2026 April 17/ 02:49: 51pm
  • जयदेश श्रेष्ठ

स्वर्ग कस्तो होला मनमा प्रश्न खेलि रहयो । 
कल्पनामा मेरो देशको नक्सा बनि रहयो ।
सीमा अतिक्रमण हुँदा नेपाली मन रोई रहयो ।
नेपाली वीर ,आज गोर्खाली सेना कता गयो ?

स्वर्ग जस्तो देशमा जन्मिएर किन हामी तडपि रहेका छौ ? मनमा यस्ता अनेकौँ प्रश्नहरू उर्ली रहन्छ ! सन्तुष्टिको आभास पाउन सकी रहेको छैन। हामीले देश बनेन भनेर नेताहरूलाई गाली गरिरहन कहिल्यै थाकेनौ । यो देश बनेन भनेर विदेश पलाएन भए पनि यो नेपाली मनले कहिले शान्ति पाउँदैनौ । आखिर यो देश नबन्नुमा हामी आफै त जिम्मेवार छैनौ ! 
जन्मदै के लिएर आएका थियौ र आज गुमायौ भनेर पछुताई रहेका छौ ! आखिर मरेर पनि त हामीले के पो लान सक्ने हो र । लोभ र मोहमा फसेको हाम्रो जिन्दगीले एक पटक आफैलाई फर्केर पो हेर्ने हो की ! बाहिरी संसारलाई मात्र देख्नेहरूले एक पटक आफ्नै हृदयको संसारलाई खोतलेर हेर्ने हो की ! 

मन्दिर मन्दिरमा देवता खोज्दै हिँडे मैले।
मूर्ति मूर्तिमा छाम्दै भगवान् खोज्दै हिँडे मैले।
आखिर कहाँ पाउन सके र ! भगवन देव मैले !
मनको मन्दिरमा, दिलको धड्कनमा भगवान् ! !

न खोजेर भेट्टाउन सक्ने !न त छामेर पत्ता लाउने ! !
म आफैलाई थाहा नभएको भगवन कसरी पत्ता लगाउने ?

ध्यान योग टप गरे ,ईश्वर पाउन सकिन्छ रे !
कठै आँखा चिम्लिएर ,कहाँ पाउन सकिन्छ र ! !
कर्म चछुको ब्रम्ह ज्ञान खुल्ने दिन कहिले आउला !
सांसारिक जीवनबाट परम आनन्दको मुक्ति कहिले मिल्ला ?

सांसारिक बाहिरी जगतलाई मात्र हेरेर हामी सर्बदा खुसी रहन अवश्य सक्दैनौ । भित्री मनको भाबले अरूलाई पनि बुझ्न सकौँ ! संसारमा अरू दुखी भएर आफू मात्र कसरी सुखी हुन सक्छ र ! समाजमा सबै गरिब भए आफू मात्र कसरी धनी हुन सक्छौ र ! अरू सबै चिन्तामा रहेको बेला आफू मात्र कसरी खुसी देखिन सक्छ र ! आजकाल मलामी जाँदा पनि अट्टहासले हाँस्ने मानिसहरू देख्दा अचम्म लाग्दछ । मरेको लास देखिने गरी सेल्फी खिचेको देख्दा आजकल यो दुनियाँ देखाउन कै लागी रहेछ भन्ने बुझिन्छ । के हामीले यो जगतलाई चिन्न सकिरहेका छौ ? 
मरे पछि स्वर्ग जाने चाहानाले के हामी यो दुनियाँमा नर्कको जीवन बाँचिरहेका त छैनौ ? आफ्नै मात्र खुसी देख्नेहरूले अरू र यो देश समाजको बारेमा केही सोच्ने गरेका छैन ! धन सम्पत्ति माया मोहले मात्र खुसी हुन सक्ने होइन । सम्पत्ति जोडनमा जति खुसी हुन सकिन्छ । सही ठाउँमा खर्च गर्न पाउँदा खुसीमा आनन्द मिल्दछ । हामी खुसी हुनको लागी आफ्नो घर परिवारको सानो चौघेरा भित्र मात्र सीमित रहन पुग्यौ अब बाहिरी संसारलाई पनि बुझ्ने प्रयत्न गरौँ । अरूलाई बदलेर आफू बदलिन सकेन र लोभ मोहलाई त्याग्न सकेन भने राष्ट्र बनाउन गरेको प्रयत्न सबै व्यर्थ हुन्छ ।
नेताहरूले जनतालाई मात्र बदल्न खोजेर आफू बदलिन सकेन भने सत्ता, सरकार , पार्टी , व्यवस्था र व्यक्ति फेरिएर के काम ! पञ्चायत व्यवस्था राजा फालेर आज समाजवादी नेताहरु महल र दरवारमा आनन्दित जिवन यापन गर्दछन् । आन्दोलन गरेर जन युद्ध भन्दै देशको अथाह सार्वजनिक भवन देशको इतिहास संरचना धोस्त बनाएर आज हजारौँ महाराजाको भेषमा राज्य संन्चालन सत्ताको राज गर्दछन् भने यो देशको मुहार फेरिने कहिले ? यो देश नरहे ! नेपाल कहाँ रहन्छ र नेपाल नै नरहे ! हामी नेपाली भन्न कहाँ पाउँछ र ! छिमेकीले सीमा अतिक्रमण गर्दा राज्यले बोल्नु पर्दछ । फेसबुकमा अनेकौँ नाम धारी नागरिकहरू बोली रहेका छन् । सरकारी कुटनियोगहरु आँखामा पट्टी बाँधेर बसेका छन् । नेताहरू आफ्नो सत्ता टिकाउन मुख बन्द गरेर बसेका छन् । देशको शान्ति सु व्यवस्था कायम राख्न देशको सिमाना बचाउन शपथ खाएका देशको सेना तम्म तयार छन् । नेपाली रगत गोरखालीको बहादुरी दर्साएको नेपाली सेना कहिल्यै झुक्ने छैन । भारत सँग हामी युद्ध लडन सक्ने छैनौ । तर स्वाभिमानको शिर कहिले झुक्ने छैन ! 
जय देश !
जय स्वाभिमान हामी नेपाली !