2021 January 21/ 10:02: 12am

होम चौंलागाँई

नेपाल कम्युनिष्ट पार्टी अर्थात ने.क.पा. एउटा ऐतिहासिक नाम हो । शाहवंशीय परम्परा, राणा शासन र पञ्चायती व्यवस्था देखि नै नेपालमा कम्युनिष्ट आन्दोलन प्रभावकारी बन्दै आएको ईतिहास छ । वि.सं. २०४६ को आन्दोलनमा संयुक्त बाममोर्चाले खेलेको भूमिका यसको ज्वलन्त ईतिहास हो । आन्दोलनको मोर्चामा विभिन्न ढंगले अग्रसर कम्युनिष्ट आन्दोलन वि.सं. २०४८ यता केहि फरक दिसा पक्रंदै अघि वढेको पाउन सकिन्छ । विश्वमा साँघुरिंदै जान थोको कम्युनिष्ट आन्दोलनलाई नेपालमा प्रभावकारी बनाउन प्रतिस्पर्धात्मक बनाउँदै आइएको ईतिहास छ । यस क्रममा कम्युनिष्ट पार्टी र यसको इतिहास फराकिलिंदै आएको छ । यसो भनिरहँदा कम्युनिष्ट आन्दोलमा कहिलेकाहिं दोधार, अलमल र टुटफुट समेतको अवस्था नआएको भनेर भन्न सकिंदैन । 
जब यस पुस्ताले सामान्य चासो राख्न थाल्यो तब यताको मात्र सामान्य नजर लाउने हो भनेपनि नेपाल कम्युनिष्ट पार्टी टुटफुट र एकताको लामै इतिहास छ । मदन भण्डारी खुल्ला भएपछि वि.सं. २०४८ को मालेबाट क्रमशः चोइटिन थालेको नेकपा माक्सवादी, एकता केन्द्र (प्रचण्ड), नेकपा संयुक्त तुलसीलाल हुँदै २०५० मा आइपुग्दा नेकपा साम्यवादीमा रुपान्तरिक भएको ईतिहास छ । टुटफुटकै शिलशिलामा वि.सं. ५१ मा नेकपा (माओवादी) को प्रादूर्रभाव भएको कहालीलाग्दो इतिहास छ । फुटकै क्रममा वि.सं. २०५४ मा पुनः एमाले फुटेर माले (बामदेव) बन्न पुगेको इतिहासपनि नेपालको कम्युनिष्ट आन्दोलाको एउटा धब्बा नै मान्ने गरिन्छ ।
 कम्युनिष्टहरुको टुटुफुट कै क्रममा २०४९ मा मोहनविक्रम सिंहको नेकपा एकता केन्द्र मसाल, राष्ट्रिय जनमोर्चा केन्द्र नेपाल (चित्रबहादुर केसी), जनमुक्ति नेपाल प्रकाश, नेकपा संयुक्त माक्र्सवादी, नेकपा (क्रान्तिकारी) अर्थात क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (मणि थापा), एकिकृत नेकपा माओवादी (माओवादी प्रचण्ड), नेकपा माओवादी (मातृका यादव), नेकपा माओवादी (मोहन वैध किरण), नेकपा माओवादी (विप्लव समूह), नेकपा गौरवशाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ऋषिराम कट्टेल), कम्युनिष्ट न्युक्लियस (हेमन्तप्रकाश ओली) र नेकपा माओवादी केन्द्र (गोपाल किराँती) लगायतका दलहरु नेपाल कम्युनिष्ट पार्टीको नाममा कता न कतै कुनै न कुनै ढंगले क्रियाशिल रहँदै आएको इतिहास छ । 
कम्युनिष्टहरु जुन कम्युनिष्ट घटकसंग जति पटक जुट्दा वा फुट्दा–जुट्दा भरिएको बेलुन र फुट्दा माटोको भाँडोको स्तरमा जुट्ने र फुट्ने गरेको पाउन सकिन्छ । भर्खरैको सन्दर्भलाई मात्र राम्री नियालेर विशलेषण गर्ने हो भनेपनि ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र) को मिलन यस्तै देखिन्छ । जुट्दा भरिएको बेलुन सरह उत्साह थियो । देखिन्थ्यो–फुलेको, ठूलो भएको, उडेको र विशालिएको समेत । त्यतिमात्र थिएन । काहिं नभएको जात्रा हाँडिगाउँ, एक पार्टीमै दुई अध्यक्ष समेत । वैठक सर्वसम्मत, निर्णय सर्वसम्मत, कार्यान्वयन सर्वसम्मत र हरहिसाबले सर्वसम्मत । 
जबसम्म एकतामा समस्या थिएन तबसम्म सबै मिलेकै देखिन्थ्यो । बिस्तार पहिलो निर्वाचनको आधाउधी समय के टर्नमात्र थालेथ्यो, जताततै पदीय भागबण्डा र कुण्ठा भावको दृष्टि देखिन थाल्यो । यो यतिमा मात्र सिमित रहनपनि सकेन । पार्टीको सचिवालय, स्थायी समिति, केन्द्रिय कमिटीसम्मै तँछाड मछाड चल्न थाल्यो । हिंजोका शुभचिन्तक र पार्टी नेता तथा कार्यकर्ताहरु पार्टी चिन्ता र एकताको दीगोपनका लागि हैन पदीय भागबण्डाको अंशियारको हिसाबले लाग्न थाले । सचिवालयलाई झगडीयाहरुको क्रिडास्थल, स्थायी समिति तीनैको अखडा र सचिवालयलाई तथ्य हीन ग्याङफाइट स्थालको रुपमा विकसित गर्न उद्दत देखिए । 
कता लाग्दा के फाइदा हुन्छ, हिसाब किताब चल्न थाल्यो । आज एकातिर भएको मान्छे भोली अर्कै तिर । यो झगडा पनि यतिमै सिमति रहन सकेन । सरकार सम्मै पुग्यो । भाग्यमानी उपल्ला कम्युनिष्ट सदस्यहरुलाई दुई तीहाई नजिकको बहुमत प्राप्त सरकार ढाल्न प्रतिपक्षको हार गुहार नै गर्नु परेन । जसको फलस्वरुप आफैं हस्ताक्षर संकलन गरेर सडकबाटै अविश्वासको प्रस्ताव ल्याउन मात्र उद्दत देखिएनन्, राष्ट्रपतिको महाअभियोगसम्मको यात्रा तयसम्म । 
कम्युनिष्टहरु न परे, झगडा चल्दै गयो । आरोप प्रत्यारोपमा मात्र सिमित भएन । ढालाढाल र पछारापछार समेत गर्न भ्याए । कहिले महरा काण्ड, कहिले सेक्युरिटी प्रेस खरिद प्रोपोगाण्डा, कहिले नारायणकाजी यानकी कमानसिंह काण्ड जस्ता धेरै दृश्य र अदृश्य काण्डहरुले समेत शसक्त स्थापन पाउँन थाल्यो । एकपछि अर्को गर्दै कम्युनिष्ट आन्दोलनमा  लामो इतिहास बोकेका र युवा पुसस्तामा राम्रो छाप छोड्दै गरेका सबैलाई एकपछि अर्को ढंगले आक्रमण गरिंदै जान थालियो । 
झगडा वढ्दै गर्दा जेट प्लेन चालकको हिसाबले सहमतीमा आउने गरेका सबै खाले प्रस्तावहरु एकाएक आरोप पत्रको रुपमा आउन थाले । एउटा अध्यक्षको आरोप पत्र १९ पृष्ठको आउँदा अर्कोको डब्बल अर्थात ३८ पृष्ठको । सहमती, एकता र मिलन त एकादेशको कथा बन्न पुग्यो । यस क्रममा झगडको स्तर यतिमा मात्र सिमिति हुन सकेन । चरम घेरबन्दी र अनुशासन हीनताले जन निर्वाचित विद्यायिका संसद् अन्तर्गत नेपालको प्रतिनिधि सभा समेतको विघन हुन पुग्यो । 
चौतर्फी घेरबन्दीमा परेका प्रधानमन्त्रीले अन्तिम अस्त्रको रुपमा त्यस खालको कदम चाल्न बाध्य भएपछि आजसम्मको राजनितिक अवस्था तरलतामै टेकेर अघि वढ्दै छ । यस बिचमा तरङ्गित हुँदै सडक आन्दोलनका छिटपिट सन्दर्भहरु पनि । 
प्रधानमन्त्रिको कदमपछि सडकमा को आए र के दर्गै छन् भन्ने भन्दापनि न्यायिक निकायले के गर्ला भन्नेमा धेरै मानिसको चासो वढ्दै गएको देख्न सकिन्छ । यस बिचमा संसद्को पुनर्रस्थापना र विघटन दुबै खाले पक्षहरुका बिचमा नागरिकको मत वाढिएको पनि देख्न सकिन्छ । सर्वोच्चको फैसला–संसद् विघटन वा पुनर्रस्थापना जे भएपनि देश एक ढंगको नयाँ कोर्षमा प्रवेश भएको भनेर व्यख्या गर्नेहरुपनि प्रशस्तै देख्न सकिन्छ । 
दल भित्रकै असन्तुष्ट समूह सडकमा पलेंटी कस्ने मात्र नभएर उत्ताउला र उत्श्रृखलित नाराबाजीमा उत्रने हरकतसम्मको व्यवहार हेर्दा देखिन्छ कम्युनिष्ट आनदोलन पुनः एक पटक फुटको दिसामै उद्दत भैसकेको छ । हिजोको इतिहास र राष्ट्रका सम्मानित व्यक्तिहरु माथीको निर्मम र लज्जास्पद गाली गलौजको श्रृखलावद्ध आक्रमण देख्दा लाग्दै छ–पूरानो पुस्ताका नेताहरु वृद्धाश्रममा सम्मानित भएर बस्नुको सट्टा बहुलाएर सडकमा छाडा निस्किन थाले ।  
यी सबै दृश्य र परिदृश्यहरुलाई राम्ररी नियाल्दा के भन्न सकिन्छ भने ऐलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रति जनताको आशा र विश्वसामा तुषारापात भएको छ । नेतासंग विवेक र नेतृत्व नै बाँकी छैन । ढुलमुले र हाताहात्ती  रवैया कायम छ । आवधिक निर्वाचन र संसद्प्रति कुनै उत्तरदायित्व नै छैन । जन अभिमत कुर्नै सक्दैनन् । अधिवेशन र महाधिवेशन बुँताको मात्र कुरा हो । टीकेप्रथाबाटै सबै गर्न भ्याउनु पर्छ । भोली अनुमोदित हुने कुरा के हो के । राष्ट्रिय सभाको गरिमा नै थाहा छैन । बरिष्ठताको प्रश्न के हो र केका लागि स्थापित गर्न खोजिएको हो भन्ने नै विर्सि सके । ध्यानमा छ त केवल तातै खाउँ र जली मरौं !
दुई वर्ष कुरेर प्रधानमन्त्री र २/४ महिना कुरेर पार्टी अध्यक्ष बन्नेसम्मको धैर्यता बोक्न नसक्ने नेताहरुबाट जनताको आशा र विश्वासमा खँडेरी लागेकै छ । दुई तीहाई नजिकको मत दिंदापनि सरकारलाई पूर्णकालिन बनाउन नसक्न,े न कांग्रेस न त कम्युनिष्टहरुप्रति नै जनताको विश्वास देख्न सकिन्छ । थोर बहूत आशा, भारोशा र विश्वपास थियो त केवल के.पी. ओली नेतृत्वको नेपाल कम्युनिष्ट (नेकपा) संग । त्यो पनि आज आएर जन अपेक्षामा एक्कासी तालाचाबी लाग्ने दिसामा उद्दत भएको देख्दा जताततै निराशा, कुठा, भैरभाव र वितृष्ण बाहेक केहि देख्न सकिन्न । त्यसैको थोरबहूत प्रतिबिम्बको रुपमा लिन सकिन्छ सडक र नागरिक आवाजलाई ।
त्यसैले दशकौं लामो त्यागतपस्या र रगतपसिनाबाट कम्युनिष्टहरुलाई प्राप्त लोकतानिन्त्रक अभिमतलाई कुनै हिसाबले पनि छिन्नभिन्न हुन र टाढिन दिनु हुँदैन । हाल ओली नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीको सुदृढिकरण गरेरै जनताको विश्वासलाई टुट्न, फुट्न र चिढिनबाट रोकनु पर्छ । निर्वाचन आयोग र संसद्पनि संवैधानिक तथा न्यायिक निकायहरु भएकोले ईतिहास र जनमतको कदर गर्दै त्यहि ढंगको न्याय निरुपण गर्नमा तल्लिन देखिनु पर्दछ । जसको ईतिहासै घर भत्काउनेमात्रमा सिमति छ, त्यसलाई बोकेर सग्लो घरको कल्पना गर्नु बेकार थियो, सिद्धपनि भयो–आज ।
युद्धका सहयात्री–वैध, चन, मातृका लगायतका धेरैलाई पार्टीमा काम गर्ने वातावरण दिन नसकेका पुष्पकमल दाहालबाट सग्लो कम्युनिष्टक आन्दोलनको आशा राख्नु नै एउटा अन्धविश्वास थियो र देखियोपनि । गठबन्धनलाई केवल निर्वाचन केन्द्रित बनाएर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सक्नु पर्नेमा एउटा हुल्लडवाजसंगको एकताले पार्टीमात्र नभई देशकै अवस्था विखण्डन उन्मुख बन्न पुगेको छ । यसलाई रोक्न बहुदलीय प्रतिस्पर्धामा पहलकदमीबाट श्रेष्ठता हासिल गर्ने खालको हिजोका मूल्य मान्यता, जनमत र सूर्य चिन्हप्रति प्रदर्शित सडकमा देखिएको जन आकांक्षा सहितको लहरलाई क्यास गर्दै नयाँ दिसाबाट कम्युनिष्ट आन्दोलनको बाटो तय गर्नु पर्छ । समय न हो केहि लाग्नपनि सक्छ । एक दुई निर्वाचनबाटै पार्टीलाई बहुदलीय प्रतिस्पार्धा मध्येको पहिलो र जनताको पूर्वकालिन अपेक्षा सहितको अब्बल कम्युनिष्ट पार्टी बनाउँन सकिन्छ ।