2020 October 21/ 10:21: 02am

सहदेव थापा
    गोधूलीमा हिँड्ने एउटा जिउँदो मान्छे
    संसारलाई फेर्छु भन्थ्यौ आफै फेरिएछ
मौसम साह्रै उजाडियो पालुवाझै झुल्छु भन्थ्यौ
मेरो जन्म मेरो होइन अरु निम्ति फुल्छु भन्थ्यौ
पुरानो त्यो हिसाब किताब सबै फेरिएछ
संसारलाई फेर्छु भन्थ्यौ आफै फेरिएछ
–    आभाष

माक्र्सवादको पथमा उभिएर सोभियतसंघ, खडा भयो । सोभियत संघ लथालिङ्ग भयो तर माक्र्सवाद रहिरहेको छ । जब माक्र्सवादको जन्म भयो यसले क्षेत्र, उमेर, वर्ग, लिङ्ग जातको सीमारेखालाई भत्काई दियो । माक्र्सवादले वर्गहीन समाजलाई विचारको रुपमा ग्रहण ग¥यो । वर्गलाई केन्द्रमा राखेर गरेको खाने वर्ग र गरिखाने वर्गहरुको विचमा असमान शक्ति सम्बन्धहरुलाई भत्काउने काम गरेको छ । साथै माक्र्सवादले आवाज विहिनहरुको आवाज बोल्नु पर्छ र प्राप्तिको लागि लड्नुपर्छ भन्छ । आवाज विहिनहरुलाई साथ र न्याय दिनुपर्छ भन्छ । यसर्थ भुइँमान्छेहरुको आवाज र भुइमान्छेले पाउने न्याय नै माक्र्सवादको केन्द्र हो । माक्र्सवादले सामाजिक न्याय सहितको लोक कल्याणकारी राज्यको पक्षमा बोल्छ । तर नेपालको परिप्रेक्ष्यमा माक्र्सवादको वकालत गर्नेहरुले विचार अनुसारको भुइमान्छेहरुको भलाई हुनेगरी का मगर्न सकिराखेका छैनन् । आज कम्युनिष्ट पार्टी टिकिराखेको समर्पण र समर्थनले हो तर कम्युनिष्ट पार्टीले भुइँमान्छेको आवाज भुलिरहेको छ । आज पार्टी राज्यसत्तामा जनताको स्वामित्व स्थापित गर्ने काम उनीहरुका लागि नाफा र घाटाको अंकगणित भएको ट । पार्टीहरु दलाल पूँजीवादलाई प्रबद्र्धन गर्ने विचौलिया संस्था जस्ता भएका छन् । राजनीति पद र प्रतिष्ठाको व्यापारमा परिणत हुन थालेको छ । यसैले पार्टीहरु न त गणतन्त्रप्रति प्रतिबद्ध छन् न त राजनीतिप्रति जवाफदेहि छन् । भुइँमान्छेहरुको आस्था विवेक श्रम सबै किन्न पाइन्छ भन्ने भ्रममा उनीहरु छन् । आज भुइँमान्छेहरुको सपना मर्दैछन् । हाम्रो लोकतन्त्र परिणामविहीन हुँदैछ । हामीले बुझेको लोकतन्त्र र राज्यसत्तामाथि जनताको स्वामित्व स्थापित गर्ने सिद्धान्त हो । के आज जनताको स्वामित्व स्थापित भएको छ ? राज्यसत्ता सेवाको औजार हो तर राज्यसत्तामा पुग्नेहरु सेवाभन्दा पनि यसलाई पेशामा परिणत गरेको पाइन्छ । भुइँमान्छेको आवाज लोकतन्त्र भनेको राज्यसत्ताको चरित्रमा परिवर्तन आउनु हो । राज्यको सँस्कार, शिर र संरचनामा गराईमा परिवर्तन नआएसम्म लोकतन्त्रको उपदेयतामा पुष्टि आउँदैन । यसथै निर्वाचित जनप्रतिनिधिमाथि जनताको प्रत्यक्ष निगरानी सहभागितामूलक लोकतन्त्रको पहिलो उद्देश्य हो । यसबाट सत्तामाथि जनताको स्वामित्व स्थापित गर्न मद्दत दिन्छ । जनप्रतिनिधिहरुलाई निगरानी गर्ने र फिर्ता बोलाउने अधिकार जनतामा हुनुपर्छ । यसको मतलब राजनीतिलाई भूँइमा जोड्नुपर्छ । भुइँमान्छेलाई अधिकार दिनुपर्छ भन्नु हो ।
    हाम्रो देशको आजको राजनीतिमा एउटा पुस्ता २०१७–२०४६ अर्काे २०४७–२०६३ अर्काे पुस्ता २०६४ पछिको पुस्ताले राजनीतिमा आफ्नो सहभागिता जनाइरहेको छ । यसको मतलब नेपाली राजनीीतमा ३ प्रकारको सोच भएका मानिसहरुको सहभागिता छ । आजको राजनीतिमा पुस्ता हस्तान्तरणको कुरो उठिरहेको छ । पुस्ता हस्तान्तरण भनेको पार्टीहरुलाई वैचारिक रुपमा स्पष्टता सहित कार्यान्वयनमा क्रियाशील नबनाई पुस्ता हस्तान्तरणको कुनै औचित्य रहने छैन । यसको मतलब नयाँ युगको सम्बोधनसहित विचार र आन्दोलनलाई मूर्तरुप दिनु हो । हाम्रो राजनीतिमा अर्काे समस्या भनेको पहिलो पुस्ताको दौराको फेर समातेर आफ्नो पद र पैसाको हिसाब मिलाउने भजन मण्डली गर्ने दोस्रो पुस्ताको दासता हाम्रो राजनीतिको समस्या हो । यस्तो दासताको सामु न त त्यागको इतिहास हुन्छ न त भविष्य हाँक्ने इच्छा शक्ति हुन्छ । यसर्थ दोस्रो पुस्ताले पहिलो पुस्ताको वैचारिक दासताबाट आफूलाई मुक्त नगरी पुस्ताहस्तान्तरणको कुनै औचित्य हुँदैन । आज हाम्रो सामु खडा भएको प्रश्न–नेताहरुको र इमान्दारीमा किन विस्खलन भैरहेको छ ? किन पार्टीहरुप्रति जनताको भावनाले बास पाइरहेको छैन ? यसथै इमानदारी पार्टी कार्यकर्ताहरुले पार्टीको हेड क्वाटरमा खबरदारी गर्नुपर्ने बेला आएको छ । यो पार्टी नेताहरुको बेइमानीमा पार्टीले गरेका बेइमानी निर्णयहरुमा पार्टीका वैचारिक, राजनैतिक सैद्धान्तिक शक्ति केन्द्रमा खबरदारीको आवश्यकता हो । 
    आज पार्टीका ठूला नेताहरु विचौलियाहरुको स्वार्थकेन्द्रमा रहेर निर्णय गर्छन् । आज राजनैतिक नियुक्ति पाइने व्यक्तिहरु को छन् ? पार्टीहरलाई ठूलो धनराशी चन्दा कसले दिन्छ ? को को ले कानूनलाई हातमा लिएर अवैध धन्दा चलाउँछन् ? कसले यसलाई संरक्षण गर्छन् ? यो नेपाली राजनीतिको मूल प्रश्न हो । यस्तो कोहि उद्योगीको रुपमा कोहि व्यापारीको रुपमा कोहि जनप्रतिनिधिको रुपमा नेपाली राजनीतिको रुपमा खेलिरहेका छन् । राज्य भनेको शक्ति र सम्पत्ति कमाउने थलो बनेको छ । जनतामा राजनीति गर्ने मानिस विना श्रम ठूलो धनराशी कमाउने मानिस हुन् भन्ने परेको छ । राजनीतिलाई विचौलियाहरुले विमारी बनाएका छन् । लोकतन्त्रको मूल्यमान्यतामा ह्रास आएको छ । हाम्रो राजनीतिमा असहमतिलाई विरोध सम्झने भजनमण्डलीलार्य आफ्नो सम्झने विचारले गाँजेको छ । यसैले हाम्रो इतिहासका आन्दोलनले सत्ताको हस्तान्तरण ग¥यो तर सत्ताको रुपान्तरण गरेन । भनिन्छ रक्सीको नशा खाएपछि लाग्छ पैसाको नसा पाएपछि लाग्छ । सत्ताको नसा गाएपछि लाग्छ । आज हाम्रो नेताहरु प्रशंसा गरेपछि खुशी हुन्छन् उनीहरुको कमजोरी औल्यायो भने रिसले आगो हुन्छन् यस्तो विचारले राज गरेको छ नेतृत्वमा आजभोलि । ठिक नीति कुशल व्यवस्थापकीय क्षमता नै लोकतन्त्रको सबल र दीर्घायूको रक्षाकवच हो । यसले लोकतन्त्रलाई सबल बनाउँछ ।
    सरकारले स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक न्याय क्षेत्रमा जनताको मन जित्ने कार्यक्रम ल्याउनुपर्छ । समाजवाद उन्मुख संविधान भन्ने तर यस्तो कार्यक्रममा भने हात नहाल्ने काम गर्नुहुदैन । लोकतन्त्रको नाममा भागबण्डा गर्नु नै आज पार्टी भित्रको द्वन्द्व र एकताको सारांश भएको छ । पार्टी बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ तर हाम्रो दशेका पार्टीहरुको आन्तरिक हालत अस्तव्यस्त दिशाविहीन देखिन्छ । लोकतन्त्रमा अन्तरपार्टी जनवाद बलियो हुनुपर्छ । अर्थात नेतृत्व चयन प्रकृया प्रजातान्त्रिक, सरल सहज पारदर्शी हुनु अनिवार्य छ । तर यसलाई पार्टीहरुले जीवन पद्दति बनाउन नसकेकाले पार्टीहरु सामन्तवादी चरित्रमा रमाइरहेका छन् । पार्टीहरुका अधिकांश क्रियाकलाप गैरसामाजिक गैर राजनीतिक उद्देश्यमा केन्द्रित हुन पुगेका छन् । यसैले पार्टीहरु अन्तरविरोधले रुमलिएको हो । सरकारमा बस्नेले संविधान मान्नुपर्छ पार्टीमा बस्नेले विधान मान्नुपर्छ । संविधान र विधानले व्यक्ति चिन्दैन । यसले प्रकृयालाई चिन्दछ । अन्तमा लेनिनको भनाई छ–‘सुँगुरको खोर सफा गर्न सुँगुरको खोर भित्र पस्नै पर्छ । सफा गरेर फर्कदा सुँगुर नै भएर फर्कनुहुँदैन’ भन्नुहुन्थ्यो लेनिन । यो हविगत हाम्रा जनप्रतिनिधिहरुले नव्यहोरिउन् यहि जनताको चाहना हो ।