2018 November 19/ 08:49: 17am

भुपाल बानियाँ
मधुमेह अर्थात डायबिटिजलाई चिनी रोग पनि भनिन्छ । नेपालमा यो रोग लागेका मानिसहरु धेरै छन् । तर कतिपयलाई मधुमेह भएपछि के खान हुन्छ र के खान हुँदैन भन्ने थाहा छैन । हामीले यहाँ विज्ञलाई सोधेर मधुमेहका विरामीले के गर्न हुन्छ र के हुँदैन भन्नेबारे चर्चा गरेका छौंः
के हो मधुमेह ? 
प्याङक्रियाजले यथेष्ट मात्रामा इन्सुलिन नामक हर्मोनको विकास गर्न नसक्दा वा शरीरले उत्पादन गर्ने इन्सुलिनलाई शरीर आफैले प्रयोग गर्न नसक्दा मानिसलाई मधुमेह हुने गर्छ । हाइपरग्लाइसेमिया अथवा रगतमा सुगरको मात्रा बढ्नु नै मधुमेहको मुख्य कारण हो ।  मधुमेह भएका व्यक्तिले आफ्नो स्वास्थ्यमा ध्यान दिन नसके त्यसले उनीहरुको आँखा, मुटु, किड्नी, नशा लगायत शरीरका विभिन्न अंगलाई असर पार्न सक्छ । यसबाट बच्न मधुमेहका विरामीले आफ्ना खानपानमा ध्यान दिनु निकै आवश्यक हुन्छ ।
सामान्यतया, हामीले खाएको खाना ग्लुकोजमा परिणत हुन्छ । यसले शरीरलाई इनर्जी प्रदान गर्छ ।  तर मधुमेह भइसकेपछि उक्त ग्लुकोज इनर्जीको रुपमा परिणत हुन सक्तैन । र, शरीरमा विभिन्न समस्या देखा पर्छ । यसबाट बच्न मधुमेहका विरामीले विशेषगरी खानपानमा ध्यान दिनुपर्छ । प्रायःजसो मधुमेहका विरामी भात कम खाने र मकैको च्याँख्ला धेरै खाने गर्दछन् । जबकि क्यालोरीको हिसाबले भात र च्याँख्लामा खासै अन्त पाइदैन
तर, हामीमध्ये धेरैलाई यस्तो रोग लागेमा के खाने के नखाने थाहा नहुन सक्छ । जसले गर्दा गुलियोबाट टाढा हुदाँहुँदै पनि हाम्रो रगतमा भने सुगरको मात्रा कम हुनुको सट्टा झन झन् बढ्ने गर्छ ।
भात र च्याँख्ला बीचको फरक 
प्रायःजसो मधुमेहका विरामी भात कम खाने र मकैको च्याँख्ला धेरै खाने गर्दछन् । जबकि क्यालोरीको हिसाबले भात र च्याँख्लामा खासै अन्त पाइदैन । एउटै मात्र फरक भनेको भातमा ‘जी आई’ लेभल धेरै हुन्छ भने च्याँख्लामा कम हुन्छ । तर, मानिसहरुले नबुझेर मधुमेह भइसकेपछि पनि टन्न भातै खाने गर्छन् । भात नभए, भातको साटो च्याँख्लालाई नै रोज्छन्  र सोच्छन् कि अब सुगर कम हुने भयो । जुन एउटा भ्रम मात्र हो ।
सामान्यतः औषधी सेवन पश्चात्त पनि भातको साटो भातकै अनुपातमा च्याँख्ला सेवन गर्नाले मानिसको शरीरले भातले जत्तिकै क्यालोरी पाउने गर्छ । जसले गर्दा मधुमेहका विरामीको सुगरको लेभल कम हुनु साटो बझन् बढ्ने गर्छ । त्यस्तै, च्याँख्लासित प्रशस्त मात्रामा दाल पिउने पनि हामी नेपालीको बानी छ । हामी दाललाई प्रोटिनका रुपमा लिने गर्छौ । तर, स्मरण रहोस् दालमा झण्डै ५० प्रतिशत कार्वोहाइड्रेट पाइन्छ । जसले सुगरलाई कम गर्नुको साटो बढाउने गर्छ । त्यसैले मधुमेहका विरामीले दाल खाँदा जहिले पनि पातलो दाल मात्र सेवन गर्नु पर्छ ।
त्यस्तै, खानाको थाली लिदाँ भात र दालभन्दा सागसब्जी र सलादको अनुपातलाई बढाउँदै लैजानुपर्छ । यसले तपाईको सुगर लेभललाई नियन्त्रण मात्र गर्दैन, कम समेत गर्दै लैजान्छ । जबकि शरीरलाई चाहिनेभन्दा बढी मात्रामा सुगर खाएमा यसले आँखा, किड्नी, मुटु, नशामा समस्या पैदा गर्छ । त्यस्तै सिधै ग्लुकोज दिने वा चिनी प्रदान गर्ने कुरा नखानु नै उचित हुन्छ ।
पटक–पटक खाने र समय मिलाएर खाने 
चिकित्सकको सल्लाह अनुसार मधुमेहका विरामीले जहिले पनि उचित समयमा र चार घण्टाको फरकमा खाना खानुपर्छ । त्यस्तै, पटक–पटक खानुपर्छ ।
विशेष गरी मधुमेहमा क्यालोरीले प्रभाव पार्ने हुदाँ मधुमेह भएका व्यक्तिले जहिले पनि उचित परिमाणमा अर्थात तौल, उचाई र बडी मास इन्डक्सको आधारमा आफुलाई कति क्यालोरी चाहिन्छ भन्ने बुझेर पोषण विशेषज्ञसितको राय सुझावको आधारमा खाना खानु पर्छ । त्यसरी खाँदा चाहिने भन्दा कम र बढी क्यालोरीयुक्त खाना खानु पनि मधुमेहका विरामीहरुका लागि घातक हुनसक्छ । सामान्यतयाः कुनै पनि व्यक्तिले ग्रहण गर्ने क्यालोरी उनीहरुको काम अनुसार फरक पर्ने गर्छ । कोही मान्छे बढी पसिना बगाउँछ भने उसलाई बढी क्यालोरीको आवश्यक्ता हुन्छ भने टेबलमा बसेर काम गर्ने मानिसलाई कम क्यालोरीको आवश्यक्ता पर्दछ ।
सामान्यतयाः एकजना व्यक्तिलाई २००० देखि ३००० क्यालोरी आवश्यक्ता पर्छ ।
कसरी मिलाउने क्यालोरी र खाना ?
खानाको क्यालोरीलाई विहानदेखि बेलुकीको खानामा विभाजन गर्नु पर्छ । जस्तै,
विहान ६ बजे एक कप कालो चिया र तीन टुक्रा सुगररहित बिस्कुट, त्यसको चार घण्टापछि करिब १० बजेतिर खाना । मानौं उक्त व्यक्तिलाई दिनभरमा २१०० क्यालोरी आवश्यक छ भने विहानमा ९०० ग्राम चामलको भात, सागसब्जी, सलाद बढाएर खाने । थोरै मात्रामा पातलो दालको सेवन गर्ने । खानामा ठिक्क मात्र तेलको प्रयोग गर्ने । त्यस्तै, दिउँसो १ देखि २ बजेको बीचमा हल्का खाजा । नेपालीको भनाईमा आधारित रहेर दुई देखि तीन मुठ्ठी सम्म नास्ता जसमा चिउरा, रोटी, पास्ता, ओट मिल, सुप लगायतका खाना पर्न सक्दछ । त्यो खाने । फेरि चार र पाँच बजे एक सय देखि दुई सय ग्राम फलफुल खान सकिन्छ र राति सुत्ने बेला तीनवटा रोटी तथा तरकारी खाएर पनि आफ्नो आहारलाई व्यवस्थित गर्न सकिन्छ ।
यसले पटक–पटक आहारलाई व्यवस्थित गर्नुका साथै शरीरलाई चाहिने मात्रामा क्यालोरी प्रदान गर्दछ । यसले खानाको परिमाण पनि पुग्छ र खानाको समय तालिका पनि मिल्छ । जबकि शरीरलाई चाहिनेभन्दा बढी मात्रामा सुगर खाएमा यसले आँखा, किड्नी, मुटु, नशामा समस्या पैदा गर्छ । त्यस्तै सिधै ग्लुकोज दिने वा चिनी प्रदान गर्ने कुरा नखानु नै उचित हुन्छ ।
मधुमेहका बिरामीले के खाने, के नखाने ?   
मधुमेहका बिरामीले सिधै ग्लुकोज तथा चिनी पाइने खानाको खाना कहिल्यै पनि खानुहुँदैन । इन्सुलिनको अभावमा शरीरले ग्रहण गर्ने खानालाई ग्लुकोज मार्फत शरीरले सिधै इनर्जीको रुपमा प्रयोग गर्न नसक्न हुदाँ त्यस्ता विरामीलाई आफुले खाएको खाना शरीरमा पठाउन केही समय लाग्छ  । जसले गर्दा सुगर नियन्त्रणमा कठिनाइ हुनसक्छ । यसबाट बच्न तथा सुगर रोकथाम गर्न मधुमेहका विरामीका लागि मेथी निकै लाभदायक छ ।
स्याउले पनि मधुमेहलाई नियन्त्रण गर्न सघाउ पु¥याउँछ । तर हामीका के भ्रम छ भने स्याउमा गुलियो पदार्थ हुने भएकाले यसले मधुमेह बढाउने काम गर्छ । खान हुन्छ भन्दैमा बुझ्दै नबुझी मेथीलाई रातभर भिजाएर सिधै खानु एकदम गलत हो । यसमा निश्चित केमिकल्स हुने हुदाँ सिधै मेथीको सेवनले किड्नी तथा लिभरलाई असर गर्ने गर्छ । त्यसैले, मेथी खाने एकमात्र उपाय भनेको मेथीलाई खानामा फुराएर खानु हो । त्यस्तै, फापरको रोटीले पनि मधुमेहलाई नियन्त्रण गर्ने काम गर्छ । सिस्नु पनि यो रोगका लागि लाभदायक छ । बेला बेलामा सिस्नुको सुप बनाउने, सिस्नुको धुलोलाई दालमा हालेर खाने, वा तरकारीको रुपमा प्रयोग गर्नाले पनि मधुमेह नियन्त्रण गर्न सकिन्छ ।
त्यस्तै, स्याउले पनि मधुमेहलाई नियन्त्रण गर्न सघाउ पु¥याउँछ । तर हामीका के भ्रम छ भने स्याउमा गुलियो पदार्थ हुने भएकाले यसले मधुमेह बढाउने काम गर्छ । जबकि स्याउमा भएको गुलियो मधुमेह बढाउने तत्व नभएर फुक्ट्रोस मात्र हो । यसले स्याउलाई गुलियो बनाउँछ । यस अर्थमा दिनमा सयदेखि दुई ग्रामसम्म स्याउ खानु मधुमेहका विरामीका लागि फाइदाजनक मानिन्छ । तर, त्यसो भन्दैमा चाहिने भन्दा धेरै स्याउ खाएमा पनि त्यसले बिरामीको आँखा बिग्रने सम्भावना बढी रहन्छ ।
कालो चिया दिनमा २ र ३ कम खाँदा राम्रो हुन्छ । चियामा फाइटोकेमिकल्स पाइन्छ । यसले पनि शरीरबाट मधुमेहको मात्रा कम गर्न सघाउ पु¥याउँछ । 
मधुमेहका बिरामीले के–के नखाने ? 
मधुमेहका बिरामीले गुलियो, कोक, फ्यान्टा लगायतका सोडा, जुस, घ्यु, चिल्लो, तारेको खानेकुरा, फे्रन्च फ्राईज, बर्गर, पिज्जा लगायतका आधुनिक खानेकुरा सकेसम्म बार्नुपर्छ ।
बिरामीले के नगर्ने ? 
मधुमेहका विरामीका लागि बिहान(बिहान हिँड्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तर, मर्निक वाक गर्ने भन्दैमा विनाखाना भोकोपेट बाहिर निस्कँदा हाइपो ग्लिसेमिया भएर मधुमेहका बिरामी अचानक ढल्ने वा बेहोस हुने गर्दछन् ।  त्यसैले यो रोग भएका विरामीले बिहान मर्निक वाकमा निस्कनु पूर्व जहिले पनि केही खाएर निस्कनु पर्दछ ।
मधुमेहका विरामीले ध्यान दिनुपर्ने कुरा

  • आफ्नो शरीरलाई आवश्यक पर्ने क्यालोरी अनुसारको खाना खाने
  • खाना कम पनि नखाने, बढी पनि नखाने
  • चिकित्सकसितको सल्लाह अनुसार आफ्नो आहार परिवर्तन गर्दागर्दै पनि मधुमेह नियन्त्रण नभए कारण बुझ्ने प्रयास गर्ने
  • आफै चिकित्सक नहुने
  • आफ्नो दैनिक आहारसित सम्बन्धित सबै विवरण चिकित्सकमाझ खुलाउने
  • चिकित्सकले भने अनुसारको क्यालोरीयुक्त आहारमा ध्यान दिने
  • मधुमेहको विरामीले आफ्नो उमेर, उचाई, तौल र शरीरका बनोट अनुसार नै खानाको व्यालेन्स मिलाउनु पर्ने हुदाँ डाइटिसियनसितको सल्लाह, सुझाव अनुसार खाना खाए र मधुमेहलाई नियन्त्रण गर्न सके स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक मानिन्छ । (डाइटिसियन भुपाल बानियाँसितको कुराकानीमा आधारित)