि देखि वा त्यहि दिनदेखि ई.स.वा क्रिसमसको शुरु भयो । येशू ख्रीष्ट सारा मानव जातिको मुक्तिदाता हुनुहुन्छ । किनकी उहाँ वित्रान र प्रकृतिको सिद्यान्त अनुसार मानविय सहवासबाट जन्मनुभएन । उहाँ त केवल पवित्र आत्माबाट कन्या मरियमबाट जन्मनु भयो । कन्याबाट जन्मने कुरा सयौ बर्ष अघिदेखि भविश्यवाणी भएको थियो र सोही अनुरुप एतिहासिक रुपमा नै पूरा पनि भयो । कन्याद्धारा जन्मनुको उद्देश्य चाहिँ यही हो की । परमेश्वरलाई प्रकट गर्नु , मानिस र परमेश्वरको विचको खाल्डोमा साँघु बन्न, मानिसलाई बचाउन र उद्धार गर्नुको साथसाथै उहाँ मानिस हुनुहुन्थ्यो तर पापी मानिस भने होइन । प्राकृतिक रुपमा जन्मेका कुनै पनि मानिसमा पापलिएर जन्मेका हुन्छन् । तर येशू भने पवित्र आत्माद्धारा जन्मुभएको थियो । त्यसैले त परमेश्वर मानविय ज्ञान र बैज्ञानिक शक्तिले सिमा लगाउन सक्दैन । 

क्रिसमसको शुरु 
इज्राएल देशको यरुशलेम शहरको बेथलहेम गाउँमा ईसा पूर्व ०४ मा येशूको जन्म भएको थियो । सोही दिनदेखि क्रिसमस शुरुभएको हो ।  सामान्य अर्थमा ख्रीष्टको जन्मदिनलाई बडा दिन अर्थात क्रिसमस भनिन्छ । क्रिसमसलाई विशेष गरी वडादिन, जन्मदिवस, नयाँ दिन र जन्मउत्सवको दिन भनेर पनि सम्वोधन गरीन्छ । क्रिसमस र नवबर्षको सवभन्दा बहुमूल्य उपहार येशू स्वयम हुनुहुन्छ । गोठालाहरूले येशूलाई गोठमा दर्शनभेट गर्न आएका थिए । ज्योतिषीहरू कति जना थिए भन्नेकुरा यकिन नभएपनि उनीहरूले येशूलाई गोठमा नभइ घरमा दर्शन भेट गरेका थिए । उनीहरूले भने सुन, धुप र मुर्र भेटी चढाँए र स्वर्गदूतहरूबाट शान्तिका गीत गाउँदै मनाएका थिए । हुनत क्रिसमस येशूख्रीष्टको जन्म देखि नै शुरु भएता पनि विश्वभर भने क्रिसमस मनाउने चलन विभिन्न समयका व्यक्तिहरूले गरेकाथिए । सन् २७४ को डिसेम्बर २५ मा रोमी सम्राट औरेलियनले सूर्य जन्मेको दिन मनाउनु पर्छ भनी घोषणा गरेका थिए । सन् ३२० को डिसेम्बर २५ मा पोप जुलियस प्रथमले ख्रीष्टको जन्मदिन मनाउनुपर्छ भनेर सर्वप्रथम आवाज उठाएका थिए । सन् ३२५ को डिसेम्बर २५ मा रोमी सम्राट कन्स्टन्टाइन्ले ख्रीष्टको जन्म दिन मनाउनुपर्छ भनी आरम्भ गरेका थिए । उनी रोमी सम्राटहरूमा पहिलो ख्रीष्टियन थिए । सन् ३५४ को डिसेम्बर २५ मा रोमको विशप लाइबेरियसले ख्रीष्टको जन्म दिन मनाउनु पर्ने व्यवस्था बनाएका थिए ।

क्रिसमस ट्रि को चलन 
क्रिसमस रुखको सुरुवात जर्मनी देशबाट भएको हो । मध्यकालमा क्रिसमस रुखमा स्याउ झुण्ड्याएर आदम र हव्वाको नाटक देखाउँथे । सनोवर रुख ९ँष्च तचभभ० सधै हरियो हुने भएकाले स्वर्गको रुख ९ एबचबमष्कभ तचभभ० पनि भनिन्थ्यो, जुन अदनको बगैचाको चिन्हको रुपमा लिइन्थ्यो । जर्मनीहरूले डिसेम्बर २४ को दिन आदम र हव्वाको चाड स्वरुप आ–आफ्नो घरमा सनोवर रुख सजाउँथे । क्रिसमसको समयमा उनीहरूले काठको तीनकुने पिरामिड आकार बनाइ क्रिसमसका वस्तुहरू जस्तै ताराहरू, चकलेट आदिले सजाउँथे । १६ औ शताब्दीमा क्रिसमसको पिरामिड आकार र सनोवर रुख एकै ठाउँमा मिसाएर क्रिसमस रुख ९ ऋजचष्कतmबक तचभभ० बनाइ सजाउने चलन आयो । यो चलन जर्मनीहरूको बीचमा निकै प्रख्यात भयो । १९ औ शताब्दीको शुरुमा क्रिसमस रुख को चलन बेलायतमा पनि फैलियो र साथै अमेरिकामा पनि फैलियो । १९ औ  शताब्दीको अन्त्य देखि २० औ शताब्दीको शुरुमा पश्चिमी मिशिनेरीहरूद्धारा चीन र जापानमा पनि क्रिसमस रुखको चलन भित्र्याइयो र अहिले २१ औ शताब्दीमा आएर नेपालमा भित्री सकेको छ । विश्वमा सबभन्दा बढी क्यानडामा क्रिसमस रुखको कारोबार हुन्छ । यदि हामीले क्रिसमसको समयमा क्रिसमस रुख राख्न चाहन्छौ भने यो सजावटको निम्ति मात्र हुनुपर्छ । यसलाई सजावट भन्दा बढी मान्यता दिइनु हुदैन र यो सबै इसाईहरूले सजाउनु नै पर्छ भन्ने पनि छैन । 

सान्ता क्लज ९ क्बलतब ऋबिगक० 
सान्ता क्लजको शुरुवात माइरा ९ ःथचब ० अहिलेको टर्की का विशप सन्त निकोलस ९ क्त। ल्ष्अजयबिक० बाट भएको मानिन्छ । उनी करिब चौथो शताब्दी अथवा ( सन् २७० – ३१०) का ४० बर्षका मानिस थिए जो प्रायः रातको समयमा दुःखी र गरिब केटाकेटीहरूलाई उपहारहरू बाँड्न जान्थे भनिन्छ । उनको मृत्यु पछि उनलाई माइरा, टर्कीमा गाडियो । तर सन् १०८७ मा उनको अस्तु इटालीबाट व्यापारीहरूले माइराबाट चोरेर इटालीमा ल्याए , जसले गर्दा उनको ख्याती युरोप भरी फैलियो । युरोपका धेरै क्याथोलिक मण्डलीहरूले उनलाई सन्तको आदर दिई उनकै नाउमा कैयौ मण्डलीहरू स्थापना गरे । यसैक्रममा सन्त निकोलस सम्वन्धि कयौ दन्त्य कथाहरू प्नि सिर्जना गरे । सन्त निकोलस जो सबैभन्दा कम १७ बर्ष के उमेरमा विशप बनेका थिए । १६ औ शताब्दीको सुधारको समयपछि सबै प्रोटेस्टेन्ट मण्डली भएको देशहरूबाट सन्त निकोलसको कथा हराएर गए पनि होल्याण्डमा भने सिन्टरक्लास ९ क्ष्लतभचपबिबक ० को नाममा कायम नै रहयो । सन्त निकोलसलाई डचहरूले १७ औ शताब्दीमा कथा आफ्नो नयाँ उपनिवेश न्यू आम्सटर्डम ल्भध ब्mकतभचमबm अहिलको न्यू योर्क ९ ल्भध थ्यचप ० मा पनि सँगै लिएर गए । सन् १८७० मा अमेरिकी चित्रकार ( कार्टुनिष्ट) थोमस नाष्टले पहिलो पटक क्रिसमस बाजेको नक्सा उतारेका थिए । क्रिसमस बाजेलाई बेलायतमा फादर क्रिसमस, अमेरिकामा सान्ता क्लज र फ्रान्समा पेरे नोएल भनिन्छ ।  त्यहाँ सिन्टरक्लास का कथालाई खराब बालकलाई दण्ड र असल बालकलाई उपहार दिने व्यक्तिको दन्त्यकथामा परिणत गरे । परिणाम स्वरुप अमेरिकामा सिन्टरक्लास सान्ता क्लजको नाममा परिणत भई प्रख्यात भयो र अहिले त्यहाँबाट अरु देशहरूतिर फैलिदै नेपालमा समेत आइपुगिसकेको छ । तर येशूको भूमिकालाई चर्चापरिचर्चा गर्न छोडेर ऐतिहासिक रुपले आधिकारिक पुष्टि नभएका सान्ता क्लज वा सन्त निकोलसलाई प्राथमिकता दिनु चाहिँ मुनासिप हुदैन । क्रिसमसमा येशूप्रभुलाई नै बढी प्राथमिकता दिनु र उहाँलाई प्रत्येक मनमा जन्मदिनु चाहिँ बडो आनन्दको सन्देश हो । 

क्रिसमस सम्वन्धि केही तथ्य र सामान्य ज्ञान
–    क्रिसमस बाजेलाई बेलायतमा फादर क्रिसमस, अमेरिकामा सान्ता क्लज र फ्रान्समा पेरे नोएल भनिन्छ ।
–    क्रिसमस हुलाक टिकट ः विश्वमा नै पहिलो पटक सन् १९३७ मा क्रिसमसको विषयलाई लिएर हुलाक टिकट ९ क्तबmउ ० छपाउने देश अष्ट्रिया ९ ब्गकतचष्ब ० हो । 
–    विश्वमा सबभन्दा बढी क्यानडामा क्रिसमस रुखको कारोबार हुन्छ । 
–    क्रिसमस लाइट (बत्ती) को सवप्रथम पत्तालगाउने वा बनाउने व्यक्ति अमेरिकाका राल्फा इ मोरिस हुन् । 
–    विश्वको सवभन्दा ठूलो क्रिसमस ट्रि किङ्ग क्यानयोन नेश्नल पार्क, क्यालिफोर्निया मा रहेको छ । 
–    येशूको जन्मको त्यो समयमा पूर्वका ज्ञानी मानिस अर्थात ज्योतिषीहरूले आकाशमा चम्किलो तारालाई पछ्याउदै आएका थिए । त्यसैकारण धेरै जसो इसाईहरूको क्रिसमस ट्रि , घर र चर्चहरूमा चम्किलो ताराहरू झुण्डाउने चलन रहेको छ ।  

पहिलो क्रिसमस कार्ड 
विश्वमा नै पहिलो पटक क्रिसमस कार्डको विक्री वितरण सन् १८४३ सालमा भएको थियो । त्यस समय १००० प्रति कार्डहरू छापिएका थिए । त्यस कार्डको डिजाइन जोन कलकटले गरेका थिए । वास्तवमा उनले कार्डलाई विक्री वितरणमा ल्याउन तीन बर्ष अघि अर्थात १८४० मा नै डिजाइन गरिसकेका थिए । तर हाल विश्व बजारमा विभिन्न आकार प्रकारहरूमा कार्डहरू पाइन्छ । 

ख्रीष्ट जन्मनुको अर्थ प्रगाढ छ त्यति नै क्रिसमस दिवसको महत्व पनि रहेको छ । हामी येशूको जन्म जयन्ती भन्दैनौ किनकी मरेकाहरूको मात्र जयन्ती मनाउछौंैं । तर येशूख्रीष्टको जन्मदिवस मनाउछौं कारण उहाँ आज पनि जिवित नै हुनुहुन्छ । ईश्वी पूर्व र ईश्वी संवतको वोर्डरको प्रतिक जनाउन ख्रीष्टको जन्म भएको हो । विश्वको केन्द्रविन्दुको रुपमा परिचित इज्राइएल देशमा जन्मिएर संसारलाई ज्योति प्रदान गर्न, पापीलाई वचाउन, शान्तिको बाटो देखाउनको लागि मात्रै नभएर तपाईको सुन्दर जीवनलाई अझ सुन्दर बनाई हरेक दिन क्रिसमसको खुशी, रमझम र आनन्द दिनको लागि ख्रीष्टको जन्म भएको हो । भन्दै क्रिसमस तथा नवबर्ष सन् २०१९ सालको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।