2021 June 13/ 03:04: 20am

- माधव प्रसाद पन्त

हजुर/आमाबुबा, दिदीबहिनी र दाजुभाइ
यसै लेखमार्फत अनुरोध गरेँ सबैलाई ।।
वातावरण संरक्षणमा सबैले पु-याऔँ ध्यान
यसको अभावमा हुँदैन हाम्रो स्वस्थ ज्यान ।।
    प्राचीन कालबाट २१ औँ शताब्दीसम्म आइपुग्ने दौरानमा मानव सभ्यता र विकासले धेरै नै फड्को मारेको छ । आजको दिनमा आइपुग्दा संसारले व्यापारमा विविधीकरण, अत्याधुनिक औजार र उपकरणको विकास, भौतिक पूर्वाधार र संरचनाको निर्माण तथा आर्थिक विकासका साथै आणविक हातहतियारको समेत विकास गरेको छ । तिव्र रुपमा बढीरहेको औद्योगिकरण तथा सहरकिरण, फोहोरमैलाको उचित व्यवस्थापनको अभाव, उच्च जनसंख्या बृद्धिबाट उत्सर्जित फोहोरको कारण वातावरण अत्यन्त प्रदुषित भएको छ । प्राकृतिक सम्पदाको अनियन्त्रित दोहनले प्रकृतिको स्वरुपलाई कुरुप बनाएको छ । हरित गृह प्रभाव, जलवायु परिवर्तन, स्टोन क्यान्सर, आणविक हिउँद, मरुभूमिकरण वातावरणको संरक्षणको अभावमा देखिएका केही नकरात्मक असरहरु हुन । वातावरण विद्का अनुसार वातावरण संरक्षणमा ध्यान दिन अझै पनि ढिलाई हुने हो भने विश्वबाट मानवीय प्रणाली नै लोप हुन सक्ने जोखिम रहेको छ । 
    वातावरण पृथ्वीमा रहेका सम्पूर्ण जीवित तथा निर्जीव वस्तुहरुको सन्तुलित अन्तरसम्बन्ध हो । वातावरणले ब्रम्हाण्डका प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलाप र ती अवयवबीचको अन्तरसम्बन्धलाई समेट्छ । मानव लगाएत सम्पूर्ण जीवित प्राणीको अस्तित्व वातावरणमा अडिएको छ । तथापी मानिसले विकासको होडवाजीमा प्राकृतिक वातावरणको चरम शोषण गरी आफ्नै अस्तित्व संकटको जोखिम लिएको छ । लामो समयसम्म विश्व समुदाययले वातावरणीय पक्षमा ध्यान पु¥याउन नसकेपनि सन् १९७१ मा आयोजना भएको हेलसिन्की सम्मलेन र ५ जुन १९७२ मा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (ग्ल्भ्ए) को स्थापना पश्चात् वातावरण संरक्षणको अवधारणा अगाडि आएको हो । सन् १९८३ मा नर्वेका तत्कालीन प्रधानमन्त्री हार्लेम ब्रुटल्याण्डको अध्यक्षतामा गठित समितिको हाम्रो साझा भविष्य (इगच ऋयmmयल ँगतगचभ) प्रतिवेदनले विकास दिगो र सन्तुलित हुन वातावरणीय पक्षलाई जोड दिनुपर्ने कुरा उल्लेख गरेकोमा सन् १९९२ मा ब्रालिको रियो द जेनेरियो सम्मेलनमा पारित भएको एजेण्डा २१ र सन् १९९७ मा जारी क्योटो प्रोटोकल पश्चात् विश्व समुदायको ध्यान वातावरण संरक्षणतर्फ आकृष्ट भएको पाइन्छ । 
    प्रकृतिले मानवलाई अति नै सुन्दर वातावरण प्रदान गरेको थियो । यो मनोरम वातावरणमा भावी सन्ततीले पनि रमाउन पाउनुपर्दछ जसका लागि प्राकृतिक वातावरणीय स्रोतहरुलाई जोगाई राख्नु र तीनको मौलिकता नाश हुनबाट बचाउनु वातावरण संरक्षणको अवधारणा हो । प्राकृतिक वातावरणीय स्रोतको प्रयोग गर्दा उचित सावधानी अपनाइनुपर्दछ । प्रकृतिका सम्पूर्ण जीवजन्तु तथा तीनको वासस्थानको संरक्षण गर्नु, प्राकृतिक स्रोत साधनको अनियन्त्रित दोहन रोक्नु, समाजमा विद्यामान संस्कार र सामाजिक प्रणालीलाई जगेर्ना गर्नु समेत वातावरण संरक्षणभित्र पर्दछन् । 
    नेपालमा वातावरण संरक्षणको संस्थागत प्रयासको लागि वि.सं.२०५० सालमा वातावरण संरक्षण परिषद् र वि.संं २०५२ सालमा वातावरण मन्त्रालयको स्थापना गरिएको थियो । नेपालको संविधान २०७२ को धारा ३१(१) ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने, उपधारा २ ले वातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षतिबापत् पीडितलाई  प्रदुषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चितता गरेको छ । यसैगरी वातावरण संरक्षण तथा व्यवस्थापनको लागि संविधानले राष्ट्रिय तथा अन्तराष्ट्रिय वातावरण व्यवस्थापन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा सिमसार क्षेत्र,  राष्ट्रिय वन नीति, कार्वन सेवा, जलस्रोतको संरक्षण, खानी उत्खनन्, भूउपयोग नीति संघको अधिकार सूचीमा राखेको छ । यसैगरी खानी अन्वेषण र व्यवस्थापन, प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग र वातावरण व्यवस्थापन प्रदेशको अधिकार सूचीमा, जलाधार, वन्यजन्तु, खनिज पदार्थको संरक्षण स्थानीय तहको अधिकार सूचीमा साथै वन जँगल, वन्यजन्तु, चराचुरुङ्गी, जलउपयोग, वातावरण पर्यावरण तथा जैविक विविधता संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा संविधानमा नै व्यवस्था गरिएको छ । यसर्थ वातावरण संरक्षण तथा व्यवस्थापनको  लागि तीनै तहको सरकारको साझा पहल र सहकार्य आवश्यक छ । 
    स्वस्च्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको संविधान प्रदत्त मौलिक अधिकारको संरक्षण गर्न वातावरणीय प्रदुषण र ह्रासबाट हुने क्षति बापत् पीडितलाइ प्रदुषकबाट क्षतिपुर्ति उपलब्ध गराउन, वातावरण र विकासबीच सन्तुलन कायम गर्न, प्रकृति वातावरण र जैविक विविधतामा पर्ने प्रतिकुल वातावरणीय प्रभाव न्यूनीकरण गर्न तथा जलवायु परिवर्तनको चुनौती सामना गर्नको लागि नेपालको संघीय संसदले वातावरण संरक्षण ऐन २०७६ जारी गरेको छ । वातावरण संरक्षणको लागि नेपाल सरकारले प्रदेश र स्थानीय तहसँग परामर्श गरी प्राकृतिक सम्पदा वा सौन्दर्य परक स्थल वा ऐतिहासिक वा साँस्कृतिक महत्वका स्थललाई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वातावरण संरक्षण क्षेत्र कायम गर्न सक्ने, निश्चित क्षेत्रलाई खुला वा हरियाली क्षेत्र तोक्न सक्ने, हानिकारक वा जोखिमयुक्त पदार्थ वा फोहोरमैला भण्डारण वा विसर्जन गरिएका स्थान वा अन्य कारणले अत्याधिक वातावरण प्रदुषण भएको स्थललाई वातावरण प्रदुषणयुक्त क्षेत्र तोकी नेपाल सरकारले सर्वसाधारणको आवतजावतमा रोक लागाउन सक्ने समेतका वातावरण संरक्षणसम्बन्धी विषेश व्यवस्था ऐनले गरेको छ । 
    वातावरण संरक्षण बहुपक्षीय, संवेदनशील र पेचिलो विषय हो जसका लागि अल्पकालीन र दीर्घकालीन रुपमा वातावरणमा प्रतिकूल प्रभाव पार्ने विषयको खोज गरी निरोधात्मक, उपचारात्मक, प्रवद्र्धनात्मक उपाय अवलम्बन गर्नुृपर्दछ । यसका लागि कसैको एकल प्रयास भन्दा पनि सरकारी क्षेत्र, गैरसरकारी संघ संस्था तथा समुदाय, निजी क्षेत्रको साझा प्रयास र समन्वयात्मक भूमिका आवश्यक छ । नेपालको वर्तमान परिप्रेक्ष्यमा वातावरण मैत्री विकासको अवधारणालाई ठोस रुपमा आत्मसाथ गरेको कमै पाइन्छ । वातावरण सम्बन्धी ज्ञान भएको जनशक्ति र स्पष्ट नीतिको अभाव र आम जनमानसमा वातावरण संरक्षण्को सचेतनाको अभाव कायमै रहेको छ । विकास निर्माणका कार्य तथा कुनै परियोजना सञ्चालन गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याँकन(भ्लखष्चयलmभलतब िक्ष्mउबअत ब्लबथिकष्क) गरी विकासलाई वातावरण मैत्री बनाउने, अन्तराष्ट्रिय स्तरमा कार्वन व्यापार गर्ने, रासायनिक तथा आणविक हातहतियार र उर्जाको उत्पादनमा रोक लगाउने, तोकिएका मापदण्ड पूरा नगर्ने उद्योग कलकारखाना सवारी साधनको उचित निगरानी गरी आवश्यक कारबाही गर्ने, वनक्षेत्रको संरक्षण गर्ने, प्लास्टिक सिसा लगाएतका नकुहिने वस्तुको उत्पादन र उपभोगमा यथासक्दो कमी ल्याउने, धुवाँरहित उर्जाको खोजी र विकास गर्ने, घरायसी फोहोरमैलाको उचित व्यवस्थापनका उपाय अवलम्बन गरी वातावरण संरक्षण गर्न सकिन्छ । तपाईँ हामी सबैले वातावरण संरक्षण्को लागि आ–आफ्नो क्षेत्रबाट योगदान दिन सकिन्छ । घरायसी फोहोरमैलाको उचित व्यवस्थापन, चाउचाउ, चक्लेट, विस्कुट जस्ता सामानको प्लास्टिक ¥यापर जथाभावी नफाली उचित व्यवस्थापन गर्न सके पनि वातावरण संरक्षणमा टेवा पुग्दछ । बाटोमा हिँड्दा कसैले प्लास्टिक तथा फलपूmलका बोक्राहरु आफ्नो गोजिया झोलामा राख्दा हाँसोमा उडाउने प्रवृत्तिको पनि अन्त गर्नु जरुरी छ ।  
    प्रकृतिले हामीलाई दिएको सुन्दर वातावरणको रसपान हाम्रा सन्ततीले पनि गर्न पाउनुपर्दछ । हामी मानवले गरेका विविध वातावरण विनाशक गतिविविधीले पृथ्वीका अन्य जीव जीवात्माको अस्तित्व लोप हुन र हामी स्वयम्को अस्त्वि संकटमा पार्नुहुँदैन । विकासका गतिविधी, उद्योग कलकारखाना, सवारी साधन सञ्चालन नै नगर्ने भनेको होइन वातावरणीय पक्षलाई ध्यानमा राख्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुपर्दछ । पृथ्वी र प्रकृति सबैको साझा हो भने मावन समुदाय प्राकृतिक वातावरणको एक महत्वपूर्ण अँग हो । वातावरणको संरक्षण तथा सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी पनि हो । हाम्रा अमूल्य प्राकृतिक वातावरणीय स्रोतको संरक्षण गर्दै पृथ्वी र प्रकृतिले धान्न सक्ने क्षमता कायम राख्दै यिनीहरुलाई पुस्तागत हस्तान्तरण गर्र्नु हामी सबैको साझा दायित्व हो । वातावरणको उचित संरक्षण र व्यवस्थापनको अभावमा अब मानवीय अस्तित्व नै संकटमा पर्न सक्ने जोखिमयुक्त अवस्था आइसकेकोले यसका लागि सबैको प्रयास तथा सहकार्य आवश्यक छ । विश्वमा सन् १९७४ र नेपालमा सन् १९७६ सालबाट मनाउन सुरु गरिएको विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षणको लागि हामी के गर्न सक्छौँ भनी सबैले मनन गर्नु जरुरी छ । 
शिक्षक तथा अधिवक्ता 
पाँचखाल न.पा १० काभ्रे ।