2021 June 13/ 01:52: 57am

अधिबक्ता सुदर्शन जोशी “तेजस्वी”
“हारहरुमा हैन जीवन जितहरुमा फुलाउनु पर्छ ।
हामी बाँचेको सुन्दर कहानि भावि पुस्तालाई सुनाउनु पर्छ ।”
म सानो हँुदा पढ्नको लागि विहानको समयमा विद्यालय जानुपर्ने भयो । विहानको समय अलि शितलता बढि नै थियो । पहिलो दिन घरमा जे छ लगाउने लुगा त्यहि लगाएर गए । अलि जाडो भयो । मैले जीवन भनेको जाडो हुने रहेछ भनेर चिने । घरमा आएर आमालाई भने, आमा म पढ्न जाँदा जाडो भयो । हुन्छ भोलि जादा न्यानो लुगा लगाएर जानु पर्दछ भन्नुभयो । अनि मैले जाडो हुँदा न्यानो लुगा लगाउनु पर्ने रहेछ भन्ने जिवनमा थाहा पाए । त्यसैदिन आमाले बजार लिएर जानुभयो । यहाँ आमाले केरा र दूध बेचेको पैसा लिनु छ भनेर पस्नुभयो । केरा र दूध बेचेर पैसा आउँदो रहेछ भन्ने जाने । पैसा पनि देखे । बजारमा पुगि ज्याकेट किन्न लाउनु भयो । न्यानो पनि किन्नुपर्दाे रहेछ भन्ने बुझे । अनि त्यहाँ मोलतोल भयो, आमाले यो उलनको सटले अहिलेको जाडो धान्छ भनेर रोज्नु भयो । मैले किन होला भनेर सोचि रहे । घर फर्कदा आमाले भन्नुभयो मसँग धेरै पैसा नभएकोले ज्याकेट किन्न सकिनँ, अहिले यहि उनको सट लगाउ है बाबु भन्नुभयो । अनि मैले थाहा पाए सोचेजस्तै न्यानो हुनको लागि पनि धन धेरै चाहिदो रहेछ । यसरी जीवन भनेको जाडो हो, गरिबी हो, आमाको माया हो । यसरी जीवन भनेको के हो भनेर बुझ्दै जिउँदा जिउँदै आउँदा अहिले कोरोना कहरले भेरि जिवनको प्रत्येक पल पललाई बुझाईदिएको छ । हुन त हाम्रो समस्या समाधान भएको केही समय पछि नै छिटै विर्सने बानी छ ।
जीवन निरन्तर अनुभव रुपि यात्रा हो भनी बुझ्दा बुझ्दै अहिले भनिरहेको छु जीवन तप हो । जस्ले साधनारुपी तपस्या गर्दछ उसको जीवन मा तेज आउदछ र जीवन नै तेजस्वी बन्दछ । जसलाई एक दिन सबैले ताली बजाउदै सलुट गर्नेछन । त्यहि जीवन नै असल जीवन हो ।  भनिन्छ तपस्याले तेजस्वी उर्जा बढाउछ र सकारात्मक तालमा बजाईएको तालीले आफैलाई हर्सित गराउँछ । त्यहि नै भित्री आनन्दको स्रोत हो ।
बुद्धत्वले भन्दछ अपो दिपो भवः । आफ्नो जीवनको दिप (तेज) आफै बन ।
“जसरी तिलमा तेल छ, अनि कोईलामा आगो !
आफै भित्र छ असल जीवन जाग्न सक्छौ त जागो !“
जीवनलाई महसुस गर्दा यसो पनि भन्न सकिन्छ “जीवनमा जस्ले प्रेम र प्रकाश (तेज)लाई बढाउँदछ उस्को जीवन मा यदि अँध्यारो र घृणा आउदा पनि सजिलै हटाउछ ।“ त्यो कसरी त भन्ने कुरा पनि आउन सक्छ । मानौ या नमानौ आखिर सत्य नै हो जीवन संग स्वस्थ्य रहने, साधना गर्ने र  निरोगि हुने विषय मजवुद रुपमा जोडिएको छ । किनकि जिवनमा आईपर्ने रोगहरु अनेक छन्, व्यथाहरू धेरैछन, यी मात्र नभै जीवन जिउँदा आउने समस्याका पोकाहरु धेरै छन । तर यी सबै पोकाहरुको उपाए खोज्ने यात्रा पनि जीवन नै हो ।
“जीन्दगीको गोरेटोमा जति हिडे पनि !
कहि पनि पुगिएन बित्यो जिन्दगानी !!
हिजो बित्यो आज बित्यो भोलि बित्यो तेसै !
जीवन के हो वुझिएन कपाल फुल्यो तेसै !!“
यस्तो नहोस् सबैले जीवनलाई वेलैमा चिनौ त्यसैले ऋषिहरू भन्नुहुन्छ, योग साधना नै उत्तम जीवन हो । नियमित व्यायाम र प्राणायाम गर्नु नै जीवन जिउने सरल उपाय हो । अर्काे जीवन नियमित रुपमा समय मिलाएर पौष्टिक पथ्य आहार गर्नु हो । भन्न सजिलो छ जिउन गाह्रो छ भन्ने गर्छाै हामी तर छलकपट हिंसा दुष्ट्याईं, कहिं कतै पनि नगरी, नबिराई जिउन सक्ने जीवन नै असल जीवन हो । जीवनको यात्रामा आउन त आउछ नै काम क्रोध, लोभ, मोह किनकि यी त ईन्द्रियका खुराक नै हुन् । यसरी नै हेर्दा जीवनलाई सौच सन्तोष तप स्वध्याय, सदासर्वदा मग्न भई चाहना इच्छा सब फल त्यागी, सत्कर्ममा शरणागत हुनु नै जीवन हो । जीवनमा हामीले जति ऐननियमको पालना गर्छाै त्यति नै अष्टांग योगमार्गि साधक बन्दछौ र बाँच्छौ रमाउछौ स्वस्थ र असल भई । फेरि सचेत भएर होसियार भएर हेर जीवन रुपि मन अति चञ्चल छ । जीवनमा कृयायोगको अभ्यास गर्दै, चञ्चल भएको मनलाई एकाग्रता पैदा गर्नु पर्दछ । यस्तो जीवनको आधार भनेको ध्यान धारणा समाधि हो । यो एउटा असल जीवन पदकों खोजी हो । जहाँ मनुष्यले आफ्नो जीवनलाई अन्तिम लक्ष्य सम्म, निरोगी मात्र नभई स्वस्थ र स्वच्छ समेत भई बाँची जिवनलाई सार्थक बनाउँदछ । सचेतनाको आज्ञा मा यो महसुस गर्न सक्नु पर्दछ कि यौगिक–कर्म, नित्य निरन्तर गर्दै गरि आन्तरिक र वाह्य विद्या ज्ञान र विज्ञानको अनुभव एवं वोध गर्न, निर्विकल्प समभावमा रहि ध्यान गरि जीवन जिउनु पर्दछ ।
असल जिवनका लागि सचेत क्रान्तिका चार विषयः–
१) जीवनलाई असलता सहितको सफलता बनाउनु पर्दछ । किनकि उदाहरणको लागि मानौ चोर पनि चोर्नमा सफल हुन सक्दछ । त्यसैले हाम्रो विवेकलाई उपयोग गरि असलता सहितको सफल जीवन बनाउनुमा लागौ ।
२) हामीले प्रयोग गर्ने शव्दमा सकारात्मकता भयो भने जीवन कृतज्ञ बन्दछ । जस्तै छलफल भनेको छलगरेर फल निकाल्ने भनेको हो । भेटघाट भन्ने शव्दले घाटमा गएर भेट्ने भन्ने अर्थ राख्दछ । त्यसैले छलफलको सट्टा चिन्तनमनन र भेटघाटको सट्टा मंगलमिलन शब्द प्रयोग गरौं । काट्ने शव्दले हिंसालाई जोड दिन्छ, त्यसैले तरकारि काट्ने होईन सुधार्ने भन्ने गरौ ।
३) सत्चित आनन्द वा खुसी भएर जीवन जिउने हाम्रो प्राकृतिक गुण हो । त्यसको लागि सकारात्मक सोचौ है । शक्तिशाली ज्ञानको अभ्यासले आत्माविश्वास जन्माउछ अनि कर्म र सन्तुष्टिले उत्प्रेरणा मिल्दछ ! सफलता खुसी आनन्द प्रत्यकको जन्मसिद्ध अधिकार हो ।
४) जीवनमा लम्बाई भन्दा उचाईको लागि यात्रा गर्नुपर्दछ ।ः– जति समय हामी बाँच्छौ । त्यति समयलाई नै असल, सुन्दर वनाउँछौ भनेर असलताका गुणहरुको सदुपयोग गर्नुपर्दछ ।
 “चलिरहेको छ कोरोनाको कहर !
 बनाऔं करुणाको गाउँ सहर ! ।
अहिले चलिराखेको कोरोनाको कहरलाई हामी सबै मिली यसको कारण खोजी हिंसा रहित, शाकाहारी समाज एवं करुणाको गाउँ सहर बनाउन लाग्नुपर्दछ । त्यसको उपायको लागि प्रयत्न नै असल जीवन बन्ने हो । त्यसैले भन्न सकिन्छ असल जीवन जिउने प्रयासको लागि पल पल पाईला पाईलामा सचेत क्रान्ति–तेज नै जीवनरुपी विश्वविद्यालय हो । जहाँ जे भोग्दछौ त्यहि पढ्दछौ । जहिले जे समस्या परेको हुन्छ, त्यसैको उपायको खोजी गर्दछौ । अहिले असल, सचेत जिवनको लागि जीवनमा सहयोग र उपयोगका लागि ज्ञान विज्ञान आदान प्रदान गर्नु पर्ने भएको छ । अब आफु पनि रुपान्तरित हुदै खुसी र प्रेरणासँगै रहेर अरुलाई पनि रुपान्तरणको लागि प्रयत्नरुपी खुराकहरु दिदै असलताको लागि जीवन जिऔ भनी सबैलाई अनुरोध गर्दछु ।
“आज थाके भने पनि पाईला, नरोकिउन कहिल्यै चाहना !
भोलि ग्राहो हुन सक्छ केही, पर्सि सफलता संगै खुल्छ भावना !”
(लेखक सचेत क्रान्तिका सोचकर्ता)