मोतीराम तिमल्सिना
कोरोना संक्रमित पछिको यो दोश्रो अनुभति हो । पहिलो अनुभुति अध्ययन गर्ने असंख्य पाठक, शुभचिन्तकहरुकै हौसलाबाट भएको उच्च मनोबलका कारण संक्रमण भएको १५ औं दिन तथा लक्षण देखिएको १८ औ दिनमा कोरोना जित्न सफल भएँ । त्यसो होईन कि मैले सदाका लागि कोरोना जितें । अझै मलाई संक्रमण पछिका लक्षणहरुको चाप छ । शरीर आलस्य छ । उर्जा छैन । शिथिल शरीर बोकेर अछुतबाट छुतमा परिणत भएको छु ।
नेपालमा लाखौ ब्यक्तिहरुको कोरोना परिक्षण भएको छ । परिक्षण गरिएका मध्ये केहि ब्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये पनि केहिलाई त लक्षण नै छैन । केहिको लक्षण छ तर रिपोर्ट आउँदा सकिएको छ । केहिलाई रिपोर्ट थाहा पाए पछि लक्षण देखिन थाल्यो । अनुभव र लक्षण ब्यक्ति पिच्छे फरक फरक भए । फरक फरक अनुभवले कोरोना भाईरसलाई केहिले सामान्य रुपमा चित्रण गरे भने केहिले जीवनको अन्तिम क्षणमा पु¥याएको सम्झना गरे । बास्तवममा कोरोना त्यहि रहेछ जसले कमजोर ब्यक्तिहरुलाई निरन्तर आक्रमण गरिरहन्छ र त्यसको अन्त्य नभएसम्म छाड्दैन । जब ब्यक्तिले भाईरस पछार्न सक्ने सामथ्र्य राख्दै जान्छ तब भाईरस कमजोर हुँदै जान्छ । अन्यथा भाईरस बलियो बनिरहने वातावरण तयार हुँदा ब्यक्तिले फेर्ने श्वासलाई उसले रोकिदिन्छ । अक्सिजनको मात्रा घटाई दिन्छ र ब्यक्तिलाई मृत्युको मुखसम्म पु¥याउँछ । सयौ ब्यक्तिहरु कयौ पटक रोएर भाईरस भगाएका छन् । केहिको भाईरस जित्न नसकेर जीवन समाप्त भएको छ । केहिले भाईरस त जितेका छन् तर भाईरसले पु¥याएको असरका कारण जीवन गुमाउन पुगेका छन् ।
पहिला पहिलाका बुढापाकाहरुले सानो सानो हुँदा भनेका धेरै कुराहरुमा केहि बैज्ञानिक कारण रहेछन् भन्ने महसुस कोरोना संक्रमणको बेला एकान्तबास बसेका बेला अनुभुति हुन पुग्यो । प्रविधिले ब्यक्तिलाई परिवारबाट समेत टाढा पु¥याएका बेला कोरोना भाईरसले झनै एक्लो बनाई दियो । कोरोना भाईरस महारोग हो । यो महारोग कसैलाई नलागोस् । लागे पनि कष्ट नहोस् । छिट्टै निको होस् । सम्पूर्ण संक्रमितहरुलाई शुभकामना । जो ब्यक्ति संक्रमित छ उसलाई झनै पीडा वातावरणले बनाउँदो रहेछ । वातावरण संक्रमित ब्यक्ति अनुकुल नहुँदा डिप्रेसनमा जाने, निद्रा नलाग्ने, झर्काे लाग्ने, संक्रमण थप फैलने र ब्यक्तिलाई झनै शिथिल बनाउँदो रहेछ । पहिलो अनुभुतिमा उल्लेख गरेका भोगाई पछि समुदायका ब्यक्तिहरुले गर्ने ब्यवहारमा केहि परिवर्तनको महसुस त भयो तर ब्यक्ति भित्र गढेको त्रास हटाउन मुस्किल हुने रहेछ । संक्रमण भएर पनि ब्यक्तिले किन लुकाउन चाहन्छ ? वा संक्रमण भएर पनि किन परिक्षण गराउँदैन ? भन्ने कुरा जसलाई कोरोना भएको छ उसले मात्रै भोग्ने रहेछ ।
पछिल्लो समय समुदायमा कोरोना संक्रमण फैलिए पनि परिक्षण हुन सकेको छैन । मेरै घरमा पनि मैले कसैको परिक्षण गराईनँ । पहिलो कारण परिवारका सदस्यहरु कसैमा लक्षण थिएन । दोश्रो संक्रमण भएर पनि प्राप्त हुने उपचार र समुदायको ब्यवहार उहि हो । १५ दिन अलग अलग तर एउटै घरमा बसिरहँदा मैले जति पीडाको महसुस गरें त्यो भन्दा धेरै परिवारका सदस्यहरुले गरिरहेका थिए । परिवारको पारिवारीक वातावरण, समुदायको सहजीकरण, साथीभाई तथा आफन्तहरुको उत्साहपूर्ण ब्यवहारले मात्रै कोरोना भाईरस जित्न सम्भव छ । औषधी उपचार, स्वास्थ्य परामर्श तथा आवश्यक छ नै त्यो भन्दा ठुलो संक्रमित ब्यक्तिको मनोबल पहिलो उपचारको सिंढी रहेछ ।
१५ दिन संक्रमित भएर बसिरहँदा दुई पटक संसारबाट विदा हुन लागेको महसुस भयो । पहिलो पटक सामान्य तर ठुलो असर पु¥यायो ग्यास्ट्रिकले । राति ८ बजेबाट छातिको दायाँ भाग दुख्न शुरु ग¥यो । १२ बजेसम्म सहेरै सुतें । त्यसको २ घण्टा सामाजिक सञ्जाल तथा अनलाईनहरुमा कोभिड १९ पछि हुने असर र त्यसबाट जोगिने उपायका बारेमा अध्ययन गरें । अन्र्तवार्ता सुनें । मेरो दुखाईको मल्हम कतै भेटिनँ । रातको २ बजे पछि मोबाईलमा कोभिड १९ पछि प्रत्यक्ष सम्पर्कमा रहेर सल्लाह दिनु हुने १३ जना आदरणीय डाक्टरहरुको नम्वरमा एउटै एसएमएस गरें । तर फोन गर्ने हिम्मत आएन । घरका सदस्यहरुलाई पनि भनिनँ । मेरो कारण अरुलाई मध्यरातमा किन दुःख दिने ? आफुलाई बाँच्छु जस्तै लागेको थिएन । विहान ५ बजे पछि डाक्टरहरुको फोन आउन थाल्यो । उहाँहरुले दिएको सामान्य सल्लाह मेरो दुखाईको मल्हम बन्यो । ग्यास्ट्रिकको औषधी विहानै खाली पेटमा नखाँदाको पीडा कोभिडको थप पेलाई थियो । त्यो बेला दुखेको ग्यास्ट्रिकको घोचाई अहिले पनि बाहिरै दुखिरहेको छ ।
दोश्रो पटक पुनः मलाई छाति दुख्यो । अक्सिजन घटेर ८५ मा आयो । पल्स बढेर १४७ मा पुग्यो । त्यतिबेला पनि मैले सम्झें मेरो मृत्यु कोभिडकै कारण हुन लेखेको रहेछ । तब मात्र
स्वास्थ्यकर्मीको सल्लाह भयो अस्पताल गएर छातिको एक्सरे गर्ने र अन्य परिक्षण पनि । सातौं दिनमा धुलिखेल अस्पतालको कोभिड वार्डमा भर्ना भएँ । डा. राजेन्द्र कोंजं लगायतको टिमले परिक्षण ग¥यो । रातको ८ बजे रिपोर्ट आएसँगै अस्पतालबाट पुनः घर फर्किएर आईसोलेसनमा बसें । आत्तिनु पर्ने नभएकाले प्रत्यक्ष रेखदेखमा रहने गरी डिस्चार्ज भएको थिएँ । त्यहाँ रहँदा कोभिड विरामी, विरामीहरुको सेवामा खटिएका स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासनले पु¥याएको योगदान अविश्मरणीय छ । (अर्काे भागमा प्रस्तुत गर्नेछु ।) कोभिड संक्रमित भएका विरामीहरुले घरमा रहँदा अक्सिजनलाई प्रमुख ध्यान दिनुपर्ने रहेछ । आफु खुशी घरेलु औषधीहरुको सेवन गर्ने, आयुर्वेदहरु सेवन गर्ने, अन्य औषधीहरु सेवन गर्दा दिर्घरोगीहरुलाई थप असर पुग्ने तर्फ सचेत हुन जरुरी छ । कोभिड केहि होईन भन्नेहरु पनि छन् । तर भएकालाई सोध र भएकाहरुसँग बुझ कोभिड ज्यान लिने महामारी हो । कसैलाई सामान्य लाग्ला तर यो सामान्य हुँदै होईन । यसले संक्रमण पछि पनि ब्यक्तिलाई शरीरका कुनै न कुनै भागमा असर पु¥याएकै छ । कसैको प्रेसर बढेको छ । कसैको छातीमा असर पु¥याएको छ । केहि भएन भन्नेहरुलाई पनि आलश्य पार्ने, अल्छि बनाउने कार्य गरेकै छ । म भन्छु यो सामान्य होईन, सामान्य छैन र यसलाई सामान्य सम्झनु हुँदैन ।
सरकार कोभिड नियन्त्रणका लागि निरन्तर सक्रिय छ । तिनै तहका सरकार सक्रिय छन् । कोभिड नियन्त्रणका लागि सरकारी तहबाट अरबौं खर्च भईसकेको छ । जिल्लामा पनि संक्रमण, रोकथाम र ब्यवस्थापनका काम भईरहेका छन् । जिल्ला कमाण्ड पोष्ट सक्रिय छ । स्थानीय सरकार सक्रिय छन् तर पनि नागरिकहरु किन सन्तुष्ट छैनन् ? केहि स्थानीय सरकारको अर्कमण्यता, केहि अस्पताल तथा स्वास्थ्यकर्मीको लार्पवाहि पनि छ । यसो भन्दैमा संक्रमण रोक्न सक्रिय सिङ्गो युनिटले केहि गरेन भन्ने होईन । कमाण्ड पोष्टका सदस्य सचिव डा. नरेन्द्रकुमार झाका अनुसार सबै क्षेत्रको उतिक्कै सक्रियता रहने हो भने संक्रमण नियन्त्रणमा आउन सम्भव थियो । रोगलाई हेलचेक्र्याई गर्नेहरुको संख्या समुदायकै ब्यक्तिहरुको छिःछिः र दुरदुरका कारण बढेको छ । संक्रमण रोक्न समुदायका ब्यक्तिहरु सचेत हुनु जरुरी छ । संक्रमण जिते पनि म अझै सहज जीवनमा फर्कन सकेको छैन । कोभिड पछि अपुग, अभाव, असन्तोष केहि नहुँदा त मैले फरक अनुभव गर्न पुगें भने सर्वसाधारणको अवस्था के होला ? (लेखक यस साप्ताहिकका कार्यकारी सम्पादक एवं नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष हुनुुहुन्छ ।)





