2021 January 21/ 11:46: 41am

“नारायण गोपाल “यो नाम हो जसको अगाडी पछाडि गायक, सङ्गीतकारको ट्याग भिडाउनु आवश्यक छैन । नेपाली सागितिक क्षेत्रमा नारायण गोपाल स्वर सम्राट् गायक हो । मानिस जतिसुकै उचाईमा पुगोस् उसले आफ्नो धरातल बिर्सनु हुँदैन । आफ्नो समाज रितीरिवाज भाषा धर्म संस्कृतिको जगेर्ना गर्नु सक्नुपर्दछ । नारायण गोपालले आफ्नो जीवनको अन्तमा एउटा कुरा महसुस गरे । संसारमा जति ख्याती कमाए पनि आफ्नो जात धर्म र भाषिक क्षेत्रमा केही योगदान दिन सकेन भने आत्म गौरव हुन आफू सन्तुष्टि रहन सकिँदैन । 
काठमाडौको मध्य भाग नेवार समुदाय असन बजारमा जन्मिनु भएको नारायण गोपालले कहिल्यै पनि आफ्नो मातृ भाषामा नेवारी गीत गाएन । स्वर्णिम सन्ध्याको साङ्गीतिक ऐतिहासिक कार्यक्रममा असनवासी नेवारी समुदायका मानिसले टिकट नै किनेनन् । यस अर्थमा उक्त कार्यक्रमको बहिस्कार गरे । नारायण गोपालको एकल स्वर्णिम सन्ध्या कार्यक्रम भिडियो रेकर्डिङ गरियो । नारायण गोपालले आफ्नो जीवनको अन्तरालमा आफ्नो पुरा नाम नारायण गोपाल गुर्वाचार्य लेखे ।   
यो भयो गीत सङ्गीत गायकको कुरा, अब देशको कुरा गरौँ । भनिन्छ नेपालमा शाह वंशीय राजाहरूले झन्डै २४० वर्ष शासन गरे । शाह वंशीय राजाहरूमा राजा बहादुर शाह बाहेक कोही पनि देशभक्ति थिएनन् । पञ्चायती व्यवस्थाको ३० बर्षे कार्य अवधिलाई पनि राजतन्त्र अन्तर्गत जोडिन्छ । २०४६ सालको जन आन्दोलनमा राष्ट्रिय झन्डा बोकेर नेपालीहरूले निर्णायक आन्दोलन गरे । संयुक्त पार्टी भएर शीर्ष नेताहरूको अगुवाइमा व्यवस्था फेरे । राजा हटाए । लोकतन्त्र, जनतन्त्र भन्दै गणतन्त्र स्थापना गरे । राजालाई सत्ता च्युत गरे । उपलब्धि के रहयो ?   
आज फेरी जिन्दाबाद र मुर्दावादमा देश भक्ति नाराहरू गुन्जिन थालेको छ । नेपाली झन्डा बोकेर जिल्ला जिल्ला सहर बजारमा सत्ता, शासक, नेता र गणतन्त्र व्यवस्थाको विरोध हुन थालेको छ । राष्ट्रियताको आवाजका नारा घन्काउँदै नेपाली झन्डा बोकेर राजा आऊ देश बचाउ भन्न थालेका छन् किन ?   
हामीले राजतन्त्र भोगेका नै हौ । बहुदल पछि पनि शेर बहादुरले नै राजा ज्ञानेन्द्रलाई सत्ता सुम्पी दिए कै हो । राजाको शासनकालमा पनि धूर्त ब्वाँसा फटाहाहरूकै हाली मुहाली चलाएका हुन् । आज फेरी देशमा राजनीतिक अराजक उत्पन्न भएको छ । व्यक्ति परिवर्तनको लागी व्यवस्था परिवर्तन गर्ने दाउ चलाई रहेका छन् ।  
देश परिवर्तनको नाममा व्यक्ति र सत्ता परिवर्तनको लागी व्यवस्था फेर्दैमा देश विकास हुने होइन । देशको लागी अगुवाइ गर्ने व्यक्तिहरूमा राष्ट्रिय एकताको भावना र देशलाई माया गर्ने हुनु पर्दछ । अहिलेका सत्ता भोगी नेताहरूले देश प्रेम नारा पटक पटक नलगाएको पक्कै होइन । वीर सहिद गङ्गालाल, धर्मभक्त, दशरथ चन्द्र र शुक्रराज शास्त्रीमा जस्तो देशको लागी बलिदान गर्ने बाचा पनि गरेका हुन् । सत्तामा पुगेर किन पटक पटक चुकेका छन् हाम्रा नेताहरू ! शासकहरुमा भनाई र गराईमा किन फरक हुन्छ ?  
ज्यानको बाजी लगाएर जन युद्धबाट देशलाई अग्रगामी छलाङ मार्ने भन्ने नेताहरु किन सत्ता मुखी भएर आफ्नो स्वार्थमा सीमित रहेँ । महान् नेता बि.पी.कोईराला भनेर काग्रेसको अगुवाइ गर्नेले सरकारमा पुगेर देशको भौतिक सम्पत्ति कलकारखाना बेचेर ब्रम्हलुट गरे । वामपन्थी आन्दोलन भनेर देश विदेशका नेता लेनिनवाद र माओत्सेतुङको नामबाट जनतालाई उचाल्नेहरू व्यक्ति स्वार्थमा सत्तामा पुगेँ र पद र पावरको लागी आफू आफू बिच कोलाहल मच्चाउन थाले आखिर जनताहरूले गरेको आन्दोलनको उपलब्धि के हो ?   
राष्ट्रियता र देशको सार्वभौम सत्ता सिमाना कायम राख्न असफल नेताहरूले राष्ट्रको गौरव राष्ट्रिय गान राष्ट्रिय झन्डा धर्म संस्कृतिको अवमूल्यन गर्दै लगेकोले आजको अवस्था आई परेको हो । किन देश र जनताको बारेमा हाम्रो एक हुन सक्दैन । किन एकले अर्कोलाई औला तेर्साएर आफू चोखिन खोज्छ ! आम नेपालीहरूले देश अवस्था राजनीतिक खिचातानीबाट जनताहरू वाक्क भई सकेका छन्  । के देशमा सधैँ आन्दोलन अराजक अवस्था सधैँ यसरी नै चलिरहने हो ! किन राष्ट्रियताको सवालमा एक ठाउँमा उभिएर देशको समस्या हल गर्न सक्दैन ? सधैँ अन्योल अराजकको भुमरीमा देश र जनताहरूलाई रुमल्याई सधैँ देश र जनताका नाममा आन्दोलन गराएर नथाक्ने अवसरवादी नेताको पछाडि जनताको भिड लागी रहन्छ तब सम्म देशमा कुनै नौलो परिवर्तन आउने छैन । देश र राष्ट्रियता जोगाउन नसक्ने नेता, शासक, राजा जो भए पनि तिनीहरू दण्डित हुनु पर्दछ । सत्ता गुमे पछि मात्र देशको सार्बभम सत्ता सिमाना राष्ट्र प्रेमको कुरा उठाउने अवसरवादीहरू पटक पटक जुरमुराउने गर्दछन् । नेपाली जनताहरूले कहिले सम्म कस कसलाई साथ दिई रहने ! बारम्बार एकले अर्कोलाई असफल र असक्षम प्रधान मन्त्री भनेर पदको लागी पार्टी चलखेलको राजनीतिक खिचातानी गर्ने वातावरणको अन्त्य होस् । हाम्रा नेताहरूले देश र जनताको लागी स्वार्थ त्यागेर सबै पार्टी नेता एक भएर काम गरी देखाउने कहिले ? हाम्रो नेताहरुमा चेतना खुल्ने कहिले ? जय मातृ भूमि जय देश !