2018 November 19/ 09:34: 28am

जयदेश श्रेष्ठ
            सानो मुखले ठुला कुरा गर्न हुँदैन भन्छन् । हुन त यहाँ बोलेर के पो नै हुन्छ र खै ! त्यसैले नबोलिकन यो मुखलाई सिलाएर राख्न मन लाग्छ । आखिर मुख बोल्नको लागी मात्र हैन नि ! खानको लागी पनि हो । हामी खाएर नै बाँचेका हुन्छौ । बाँच्नु नै परे पछि सामाजिक दायित्व देश परिवेशको कुरा गनै प¥यो । बोल्ने बोलिरहेका छन् । चल्ने चलिरहेका छन् । किन हामी मान्छेहरू स्वार्थी बन्दै गई राखेका छौ ? देश हाँक्ने नेताहरू देखी सर्वसाधारण जनताहरूमा पनि नैतिक आचरण, विश्वसनीयता र जिम्मेवारी देखिँदैन । समाजका बिसंगती बारे लेखेर हाम्रो देशको राजनीतिक धरातल बदलिने कहिले ? देशलाई माया गर्ने राष्ट्र प्रेमको भावना हराएको छ । हामी आफ्ना कुराहरू राखेर लेख प्रकाशित गर्दछौ । कसले पढ्छन् ? कस्तो प्रतिक्रिया दिन्छन् । थाहा हुँदैन । व्यापारीहरूको लागी पत्रिका सामान पोका पार्ने कागज हो । हामीहरु पनि व्यापारी भएका छौं । समाज परिवेशबाट टाढिएर आफ्नो फाइदाको लागि जे पनि गर्ने भएका छन् । आफ्नो फाइदा भएमा सबै जाती आफूलाई अनुकूल नपरे सबै नजाती ! यसरी हाम्रो समाज बिलकुल अधोगतीमा उन्मुख भएको छ । आजकल समाज देखावटी दुनियाँमा चलेको छ । समाज सेवा देखी विकासको काममा समेत देखाउनको लागी भएको छ । फोटो सेसन र पत्रकारहरूलाई बोलाएर कार्यक्रम गर्ने चलन चलेको छ । सबैलाई चर्चा परिचर्चा कै चिन्ता छ । बोल्ने को पिठो बिक्ने नबोल्नेको चामल पनि नबिक्ने ! यहाँ बोलवालाहरू कै हैकम चलेको छ ।

हामी आफ्नै घर भित्रको समस्यालाई मात्र समस्या देख्छौ । देश बिग्रेकोमा नेताहरूलाई गाली गरेर पानी माथिको ओभानो खोज्छौ । यो देशमा आम मानिसहरू सन्तुष्टि र खुसी हुने कहिले ? हामी आफूले अर्को लाई खुसी देख्छौ । सबैका आ आफ्नै समस्या र वेदनाहरू हुन्छन् । दुःख भुलेर सहज वातावरण जिउने माहौल हुनु पर्दछ । धेरै पैसा हुनेहरूले पनि खुसी किन्न सक्दैनन् । गरिब दुःखीहरू आनन्द लिएर बाँचेको हुन्छन् । हामी नेपालीहरू स्वर्ग जस्तो देश भन्दै विदेश तिर पलाएन हुन थालेका छन् । घर परिवार चलाएर बस्ने महिलाहरू समेत विदेश जाने लहड चलेको छ । देश कुन अवस्थामा चलेको छ ? कृषि प्रधान देशले धान चामल समेत आयात गर्ने भएको छ । सबै वस्तुहरूमा पर निर्भर भएर रेमिट्यान्सले देश धान्ने हो की ! या विदेशी राष्ट्र गुहारेर भिख मागेर राज्य व्यवस्था चलाउने हो । हामी स्वाभिमान नेपालीहरूको आन्दोलनको प्रतिफलले देशलाई यस्तो अवस्थामा पु¥याउँछ भनेर सोचेका थिएनौ । 
दुःखको कुरा आज देशका होनहार युवाबर्ग, बुद्धिजीवी वर्ग, भकाभक बिदेशिएका छन् । देशमा केही गरौँ भन्ने चिन्तनशील व्यक्तित्व ,काम गरी खाने उद्योग व्यवसायीहरू यो देशमा अब केही हुन सक्दैन भनेर आफ्ना परिवार आफन्तहरू बिदेसियका सँग गफ गर्दै विदेशको बारेमा चासो राख्ने भएका छन् । जबसम्म देशमा स्थिर सरकारले गति लिन सक्दैन तब सम्म देश अगाडी बढ्न सक्दैन । थोत्रो गाडी चढेर देशलाई सिगापुर पु¥याउने थोत्रा आश्वासनमा हामी जनताहरू रुमलिरहेका छौ । जुन जोगी आए पनि कानै चिरेका ! देश हाँक्ने नेता देखी व्यवस्था फेर्ने आन्दोलन ग¥र्याै । पञ्चायत देखी लोकतन्त्र जनतन्त्र देखी गणतन्त्र सम्म आई पुग्यौ । पुरानो सत्ताका राजा फालेर आज सिंहदरबार भित्र सयौँ महाराजाहरू पाली बसेका छौ । 
चुनाव पछिको एकमना सरकारले जनताहरूको इच्छा आकांक्षा मनोकामना पुरा गर्नेछ भनेर भोट दिएका थियौ । चुनाव अगाडी केपी ओलीले बोलेका कुरा बृद्ध भत्ता बढाएर पाँच पाँच हजार नमस्कार गर्दै बुद्धहरूलाई हात हातमा घर घर पुगेर दिनेछौ ! रेल कुदाउने कुरा, भान्छामा ग्याँस पु¥याउने कुरा कहाँ पुग्यो ? ती बाचाहरु ! राजनीतिमा नेताहरूको नारा चुनाव जित्ने भ¥याङ हुन कि ! खोजे जस्तो हुन्न जीवन, रोजे जस्तो हुन्न जीवन ! आज धेरै नेपालीहरू देशको अवस्थाबाट निराश भएका छन् । आफ्नो भोटको अधिकारले कस्तो व्यक्ति चुन्ने ? राम्रोलाई भोट दिने कि हाम्रोलाई ? जुन जोगी आए पनि चुनाव जिते पछि सबै उस्तै हुने हो ? या जनताको सोच पो यस्तो भएको हो । किन चुनाव जिते पछि नेताहरूले सोचे र खोजे जस्तो काम गर्न सक्दैनन् ? नेताहरूमा पनि समस्याका ठुला पोकाहरू हुन सक्छन् । आफ्नै तलब भत्ताहरू जनहित काममा सुम्पिदिने सभासद् देखी वडा अध्यक्षहरू समेत छन् । आज हामीले उनीहरूको चर्चा गर्न सकेका छैनौ । प्रधान मन्त्री के पी ओलीले बोटलको पन्ध्र हजारको पानी पिउछन् भन्छन् । सत्य हो या असत्य ! मृगौला फेरिएको व्यक्तिले कसरी देशको लागी समय दिएको छ सोच्दैनौ । आफ्नो जीवन कसरी चलाई रहेको छ ? दीर्घ रोगी भएर आधा रातमा सुतेर जनताहरू कै बारेमा सोच्दा हुन भोलि चाँडै उठेर फेरी आफ्नो दायित्वको जिम्मेवारी बोक्नु छ । अस्तव्यस्त देशलाई समाल्नु छ । यहाँ काम गर्नेको बखान छैन । काम बिगार्नेलाई दण्ड छैन । आफ्नो र आफ्नै पक्षको वकालत गर्दै हिँडिने समाजले व्यक्ति, नेता र पार्टी अनि व्यवस्थाको कुरा बुझ्न सकिरहेका छैनौ । कुन कुरा कसरी पत्याउने हो । धमिलो पानी भित्रको राजनीति र पत्रकारिता भएको छ । आम मानिसहरू फेसबुकमा आ–आफ्नै शैलीमा देश र राजनीतिक सामाजिक अन्य विषयमा मन लाग्दो कुराहरू पोष्ट गर्ने गरेका छन् । 
सत्य र असत्य कुराहरू पनि छुट्ट्याउन गाह्रो भएको छ । निर्मला हत्या काण्डमा आफ्नै चिनजानको मान्छे शङ्काको घेराको रहेकोमा अपराधी बचाउन रहस्यमय मानसिक असन्तुलन व्यक्तिलाई प्रहरीबाट अपराधी भनेर घोषणा गर्दछ । यहाँ महिलाकर्मीहरू बलात्कारीलाई मुत्यु दण्डको माग गरिरहेका छन् । यस्तो अवस्थामा मृत्यु दण्डको कानुन बनेमा निर्मलाको यस घटनाले भोलि कस्तो रूप धारण गर्नेछ ? आजै सोच्नु पर्ने भएको छ । जहाँ सत्य र असत्यको विभेद खुल्दैन त्यहाँ निष्पक्ष न्याय हुनै सक्दैन । जहाँ न्यायको लागी लड्नु पर्ने हुन्छ । त्यहाँ विकास समृद्धिको कुरा दन्त्य कथा जस्तै हुन्छ ।

हामीले आफैले भोट दिएर जिताएका नेताहरूलाई चिन्न सकिएन । उनीहरूको मनोभावना बुझ्न सकिएन । आज नेताहरूले बोलेका बाचाहरू पुरा गरेनन् भनेर विरोध गरिरहेका छौ । किन हामीले आफ्नो ठाउँ आफै बनाऊ भन्ने सोचलाई विकास गर्न सकिएन । राज्यले विकासको नाममा जताततै छुट्ट्याएको रकमले आधा काम पनि पुरा हुँदैनन् । सरकारी पैसाको ब्रम्हलुट भइरहेको छ । विकासको आश्वासनमा नेताहरूले राज जमाएको देशमा गरिब निमुखा जनताहरूमा उच्च मनोमानी करको दायराले गर्दा जनताहरू निराश भएका छन् । राज्य कोषले उठाएको राजस्वको सही उपयोग भएन भने जनताले तिरेको कर राज्यको लागि भारी हुनेछ । 

बनेपा १૪