2021 July 30/ 07:52: 56am

- जिएन प्रधान

अहिले देशमा साँच्चिकै कलियुग लागेको हो कि मानिसहरूको मति भ्रष्ट, बुद्धि बिवेक भ्रष्ट भएको हो बुझ्न सकिएन अथवा वास्तु शास्त्र, धर्म शास्त्रमा भनिएझैँ मानिसको मुखमा सरस्वतीले बास गर्न छोडेको हो बुझ्न नसक्ने भएको छ । हुन त मानिसको आस्था नै दुई बर्गमा विभाजित छ । एउटा हो आस्तिक र अर्को हो नास्तिक । जहाँसम्म आस्तिकको कुरा छ । यो बिल्कुलै आध्यात्मिक ज्ञान दर्शनमा आधारित छ । ईश्वर भगवान प्रतिको बिश्वासमा भर परेको हुन्छ । यसप्रति आस्थावान् मानिसहरूको मन भित्र सदैव ईश्वरले बास गरेको हुन्छ र राम्रो नराम्रो जुनसुकै फललाई ईश्वर भगवान्को देनको रुपमा लिने गरिन्छ । यसैभित्र हामी मानिसले पालना गर्नुपर्ने सत्कर्मका कार्यहरू लगायत मान, सम्मान, आदर, सत्कार, असल बोली, असल आचरण आदि सबै पर्दछ भन्ने हाम्रो धार्मिक मान्यता रहेको छ । ठग्ने, चोर्ने, लुट्ने, अनैतिक सम्बन्ध कायम राख्ने अर्थात् खराब प्रवृतिको मानसिकतालाई निषेध गरिएको छ । ठुलाबाट आशिष लिने र साना (धार्मिक मान्यता अनुसार उमेर र नाताले साना ठुला । तर आजभोलि राजनीतिक र शासकीय ओहोदाको आधारमा पनि साना ठुला मानिन थालिएको छ।) लाई आंशिक ( आशीर्वाद) दिने प्रचलन रहेको छ । यसैले पनि हामी दशैँ तिहार जस्ता चाड पर्वहरूमा र घरबाट कहिँ कतै प्रस्थान गर्ने बेलामा होस् आफूभन्दा ठूला ब्यक्तिहरूबाट आंशिक ग्रहण गरि बिदा हुने गर्छौं । यो हाम्रो हिन्दु धर्मको एउटा परम्परागत संस्कारको रुपमा स्थापित भैसकेको छ भने अन्य धर्मप्रति आस्था राख्नेहरूले पनि यसलाई अनुसरण गर्न थालेको पाइन्छ । जसले गर्दा हाम्रो मानवीय समाज कै लागि एउटा पालना गर्नै पर्ने नैतिक कानुनको रुपमा स्थापित भैसकेको छ र कोही कसैले कोही कसैलाई  बोल्ने भाषा (तरिका) र गर्ने ब्यवहारको आधारमा त्यो मानिस कतिको असल र लक्षणको छ भनी मूल्यांकन समेत गरिन्छ । यसैलाई हेरेर नै यो छोरी, बुहारी या यो आईमाई कति सुवाशित र लक्षिण कि छिन् अथवा अलक्षिन कि छिन भनी प्रशंसा गर्ने वा नाम काट्ने गरिन्छ । यसो त धेर वा थोर रुपमा पूरा  नास्तिक हुँ भनी दावी गर्नेहरूले पनि आवश्यकताको आधारमा आदर सम्मान गरेकै हुन्छ र पाइएको छ पनि ।
तर अठारौँ शताब्दीको उत्तरार्धतिर जतिखेर कार्लमाक्र्सद्वारा भौतिकवादी दर्शनको सिद्धान्त प्रतिपादन गर्नुभयो र कम्युनिष्ट घोषणापत्रको प्रकाशित भयो। यहि कम्युनिष्ट घोषणापत्रको आधारमा विश्वमा पहिलो कम्युनिष्ट अर्थात् साम्यवादी सिद्धान्त अनुसारको कम्युनिष्ट संगठनको निर्माणमा रुसी सर्वहारा वर्गको अगुवाइ गर्दै भ्लादिमिर इलिच लेनिनबाट रुसी समाजवादी बोल्सेभिक क्रान्तिका लागि संगठित भएर तत्कालिन रुसी जारशाही सरकारका बिरुद्ध क्रान्तिको थालनी गर्ने अठोट गर्न पुगे । हो यहिँबाट शुरुवात भएको कम्युनिष्ट क्रान्तिकारीको फलामे आनुशासन पनि अघि बढ्न थाल्यो । वास्तवमा क्रान्ती सफल गर्नको लागि यो यसकारणले पनि अपरिहार्य रहेको थियो कि जुन कठोर अनुशासनको पालना बिना बोल्सेभिक क्रान्तिको सफलता सम्भव थिएन । जतिखेर रुसका जारशाही सरकार अत्यन्त क्रुर तानाशाही र चरम निरंकुशताका प्रतीक थिए । जसले अफ्नो बिरोधिहरूलाई मृत्युदण्ड दिन वा सोझै गोली ठोकी हत्यागर्न समेत पछि पर्दैनथ्यो । त्यसैले पनि लेनिन नेतृत्वको बोल्सेभिक क्रान्तिका लागि कठोर संगठनको अपरिहार्य थियो । र, यो कठोर अनुशासनको कारणले नै यसका नेता र कार्यकर्ताहरू रुसी सरकारबाट सुरक्षित रहन सफल रहे । यहि रुसी कम्युनिष्ट संगठन र कठोर कम्युनिष्ट अनुशासन नै विश्व कम्युनिष्ट अभियानका लागि पनि मार्ग दर्शक पाठ बन्न पुग्यो । जुन कम्युनिष्ट संगठन भित्र प्रवेश गरि सकेपछी जो कोही नेता वा कार्यकर्ताहरूले समान रुपमा नियमको पालना गर्नु पर्दथ्यो । नियमको पालना नगर्ने नेता वा कार्यकर्तालाई कठोर सजायँ अनिवार्य थियो । जुन नियम विश्व कम्युनिष्ट संगठनको लागि पनि कानुन सरह हुन पुग्यो । यहि कम्युनिष्ट अनुशासनको कारणले पनि अत्याधिक जनताहरू प्रभावित हुन पुगे । जनतालाई गरिने बोली, व्यवहार, शिष्टता, इमान्दारीता, सेवा र सहयोगका साथै बाबु आमा, दाजुभाई, दिदी बहिनीले पनि दिन नसकेको माया र प्रेमको कारणले पनि जनताको मन जित्न सफल भयो र क्रान्तिले पनि सफलता प्राप्त ग¥यो । यहि कम्युनिष्टको असल गुणहरू  धेरैलाई मन प¥यो र यस्तै समाजवादी÷साम्यवादी ब्यवस्थाको स्थापनाका खातिर नै धेरै देशमा धेरै मानिसहरू कम्युनिष्ट ब्यवस्था स्थापनामा सहभागी भए । यहि ब्यवस्थाको असल पक्षमा उभिएर नेपालमा पनि लाखौँको संख्यामा लागि परे, हामी पनि लागि प¥यौँ । अझ भन्ने हो भने आफ्नै देश नेपालमा तत्कालीन शाही सरकारको सामन्ती प्रवृत्ति, धनीमानी साहु महाजन आदिको शोषण भित्र आर्थिक पीडा खेप्नु परिरहेको त्यस अवस्थामा मुठ्ठिभरका मानिसहरूलाई बाहेक अरु सर्वसाधारणका लागि खासै केही सुविधा थिएन । गाउँका सर्वसाधारण सोझा जनताहरूका लागि गाउँका जिम्वाल, मुखिया, साहु नै राजा राणाको रुपमा रहेका थिए । रातोदिन घोटिएर काम गर्दा पनि दुइछाक आनन्दसँग खान मुस्किल थियो । मुठ्ठीभरका मानिसका लागि स्वर्गको आनन्द थियो भने अत्याधिक जनता साहुसँग लिएको ऋणको बदलामा नोकर÷दास बनेर बस्नुपर्ने अवस्था रह्यो। यहि आर्थिक दुरावस्थाबाट मुक्ती पाउनको लागि पनि आर्थिक समानताको क्रान्ति आवश्यक थियो । त्यसको एकमात्र हिमायती शासन ब्यवस्था समाजवादी÷साम्यवादी ब्यवस्था उदाउँदो रुपमा आउँदै थियो भने त्यो लक्षमा पुग्ने उद्देश्यले अघि बढेको एकमात्र पार्टी पनि कम्युनिष्ट पार्टीको रुपमा अगाडि देखापर्न थाल्यो ।
उता उत्तरतिरको छिमेकी देश चीनमा क. माओत्सेतुङ्गको नेतृत्वको कम्युनिष्ट क्रान्तिले सफलता हासिल गरि मूलुक विकासको गतिमा अघि बढिसकेको थियो भने नेपालमा राणा शासन हटे पनि पन्चायती ब्यवस्था नामको शाही सामन्ती सरकार कायमै थियो । त्यसैले छिमेकी चीनमा भएको कम्युनिष्ट क्रान्तिको सफलताको प्रभाव नेपालमा पनि पर्नु स्वभाविक थियो । यहि ब्यवस्था नेपालमा पनि स्थापित गर्ने उद्देश्यले वि सं २००६ सालमा क. पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिष्ट संगठनको स्थापना भयो । जसको लागि रुसी, अँग्रेजी र चिनियाँ भाषाको कम्युनिष्ट घोषणा पत्र लगायत क्रान्ति गर्ने तरीका, अपनाउनु पर्ने नीति र पालना गर्नुपर्ने अन्य अनुशासनका कुराहरूलाई नेपाली भाषामा अनुवाद गरि भित्री रुपमा व्यापक अध्ययन, प्रशिक्षण र कार्यान्वयन गर्ने काममा अगाडि बढ्न थाले । लेनिन द्वारा प्रतिपादित सिद्दान्तका विभिन्न पुस्तकहरू, क. माओद्वारा ब्यक्त विभिन्न बिचारका संकलित रचनाहरू, क्रान्तिका अगुवा योद्दा र साहसिक ब्यक्तिहरूको जीवनी कथाहरू, शत्रु मित्रु पहिल्याउने मापदण्ड र यिनीहरूलाई गर्नुपर्ने बिश्वास र ब्यवहारहरू, आफ्ना क्रान्तिका साथीहरूलाई कसरी सुरक्षित राख्ने र शत्रुबाट कसरी जोगिने÷जोगाउने भन्ने जस्ता स्कुलिङ्ग शिक्षाको कठोर अनुशासनको माध्यमबाट नै क्रान्ति सफल गर्न सकिन्छ भन्ने कम्युनिष्ट शिक्षा दिन लिन थालियो । क्रान्तिको अभियानमा लाग्ने क्रममा क्रान्ति बिरोधी र क्रान्ति समर्थक को–को हुन् छुट्याई यदि क्रान्तिको बिरूद्धमा लाग्छ, सुराकी गर्छ भने आफ्नै मान्छे भएपनि कठोर सजायँ गर्न पछि पर्नु हुन्न र क्रान्ति सहयोगीहरूलाई भने पार्टी संगठनबाट सक्दो सहयोग सेवा गर्नुपर्छ भन्ने कम्युनिष्ट सिद्धान्त रहेकोछ भनी ज्ञान दिइन्थ्यो÷लिइन्थ्यो।
स्मरण रहोस् कि २०४६÷४७ को जन–आन्दोलनसम्म पनि यो अनुशासन एउटा असल कम्युनिष्ट नेता कार्यकर्ताले गर्नुपर्ने व्यवहार देखन सकिन्थ्यो र आफै पनि त्यो कम्युनिष्ट गुणबाट कतै चुक्न पुगियो कि भन्ने डर लागिरहन्थ्यो । भ्रष्ट्राचार, ठगी, बेइमानी, चोरी, डकैती आदि जस्ता आर्थिक दुराशय कार्य तथा मान, सम्मान, आदर, सद्भाव, सेवा, सहयोग, शिष्टता, मृदुभाषिता, दयाभाव जस्ता कुराहरूलाई अत्यन्त हेक्का राख्नु पर्ने यस्को विशेष गुण रहेको थियो । यतिमात्र नभै को कुन ब्यक्तिको पार्टीमा कस्तो भुमिका रहेको छ, कति त्याग र योगदान छ आदिको उचित मूल्यांकण पार्टीले गर्नुपथ्र्याे÷गरिन्थ्यो। तर अहिले आएर यी सबै कुराहरू एकादेशको कथा हुन पुगेको छ । नयाँ प्रवेश गरेका चैतेहरू त उक्त बन्दकोठाको फलामे प्रशिक्षणबाट मुक्त भए भए जसलाई कम्युनिष्ट अनुशासन भनेको के हो ? थाहा भएन भएन तर बिसौँ वर्षसम्म भुमिगत रहेर कठोर कम्युनिष्ट जीवन भोगेर खारी सकेका नेताहरू समेत वर्तमान अवस्थामा आएर गति छाडा रुपको व्यवहार, कृयाकलाप र अश्लिल खालका भाषा शब्द प्रयोग गर्न पुग्नु, अनि पद र सत्तामा पुग्नका लागि जस्तो सुकै तिकदम चाल्न पुगेको देख्दा कठै यिनिहरू हिजो अस्ति अर्थात भुमिगत समयका हामीलाई असल अनुशासनका पाठ सिकाउने अग्रज गुरु कमरेड त हुन्? भन्ने प्रश्न उठ्न थालेको छ । 
पार्टी के हो ?, संगठन के हो?, पार्टी कमिटी र संगठन कमिटी भित्रका साथी(कमरेड)हरूसँग कस्तो व्यवहार गर्नुपर्छ ?, कसरी बोल्नु पर्छ ?, एउटा पार्टी कमिटी भित्रका साथी÷कमरेडहरूले गल्ती कमजोरी गरेमा कसरी आलोचना गर्नु पर्छ र आफू स्वयम्ले गल्ती÷कमजोरी गर्न पुगेमा कसरी आत्म आलोचित हुनुपर्छ÷गर्नुपर्छ(?) भन्ने जस्ता कुराहरू हुन छोडेको छ । एकले अर्कालाई होच्याउने, खुइल्याउने, कसरी समाजमा नग्याउँने भन्ने कुरामा अघि बढेको छ । कोही आफूले असल र जनताका लागि राम्रो काम गरेर मानप्रतिष्ठा बढाउन भन्दा पनि कोठा भित्रैबाट मान सम्मान चाहिएको छ । अरूले तपाईं भनाउन भन्दा पनि आफैले मपाईं भन्न रुचाउन थालेको पाइन्छ । सडक सडकमा उफ्रेर जथाभावी बोल्न पाउनुमा आफ्नो महानता देख्न थालेको छ । आफ्नै पार्टीको सरकारलाई ढालेर वा प्रधानमन्त्रीबाट हटाएर अर्कै दलका नेताहरूलाई प्रम बन्दिनँ बिन्तिभाउ गर्दै हिँडेको पाइन्छ । यो भन्दा घटिया कार्य अरू के हुन सक्छ ? हेर्दा लाग्छ अहिलेका नेता र कार्यकतारू कुनैपनि  पार्टी र जन संगठनमा आबद्ध छैनन्, कुनै मर्यादित र असल आमा बाबुको कोखबाट जन्मेर हुर्के, बढेका हैनन् अर्थात् कुनैपनि इज्जतका ख्याल नभएका बेवारिसे आमाबाट जन्मिन पुगेका छन् । जसले जसलाई जेभन्दा पनि हुन्छ, जे बोल्दा पनि हुन्छ । सायद संघीयतामा प्रवेश गरेपछिको नेपाली राजनीतिक ब्यक्तिहरूले अब जे बोल्न पनि हुन्छ, जे भन्न नि हुन्छ (?) यहि मानसिकताले घर जमाइएको छ ।
हुन त नेपाल बहुदलीय शासन प्रणालीमा प्रवेश गरि सकेको खुल्ला सामाजिक प्रणालीको देशको रुपमा स्थापित हुने जमर्कोमा रहेको छ । यहाँको निर्वाचनमा उठ्ने उम्मेदवारको लागि कुनै मापदण्डको आवश्यक पर्दैन । लगनशीलता, त्याग, इमान्दारिता, अनुशासित ब्यक्ति, पार्टी प्रति बफादार, आर्थिक शुद्धता, सोझा र भद्रशालिन ब्यक्तिको आवश्यक छैन । अनुकूल हेरी दल बदल गर्न सक्ने, साम दाममा पहुँच पुगेको, ५०÷१०० जना गुण्डा, डनहरूलाई आफ्नो अघिपछि लगाउन सक्ने वा पार्टीलाई एकैचोटीमा मोटो रकम चन्दा(घुस) दिन सक्ने भए पुग्छ । एउटा दलभित्र कुन नेताको पक्षमा लाग्ने हो छान्नुपर्ने अवस्था आएको छ । टिकट पाउनको लागि आफ्नो शक्ति÷ क्षमता देखाउन सक्नु पर्ने भएको छ । कसको कोटाबाट टिकट प्राप्त गर्न सकिन्छ भनी पहिले नै नेताको पहुँच पत्ता लगाई उसकै नजिकमा रहन सक्नुपर्ने भएको छ । यसरी नेपाली राजनीतिमा क्रमैसित अनुशासन र मर्यादामा बिस्रंखलित हुँदै आएको छ ।
अहिले देखा परेको पार्टी भित्रको यो गाईजात्रे अराजकता यसैको परिणति हो । त्यागी, बफादारी र इमान्दार कार्यकर्ताहरू निर्वाचनमा विजयी बनाउने भ¥याङ्ग मात्र हुन पुगेको छ । बिजयी भएर सांसद्, मन्त्री भएपछी आफ्नै पौरखले जितेको भन्ने अनुभूति गरेको पाइन्छ । चुनावी घोषणा पत्र हात्तीको देखाउने दाँत र उम्मेदवारी प्रतिबद्धता उधारो आश्वासन हुन पुगेको छ । यो सबै हुन जानुको कारण हो कम्युनिष्ट पार्टीको नीति, सिद्धान्त, बिचार अनि जनता र देशको सेवाभावलाई तिलाञ्जली दिन पुग्नु ।        
निर्वाचनमा तत्कालीन एमालेले अघि सारेको नारा “देशको सम्बृद्धि र विकास” भन्ने अत्यन्त लोकप्रिय र देशको लागि आवश्यक नारा भए पनि सरकारमा पुगेपछि यो अनुसार काम गर्न सकिएको देखिएन । प्रधानमन्त्री केपि ओलीले आफ्नो मन्त्री मण्डलका सदस्यहरू सक्षम र उपयुक्त पाउन सकेनन् वा पार्टी भित्रैबाट गलत नियतले काम गर्न दिएन गहिरो समिक्षा गर्नै पर्ने भएको छ । र, अहिलेको नेताहरूको कृयाकलापलाई हेर्दा पनि यहि पुष्टि हुन् खोज्दैछ । आफ्नै पार्टीको सरकार ढाल्ने दुस्प्रयास गर्नुलाई बलियो प्रमाणको रुपमा लिन सकिन्छ ।
अहिलेको पछिल्लो ताजा घटना अवस्थालाई हेर्दा लाग्छ पार्टी भित्रको यो गुटबन्दी प्रवृत्तिले पार्टी र सरकारलाई नै धरासाही पार्न खोजेको छ । यो हुनु भनेको एउटा असल कम्युनिष्ट पार्टीका लागि पार्टीका नेताहरू  पद र सत्तामा पुग्न सफल जन प्रतिनिधिहरूमा आएको अनुशासनको दिवालिया पनको पराकाष्ठा हो भन्न सकिन्छ । २०५२ साल अघिका नेता कार्यकर्ताहरूमा जुन किसिमको कम्युनिष्ट अनुशासनको गुणहरू थिए त्यो विस्तारै विस्तारै बिस्रँखलित हुँदै गए भने त्यस भन्दा यताका ब्यक्तिहरू उपयुक्त प्रशिक्षणको अभावमा एउटा कम्युनिष्ट आचरण या अनुशासनका कुरा के हुन र कसरी पालन गर्नुपर्छ भन्ने कुरा शून्य नै हुन पुगेकोछ भन्दा फरक पर्दैन । पार्टी भित्रै आन्तरिक रुपमा सभ्य र शिष्ट भाषामा आलोचना गर्नुपर्ने कुरालाई बाहिर नाङ्गो रुपमा छताछुल्ल पार्ने काम गर्न पुगेको छ । हदैसम्मको सीमा नाघेर अश्लील शब्दहरू प्रयोग गर्नु पनि यसैको अभावले हो भन्न सकिन्छ । यसमा पनि भर्खरका नव युवाहरूमा कम्युनिष्ट भनेको एउटा पार्टीको नाम हो भन्ने बाहेक यसको दीर्घकालिन लक्ष्य के हो भन्ने बारेमा बिचार शून्य रहेको छ भन्दा अन्यथा मान्नु पर्ने छैन । यद्यपि अहिलेसम्मको कम्युनिष्ट इतिहासलाई फर्केर हेर्दा जतिपनि कम्युनिष्ट पार्टीमा फुट बिभाजन आएको छ त्यो सबै तल्लो स्तरका नेता कार्यकर्ताहरूबाट नभै मूल नेतृत्व बर्गबाटै फुट बिभाजन हुँदै आएको पनि स्पष्टै छ ।
निष्कर्षमा भन्नुपर्दा २१ सौँ शताब्दीको पहिलो साँढे चार दशक अर्थात बि.सं. २०४६÷४७ पछिको बहुदलको आगमन पछि माक्र्स, लेनिन, माओत्सेतुङ्ग लगायतका सफल कान्तिकारी कम्युनिष्ट नेताहरूको दर्शन र बिचारहरूमा गुनात्मक रुपमै क्षयीकरण हुँदै आएको छ । अहिलेको यहि रुपमै अगाडि बढदै जाने हो भने नामको भिन्नता बाहेक अन्य कुनै पनि कुरामा पूँजीवादी बुर्जुवा चिन्तनको पार्टी भन्दा कुनै भिन्न हुने छैन । कम्युनिष्ट पार्टीको समाजवादी बिषेशता पूर्ण रुपमा लोप हुने कुरा निसन्देह मान्न सकिन्छ । यसोभन्दा नेपाली काँग्रेस समेतका पूँजीवादी बुर्जुवा पार्टीहरू मख्ख नपरे हुन्छ कि हाम्रो पार्टी नै यो देशको अब्वल पार्टी हो र यो देशको विकास हामी गर्न सक्छौँ भनेर । २०४७ पछिको यो राजनीतिक परिवेशमा झण्डै २० वर्ष सरकारको एकल वा मिश्रित नेतृत्व गर्न पुगेर पनि बिकासको नयाँ स्वरुप दिन नसक्नुलाई लिन सकिन्छ । र, नेपाली कांग्रेसले जन विश्वास गुमाउन पुग्नुको दोष पनि यही रहेको छ । प्रजातन्त्र वा लोकतन्त्रको शब्दलाई आफ्नो पेवा शब्द बनाउने प्रयास बाहेक जनताले देश र जनताले विकास र परिवर्तनको अनुभूति गर्न पाएनन् । यहि कमजोरी नै नेकपा (एमाले) समेतको कम्युनिष्टलाई बलियो खुराक बन्न पुग्यो ।
जे होस्, फेरि पनि कम्युनिष्ट सिद्धान्त, उद्देश्य, आचरण र बिधिका बारेमा स्कूलिङ्ग शिक्षालाई जोड दिएर अगाडि बढ्न सकियो भने केही सुधार ल्याउन सकिएला कि भन्ने झिनो आशा गर्न सकिन्छ÷देखिन्छ । जसको लागि अहिलेका गुटगट प्रवितिका नेताहरूलाई पूरै अलग राखेर अगाडि बढ्न सक्ने निःस्वार्थी नेताहरूको खाँचो छ । अहिलेको दशौँ चिरामा विभक्त पार्टी र यसका नेताहरू सत्ता स्वार्थको मोह छोडी एकै ठाउँमा आउन जरूरी छ । यसका लागि नेपालका सबै कम्युनिष्ट पार्टीका पहिलो तहका नेताहरूमै कम्युनिष्ट आचरणमा पुनः सुधार आउन आवश्यक छ । तर जनताको भट्किएको मन र गुमेको बिश्वास फर्काउन भने निकै चुनौतीपूर्ण छ र निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।