2026 April 21/ 05:43: 25pm

२०५२ साल फागुण ७ गते जुन दिन नेपालमा एकतन्त्रीय राणाशासनको अन्त्य भएको ऐतिहासिक प्रजातन्त्र दिवसको रुपमा मान्ने परम्परा बसेको दिन हो । जुन वर्ष प्रजातन्त्र दिवसको ४५ औँ वर्षमा प्रवेशको रुपमा मान्ने गरिन्थ्यो । तर यहि वर्ष हो तत्कालीन राष्ट्रिय जनमोर्चाबाट पनि विभाजित भै प्रचण्ड+बाबुराम नेतृत्वको एउटा समूह जनमोर्चालाई नाम परिवर्तन गरि नेकपा माओवादीको नामबाट कथित सशस्त्र जनयुद्धको नाममा नेपाल जस्तो शान्तिपृय देशमा निर्दोष मानिसहरूलाई समेत जबरजस्ती युद्ध अपराधी अर्थात् तत्कालिन शाही सरकारको सुराकि हत्या गर्ने काम गरियो । २४० वर्षदेखी परम्परागत राजसंस्थाको रुपमा कायम रहेको एकतन्त्रीय शाही शासनको अन्त्य गर्ने उद्घोष गर्दै कथित जनयुद्धमा होमेको नेकपा माओवादी १७ हजार भन्दा बढी मानिसको हत्या गरेर÷गर्न लगाएर २०६२ को माघमा गएर १२ बुँदे सम्झौता मार्फत नेकपा माओवादीको कथित जनयुद्धले विश्राम गर्ने अवसर पायो ।
अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादको चर्को विरोध गर्दै नेपालमा संस्थागत अर्थात परम्परागत रुपमा जरा गाडेर निर्दलीय प्रजातान्त्रिक ब्यवस्थाको रुपमा चलिरहेको राजाको नेतृत्वको शाही सरकारको बिस्थापित गर्ने घोषित उद्देश्यले अगाडि बढ्दै गरेको जनयुद्ध त्यही बिस्तारवादीको आरोप लगाइएको भारतको काखमा गएर नेकपा एमालेकै पहलमा त्रिपक्षिय/चार पक्षिय शान्तिवार्ताको नामबाट अत्यन्त संकटमा परिरहेको माओवादी द्वन्द्वले आरामको स्वास फेर्ने अवसर पायो । जुन माओवादी स्वयम्को भाषामा जनयुद्ध भएपनि  आम नेपाली नागरिक, बिदेशी राष्ट्रहरू र तत्कालीन शाही सरकारको दृष्टिमा पनि यो जनयुद्ध नभै अपराधिमूलक हिँसात्मक गतिविधी मात्र थियो । र, उक्त युद्धमा जनयुद्धको कुनै लक्षण  थिएन । आम नागरिकहरू यो पक्षमा थिएन । मात्र प्रतिशोधात्मक भावनाले प्रेरित भएको द्वन्द्व बाहेक अरू केही थिएन । तत्कालिन अवस्थामा केही प्रहरी चौकिहरू, आर्मीका टुकडी ब्यारेकहरू र केही सार्वजनिक स्थानहरूमा स्वनिर्मित बमहरू पड्काएर आफ्नै नेपालीहरूलाई मार्न र आतंकित बनाउन सफल भए पनि देश र जनताका लागि कुनै उपलब्धि हुन सकेन । मात्र  कथित माओवादीका केही सीमित नेताहरू जनताको लुटिएको पैसाले सम्भ्रान्त शैलीमा ऐयासको जीवन बिताउने अवसर प्राप्त गरे । सुषुप्त रुपमा अगाडि बढिरहेको भ्रष्टाचार र घुस प्रवितिले डकैत शैलीमा रुपान्तर भए अर्थात् हाकाहाकी प्रोत्साहन पाए । घुसखोर प्रवृत्ति र भ्रष्टाचारलाई निर्मूल गर्ने भन्ने प्रशानिक सुधारको नीति राखेपनी आखिर स्वयम् माओवादीका उच्च नेताहरू र अग्र पंक्तिका कार्यकर्ताहरू नै सबभन्दा भ्रष्ट हुन पुगे । जुन आलिशानका वर्तमान जीवशैलीबाट पनि प्रष्ट हुन्छ । क्याण्टोनमेन्टका लडाकुहरूलाई ब्यवस्थापन गर्ने नाममा नेपाल सरकारबाट १७ अरब रुपैयाँ लिएर क्यान्टोलमेन्टका अयोग्य लडाकुहरूलाई खालिहात घर पठाउनुले यसै कुरालाई पुष्टि गरेको छ । यति मात्र नभै नेकपा माओवादीको भित्री नियत नै देशलाई ठेग्नै नसक्ने आर्थिकभारको योजनाबाट देशलाई आर्थिक कंकाल बनाउने नियत बाहेक देशको उन्नती र प्रगती नचाहेको भन्ने त्यस पार्टीको योजनाले प्रष्ट पारेको छ । नेपाल जस्तो सानो देशमा १३ ओटा प्रदेश सरकारको खाका ल्याउनु, संघीय र प्रदेश संसद् संख्यामा बढिभन्दा बढी राख्नमा ढिपी अडान राख्नु, स्थिर सरकार बनाउनमा भन्दा जहिले पनि सरकारलाई अस्थिर बनाई राख्नमा भूमिका खेल्नु यसका थोरै उदाहरण हुन् । यतिमात्र नभै केपि ओली नेतृत्वको करिब दुइतिहाईको नेकपा सरकार ढाल्न र एमालेलाई फुटाउनमा अहम भूमिका खेल्ने पार्टी पनि यहि पार्टी भएको पनि जग जाहेर नै छ । आफ्नो गुम्दै गएको साःख जोगाउनको लागि अवस्था अनुसार गठबन्धनको खेल खेल्नमा चतुर बन्न पुगेको यो पार्टीको प्रचण्डवादी सिद्धान्तले कतिञ्जेल काम गर्छ हेर्न बाँकी छ । यो स्तम्भकारलाई लाग्छ कि सायद यो गठबन्धन नामको लिप्सा यहि आउँदो स्थानीय निर्वाचनभन्दा टाढा जानेछैन किनभने पद र सत्ताभन्दा देश र जनताको हित गौण भएको सवैमा ऐना झैँ छर्लङ्ग हुन थालेको छ । जब माओवादीको उग्रराष्ट्रवाद हालैको MCC  संसद्बाट ब्याख्यात्मक टिप्पणीको नाटक गरि पास गर्न पुगे यसबाट नेकपा माओवादी केन्द्रको राष्ट्रवाद पनि उदाङ्ग हुन पुगेको छ । अब पनि नेकपा माओवादी भनेर त्यही पार्टीमा रहनु भनेको खुद प्रचण्डको अन्धभक्त समर्थक बाहेक वास्तविक रुपमा देशको उन्नती, प्रगती र जनताको हितमा राजनीतिमा लागेको हो भन्ने कुनै ठाउँ बाँकी रहेन । अब पनी माओवादी केन्द्र भनेर त्यस  पार्टीको कार्यकर्ता र समर्थक बनेर पछि लाग्नु भनेको आफ्नै राजनीतिक भविष्य समाप्त पार्नु बाहेक अरू कुनै उद्देश्य हुन सक्दैन र आम देशप्रेमीहरू त्यो पार्टीमा रहन÷बस्न सक्नेछैन र सुहाउँदैन पनि ।
यध्यपी पहिलो भएको राष्ट्रिय  निर्वाचनमा  माओवादीको लोकप्रियताले भन्दा पनि येनकेन प्रकारेनको विधि अपनाएर भएपनि संसदमा वा देशकै सबभन्दा ठूलो दल बन्न सकिए पनि माओवादीको प्रचण्ड र बाबुराम नेतृत्वको दुई कार्यकालको सरकारले माओवादीको आदर्शको सरकार पनि नाङ्गिन पुग्यो । प्रधान सेनापती, पशुपति प्रमुख पुजारी भट्ट प्रकरण र राष्ट्रपती माथिको ठाडो आक्रमणले एकाएक सत्ताबाट बाहिरिन पुगे पछि माओवादी जन अपेच्छित काम गर्नबाट चुक्न पुग्यो । तत्कालिन अवस्थामा माओवादीको प्रचण्ड सरकार प्रति जनताको अनगिन्ती अपेक्षाहरू थियो । तर जनताको यो इच्छा आकांक्षा पूरा गर्नतिर लाग्नुको सट्टा सत्ता प्राप्तिको उन्माद चढ्न पुग्नाले एकातिर सरकार संचालनमा स्वेच्छाचारिता आउनुको साथै आम जन सरोकारको क्षेत्रहरूमा व्यापक भ्रष्टाचारले स्थान लिन पुग्यो।जसले दशवर्षीय जनयुद्धको आदर्शलाई नाङ्गो बनाउन पुग्यो । भ्रष्टाचार, सुशासन कायम गर्ने र जनताहरूलाई दुःखबाट मुक्त गर्ने भन्ने कुरा फगत सपनामा रुपान्तर भया । आफूलाई जनताप्रति बिश्वास दिलाउने काम गर्नमा भन्दा अरु दललाई कसरी कमजोर बनाउन सकिन्छ भन्नेमा मात्र ध्यान केन्दृत ग-यो । माओवादी केन्द्रको जनयुद्धकालिन आदर्श र आर्थिक समानता, सामाजिक असामानताको अन्त्य जस्तो कुराहरू  स्वयम् प्रचण्डको ६ महिने शासनकाल र बाबुरामको ६ महिने शासन कालले माओवादी जनयुद्ध कालको सबै सिद्धान्तहरूकाई नाङ्गै पार्ने काम ग¥यो । यसरी एकपछि अर्को लगातार रुपमा गर्दै आएको ठिक उल्टो कार्यहरूबाट पनि नेकपा माओवादीले देशमा वा जनताका पक्षमा केही गर्लान् भनी आशा गर्नु यो भन्दा मूर्ख को हुन सक्ला? अबपनि प्रचण्डको माओवादीबाट केही हुन्छ, गर्छ भनी सोचिएको छ, आशावादीमा रहेकोछ भने यो भ्रमबाट मुक्त हुन आवश्यक छ । २०५२ को जनयुद्धको प्रारम्भिक अवस्था देखिनै राजसंस्थाभन्दा एक कदम अगाडि राखेर शत्रु घोषित गर्दै आएका अमेरिकाप्रतिको विरोध के हो र केका लागि भन्ने कुरा पनि छर्लङिएको छ । सडकमा आफ्नै कार्यकर्तालाई उग्र र अराजक शैलीमा उतारेर MCC बिरुद्धमा चर्को नारा लगाउन लगाउँदै तोडफोडमा समेत अग्रणी भुमिका निर्वाह गर्न पुगेकाहरू एकाएक किन MCC का पक्षमा उभिन पुगे कारण स्पष्ट भएको छ ।
खासगरी MCC को बिरुद्धमा जाने या समर्थन गरेर अघि बढ्ने भन्ने गम्भीर संकटबाट तत्काललाई MCC लाई केही ब्याख्यात्मक टिप्पणीको नामबाट अनुमोदन गरेर सत्ता गठबन्धन टिकाउन पुगेपनी समग्र राष्ट्रवादी, देशभक्त जनताहरूबाट भने नराम्ररी नाङ्गिन पुगेको छ ।
प्रष्ट रुपमा भन्नुपर्दा प्रचण्डको समूहको यो पार्टीलाई नेकपा माओवादी केन्द्र भनेर राख्नु वा नेकपाको फुर्को जोड्नुको कुनै अर्थ छैन । जब पार्टीका केही शीर्ष नेताहरूमा बिचार स्वार्थ बाझिएर आफ्नै पार्टीको सरकार ढालेर दक्षिणपन्थी राज नीतिक दलका नेता शेरबहादुर देउवालाई प्रधान मन्त्री बन्दिन गोडा ढोग्न पुगे र सर्बोच्चको सहारामा प्रधानमन्त्री समेत बनाए यहिबाट प्रचण्ड नेतृत्वको पार्टी र एमालेबाटै चोइटिएर बनेको माधव नेपाल समूहको नेकपा “एस” पार्टी  मात्र “कम्युनिष्ट” फुर्को बाहेक कम्युनिष्ट भन्न सुहाउने अलिकति पनि गुण बाँकी रहेन । र, जनता अब यो भ्रमबाट मुक्त हुन जरुरी छ कि अब यी पार्टीहरूले कम्युनिष्टको आदर्ष र सिद्धान्त अनुसार नेपाली जनताहरूलाई शासनको अनुभूति दिनसक्ने अवस्थाबाट चुकी सकेका छन् । अबको केही वर्षमै नेपाली काँग्रेसमा बिलय हुन वा आफ्नो पार्टीको “कम्युनिष्ट” फुर्को हटाएर अरु कुनै नाम दिएर अघि नबढ्लान् भन्न सकिन्न, जस्तो बाबुराम भट्टराई मधेशवादी दलमा मिसिन पुगेर कम्युनिष्टको धार बदलेर समाप्त हुन पुगे जस्तै प्रचण्डको पार्टी पनि नाम फेरेर अब कुनै पार्टीमा जान बेर छैन । साँच्ची भन्नु पर्दा नेपाली काँग्रेसमै बिलय हुन बलियो सम्भावना देखिँदै छ । प्रचण्ड माधव समुहको पार्टीको नेताहरूको कृयाकलापबाट यहि प्रष्ट हुन्छ । यसैले पनि प्रचण्ड माधवको भ्रममा परेर उक्त समूहमा लागेकाहरू यो भ्रमबाट सिघ्र मुक्त हुन आवश्यक छ । उनीहरूले कम्युनिष्टको नाममा जनतालाई झुक्क्याईरहेछन् भनी जान्न आवश्यक छ । र, यी पार्टीहरूलाई सत्ता र पदलोलुपका झुन्ड मात्रै हुन भनी चिन्न सकेमा काफी हुन्छ । नत्रभने देशप्रति साँच्चिकै जिम्मेवारी हुँदो हो त अघिल्लो दिनसम्म ज्यान गए जाला MCC यथास्थितिमा पास गर्न दिनौँ भनेर आफ्ना कार्यकर्ताहरूलाई सडकमा उतारेर आफै सम्मिलित सरकारको प्रहरीबाट कुटाई खुवाउन पुगेकाहरू माधव समूहको १४ जना साँसद पद र प्रचन्डको सभामुख अग्नि सापकोटाको पद जाने निश्चित भएपछि ब्याख्यात्मक टिप्पणीको नाममा ध्वनी मतले पारित गर्न पुग्नुलाई के भन्ने? कुरा प्रष्टछ कि आफूहरूको र आफ्ना सभामुखको पद चट हुने देखिए पछि कम्युनिष्टको जन्मकालदेखी नै साम्राज्यवादी देख्दै आएको अमेरिका र बिस्तारवादी हुँदै आएको भारत पनि रातारात घनिष्ट सहयोगी मित्रराष्ट्र हुन पुग्दो रहेछ । बरु कम्युनिष्ट सिद्धान्तैबाट च्युत भैसकेका बाबुराम भट्टराइले सुरुवातदेखि नै MCC सम्झौताका बुँदाहरू जतिसुकै राष्ट्रघाती भएपनी समर्थन गर्दै यो सहयोग गुमाउनु हुँदैन, अहिलेसम्मकै सबभन्दा ठूलो राशीको सहयोग लिनुपर्छ, यो सहयोग नलिएमा वा गुमाउनु पुगेमा अमेरिकी सरकार समेतका पश्चिमा राष्ट्रहरूबाट प्राप्त हुने सहयो नदिन सक्छ, यसभित्रका सर्तहरूबाट हामी डराउनु पर्दैन भन्ने जस्ता हुबहु समर्थन गर्न पुगेका बाबुरामको मुख भित्रको जिब्रो अहिले आएर एउटै मात्र देख्न सकिन्छ । १० वर्षे द्वन्द्वकालमा आफ्ना कार्यकर्ता र जनताहरूलाई जे जस्तो भनेर अमेरिकालाई हेर्ने दृष्टिकोणमा शत्रुराष्टको संज्ञा दिएर कथित जनयुद्धको नाममा १७ हजार नागरिकलाई विभिन्न किसिमले सिकार बनाए पनि MCC को पूर्ण समर्थक बन्न पुगेकोमा केही भन्ने ठाउँ छैन । मात्र यिनीहरूले १० वर्षे हिँसात्मक युद्ध केका लागि लडे, लडाए ? भन्ने कुरा हालको कृयाकलापबाट प्रष्ट हुन पुगेको छ ।
गएको वर्ष सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीको हैसियतले MCC संसदमा दर्ता गराएर छलफलका लागि टेवुल गरौँ र चित्त नबुझे, देशघाती जस्तो लागे संसदबाटै फेल गरौँ न भन्दा आफूहरू कटर राष्ट्रवादी भएको देखाउन नेकपा माओवादी नामको एक समूह र एमाले भित्रकै केही ब्यक्तिहरू देशभक्तिको पगरी गुथ्न र केपि ओली राष्ट्रघाती सावित गर्न न्वारानदेखिको शक्ति लगाए । जसले संसदमा टेवुल गर्नबाटै रोक्ने काम ग¥यो माओवादी नामको पार्टी र उसका निजी सभामुखले । यो MCC को मुद्दाबाट गतवर्ष नै पार लाग्ने थियो । तर यसलाई संसद्मा र आम नागरिकमा विवादको बिषय बनाएर निरर्थक रुपमा गिजोल्याउने काम मात्र गरिरह्यो ।  र, आखिरमा माओवादी र माधव नेपालको “एस” को कथित राष्ट्रवाद नाटकीय रुपमा उदाङ्गो भएर समाप्त हुने अवस्थामा आइ पुगेकोछ ।
यसो त  करिव करिब दुइतिहाईको कम्युनिष्ट सरकार ढालेर कथित जनयुद्धमा जान बाध्यबनाउने उनै देउवा  र टाउकोको मूल्य १० लाख तोक्ने उनै देउवाको शरण पर्न पाएकोमा गद्गद् हुन पुगेका प्रचण्ड कमरेड र माकुने कमरेडको लागि यो भन्दा खुशीको दिन अब कहिले आउला र ! यति मात्र नभै एउटै कोखको दाजु भाइमा आफ्नै सहोदर दाजुभाइ नै घोर शत्रु कायम भए जस्तै प्रचण्ड+माधवको लागि सबभन्दा ठूलो शत्रु एमाले भएको छ भने नेपाली कांग्रेस सबभन्दा प्यारो पार्टी बन्नपुगेको छ । यहि काँग्रेसलाई नै आफ्नो अभिभावकत्व मानेर आगामी तीनै तहको निर्वाचनसम्म गठबन्धनको गाँठो बनाएर जाने योजनामा रहेको छ । यसको अर्थ हो उनिहरूप्रति जनताको विश्वास छैन र एक्लाएक्लै चुनावमा गएको अवस्थामा भ्याकुमले बढारे झै नेपाली जनताले बढार्ने छ भन्ने डरले नै हो भन्ने कुरा अब लुकाउनु पर्ने अवस्था छैन ।