2019 November 13/ 05:04: 59am

जी.एन. प्रधान
    कुनैपनि देशलाई कस्तो बनाउने भन्ने प्रमुख भूमिका सरकारको हुन्छ । तर सरकारले गर्ने हरेक कार्यहरु त्यस देशको संविधान, ऐन कानुन तथा नीति, नियमहरुमा पनि भरपर्छ । यतिमात्र हैन देशलाई कुन र कस्तो अवस्थामा पु¥याउने भन्ने कुरा त्यस देशको जनताहरुको इमानदारीता, देशप्रतिको मायाममता, देशभक्तिको भावना, स्वाभिमान र नैतिक जिम्मेवारी सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको आ–आफ्नो कामप्रतिको जिम्मेवारीबोध र लगनशीलता । जब देशका नागरिक तथा नेता कर्मचारीहरुमा उपयुक्त किसिमको भावनाहरु ओतप्रोत हुँदैन र आफ्नै मात्र स्वार्थी भावनामा लिप्त प्रवृत्तिले वास जमाउँछन्, नागरिक तथा सेवाग्राहीको सेवाभावलाई लाजै नमानी पचाउँछन् र गैर आर्थिक लाभप्रति बढी आशावादी बन्न पुग्छन् यस्ता नागरिक वा देशका कर्मचारीहरुले अनि देशको विकासलाई पछि धकेल्ने र आफ्नो देश तथा मुलुकको बदनाम गर्नमा आँखा चिम्लेर अगाडि बढ्दछन् । 
    अहिले देशमा यस्तै यस्तै व्यक्तिहरुको वृद्धि विकास भइरहेको छ, आफूले सिन्को नभाँचेर खाली अरुलाई तथानाम गाली गलौज गर्नमा अघि बढिरहेको छ । गर्ने व्यक्तिहरुलाई प्रोत्साहन÷सहयोग र स्वच्छ आलोचना गर्नमा भन्दा पनि जसरी हुन्छ असफल पार्दिने, हौसलाको सट्टा निरुत्साहि तुल्याईदिने, अनावश्यक कामहरु गर्नमा उक्साउने, आवश्यक राम्रा कामहरु गर्नमा अवरोध ल्याइदिने जस्ता व्यक्तिहरुको हावी हुन थालेको छ । एउटा पक्ष कानुनको अभाव र कमजोर कानुन अनि मन्त्रीहरुको फितलो कार्यान्वयन पक्ष तथा जनमोहको फाईदा उठाउँदै जस्तो पनि का मगर्न पछि परिरहेको छैनन् भने अर्काेतिर कडा कानुनको निर्माण गरी खरो ढंगले कार्यान्वयन गर्नकै लागि पनि अवरोध पु¥याउने तत्वहरु पनि उत्तिकै छन् । एउटा पक्ष कडा कानुनको निर्माणसँगै कडा कार्यान्वयन पक्षको अपेक्षामा रहेका छन् भने अर्काे पक्ष यस्तो कानुन बन्नै नदिने र अराजक तत्वहरुलाई सहयोग पु¥याउनमा सक्रियरत छन् यसैले पनि कतिपय विद्यमान कानुनहरु कार्यान्वयन हुन नसकी निस्क्रिय एवं निकम्मा सावित भएका छन् त कतिपय नयाँ नयाँ घटनाहरुको विकासले नयाँ कठोर कानुन बनाउन अपरिहार्य आवश्यक पनि छँदैछ । 
    हुनत नियम, कानुन, ऐन, विधान आफैंमा दैवी वा प्रकृतिक विशेषता हैन । समाज र राज्यको उत्पत्तिसँगै मानिसहरु स्वयम्ले नै मानिस आफैंलाई असल आचरणमा बस्न, बसाउनका लागि बनाइएका आचारसंहिता हुन् । यो सबैले समान रुपमा पालन गर्नुपर्ने हो । तर यस्ता नियम कानुनहरु कालान्तरमा गएर शासक र ठूला बडा शोषक, सामन्तहरुको लागि संरक्षण सहयोगी र सर्वसाधारण तथा निर्धा निमुखा जनताहरुका लागि लागु हुने लिखित हतियार हुन पुगे । हो, यहि को विकसित रुप आज कतिपय मुलुकहरुमा विकृतिको रुपमा विकसित भइरहेको पाइन्छ र हाम्रो देश नेपालमा पनि नराम्रोसँग जरा गाड्न पुगेको छ । 
    यद्यपि कानुन आफैंमा सक्रिय साधन हैन, यो त साध्य मात्र हो । लेखिएका ऐन, कानुनहर आफैंमा क्रियाशील भएर देखापर्दैन । मानिस स्वयम्ले उपयुक्त समय अथवा बेलामौका खोजेर प्रयोग गर्न जान्नुपर्छ । कुन व्यक्तिले समाजलाई आघात पुग्ने वा हानी नोक्सानी पु¥याउने का मगर्न पुग्दछ त्यस व्यक्तिलाई प्रयोग गर्नको लागि यसको आवश्यक पर्छ । यस्ता विधान, ऐन, कानुनहरु राज्य संचालक शासकहरु÷नेताहरु र सर्वसाधारण जनताहरु सबैमा समान रुपमा लागु हुनुपर्दछ र पालना पनि गर्नुपर्दछ । अझै मान्ने हो भने सर्वसाधारण जनता÷नागरिकहरुलाई भन्दा पनि शासनमा बस्ने शासकहरुलाई कठोर हुनुपर्दथ्यो । तर यसको विपरीत हाम्रो देश नेपालको शाहकालीन शासननमा अर्थात तत्कालीन राजा महाराजाको पालामा राजा, राजपरिवारका सदस्यहरु कुनैको विरुद्धमा चुँ पनि भन्न र केहि पनि गर्न नसक्ने अवस्था थियो । अझै भन्नुपर्दा शाही परिवारले जे जस्तो गम्भीर अपराधहरु गरेपनि कानुन लाग्दैनथ्यो । यो देशको कुनैपनि ऐन, कानुनले हुँदैनथ्यो । शाही परिवार संविधान, ऐन, कानुन भन्दा पनि सदैव माथि रहन्थ्यो । यसलाई अर्काे अर्थमा भन्नुपर्दा राजा र सम्पूर्ण राजपरिवारका सदस्यहरु समेत कानुन भन्दा माथि रहन्थ्यो । एक किसिमले देशको सार्वभौम अधिकार नै राजामा निहित हुन्थ्यो । मुल शासक (राजा) लाई निर्वाचनबाट परिवर्तन गर्न सकिन्नथ्यो ।
    तर २०६२÷०६३ को जनआन्दोलनबाट शासन सत्तामा परिवर्तन आएको छ । परम्परावादी शाहवंशीय शासकको स्थानमा जननिर्वाचित राष्ट्रपति र प्रधानमन्त्री आएको छ । देश एकात्मक सरकारको स्थानमा संघीय सरकारको रुपमा स्थापित छ । संघीयता अनुसारकै विधान, ऐन, नियमहरु बन्ने क्रममै रहेको छ । मानिसहरुमा संघीय स्वरुपको नियम, कानुनले अन्योलले गतिहिन र अलमलमा रहेका छन् । सरकार भर्खरै परिवर्तन भएको संघीयतालाई कसरी व्यवस्थित ढंगले स्थापित गर्ने भनी लागिपरेका छन् । यद्यपि देशमा रहेका सम्पूर्ण कर्मचारीहरु पुरानै शैलीमा आदत बसिरहेका छन् । यसले गर्दा नयाँ आउने कर्मचारीहरुलाई समेत पुरानै बानी परेका कर्मचारुीहरुले घुमाइरहेका छन् । कुनै पनि कर्मचारीहरु कार्यशैलीमा परिवर्तन आउन सकेको छैन । यो मिलेन र त्यो मिलेन, यो भएन र त्यो भएन भन्ने वाहानाले गैर आर्थिक लाभ (घुस) लिनमा लिप्छ छन् । कर्मचारीहरु जनसेवक, राष्ट्रसेवक भन्ने भावनाबाट पूर्णरुपमा चुकिरहेका छन् । आफ्नो कार्यालयमा कर्तव्यबाट च्युत भई भ्रष्ट बनेका यिनै कर्मचारीहरु आफूले काम लिन परेको अरु कार्यालयहरुमा भ्रष्ट देख्न पुग्दछन् । आखिर सरकारी कार्यालयहरुलाई सुशासन र सभ्य कार्य प्रणाली देखाउने दायित्व कसको हो त ? नागरिकले हो कि कार्यालयको कर्मचारी ? प्रश्न यसरी उठ्न सक्छ ।
    यिनै गैर जिम्मेवार र भ्रष्ट कर्मचारीहरुकै कारण जस्तोसुकै राम्रो र स्वच्छ छविको मन्त्रीलाई पनि भ्रष्ट मन्त्री बनाउन सफल छन्, बदनामी मन्त्री बनाउन सफल छन् । आर्थिक लाभकै ध्येययले मन्त्री बन्न पुगेका भ्रष्ट काम व्यवहारले स्वाद पाइराखेका मन्त्रीहरुको लागि त झनै के चाहियो र । ‘के खोज्छस् कानो, आँखो’ भनेझै यिनै भ्रष्ट कर्मचारी र मन्त्रीको मिलेमत्तोले देशको विकास र सुशासनलाई बर्बाद बनाउन सहयोग पुगेको छ । हो, यिनैखाले भ्रष्ट कर्मचारी, भ्रष्ट मन्त्री (सरकार) र भ्रष्ट जनता भएसम्म देशको उन्नति प्रगति कहिल्यै हुनसक्ने छैन । 
    मैले यहाँ हामी जनता नै पनि किन भ्रष्ट भनिरहेका छौं भने यो देशको कर्मचारीहरु र सरकारमा पुगेका सांसद÷मन्त्रीहरुलाई पनि भ्रष्ट बन्न÷बनाउन बाध्य बनाउने हामी नै हौं । रोलक्रम र नियमलाई मिचेर आफ्नो काम छिटो फट्टे गर्न घुसको प्रोत्साहन गर्ने हामी नै हौं । ‘बरु यति दिउँला, जसरी भएपनि मेरो काम बनाइदिनुप¥यो भनी उक्साउने, बानी बिगारिदिने, घुसको आशामुखी बनाइदिने पनि हामी नै हौं । हो, यहि प्रवृत्तिले कर्मचारीले लख पाएको हुनछ, यति...नभएसम्म तपाईको काम बन्दैन भनी भन्नसक्ने बानी बस्न÷बसाल्न पुगेको हुन्छ अनि हाकिमदेखि पिउनसम्म, पिउन देखि हाकिमसम्म नै घुस खानमा के को डर, के को आनाकानी ।
    यतिमात्र होइन सरकार बाहिरका सबै प्रतिपक्षी दलहरु र हामी जनताहरु स्वयम् सरकारकै मात्र आलोचना गर्ने भ्रष्ट आलोचक हुन भन्दा पनि कति फरक छैन । पाएसम्म आफै घुस खाने, खुवाउने अनि यो भ्रष्ट कार्यालय यो भ्रष्ट मन्त्रालय भनी बाहिर भिडभाडमा बसेर उफ्रने पनि तपाई हामी नै हौं । मौका नपरेसम्म बाहिर सडकमा बसेर आदर्शवादी बनेका छदम साधुहरु पनि झन महाभ्रष्ट बनेको पनि नदेखिएको हैन । अहिले सडकमा सबभन्दा बढी सरकारको आलोचना गर्ने, १,२,३...को नम्बर दिएर भ्रष्टाचारको प्रमाण प्रस्तुत गर्ने प्रखरवक्ता...शाही पनि अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीको स्थानमा पुग्न सफल भए पक्कै पनि सडकमा टिपेको बिजोडा चप्पल लाएर लुखुरलुखुर हिँडेर स्वदेश विदेश भ्रमण गर्दैन होला । विना यात्रा साधन र विना सुरक्षा गार्ड मनस्थिति बिग्रेको मान्छे जसरी एक्लै हिँड्न सक्दैन होला । आलोचना गर्नुपर्छ हद÷सीमा नाघेर आलोचना वा गाली गलौज गर्न सुहाउँदैन । जुन आलोचना र विरोधको नाममा अहिले सडक र संचार सञ्जालहरुमा असभ्य र अपच्य व्यवहार प्रदर्शन गरिरहेको छ, जसले स्वयम् व्यक्तिहरुको बेइज्जत र बदनामी कमाउनु बाहेक अरु केहि पाउनेवाला छैन । पाउलान् २÷४ जना त्यस्तै अराजक स्वभावका समर्थकहरुको ताली ।
    अनि अहिले यिनै अराजक र उद्दण्ड प्रवृत्तिका केहि व्यक्तिहरुको स्वर र भीडभाडलाई देखेर कोही प्रतिपक्षहरु रमाइरहेका छन् भने यहि र यस्तै व्यक्तिहरुले भविष्यमा अथवा पछिका दिनमा सडकमा बसेर जथाभावी गाली गर्दाको अवस्थामा तपाईको अहिलेको खुशीको मुस्कान कहाँ लुकाउनु पर्ने हुन्छ, यो पनि विचार गर्नैपर्छ । हो, आलोचना गर्नुपर्छ, स्वच्छ र सभ्य शैलीमा गर्नुपर्छ । सरकारका गल्ती कमी कमजोरीहरु धेरै छन् । यसलाई सच्चाएर अगाडि बढ्न सल्लाह दिनु पर्छ । सरकारमा बसेर बारम्बार गल्ती दोहो¥याई रहन्छ भने यस्ता व्यक्तिहरु आफैं नाङ्गिएर पतन हुन्छ । अघिपछि कानुनी कारवाही गर्न पहुँच नपुगे पनि निर्वाचनमा हराएर कारवाही गर्न सकिन्छ । जनताको विश्वास र मतलाई विश्वासघात गर्नेहरु आफैं अस्तित्व विहिन भएर समाप्त हुन्छ । नेता हुनेहरु सबैले यसैमा विचार पु¥याउन आवश्यक छ । 
    अहिले कहिँ कतै कुनै केहि व्यक्तिहरुले अराजक र असभ्य शब्द÷भाषा प्रयोग गरी अत्यन्त तल्लो स्तरमा झरेर देशका उच्च पदहरुमा पुगेका व्यक्तिहरुको मान मर्यादा नराखी अश्लील गल्ती गर्नेहरु सडकका छाडा खाते हो कि भन्ने अनुमान गर्न सकिन्छ । जसले आफ्ना जन्मदिने बाबुआमालाई सम्मान गर्दैन, जो व्यक्ति असल बाबु आमाको सभ्यतामा हुर्के बढेको छैन, जसले आफ्नो बाबु आमाको माया पाएर हुर्केको छैन, जोसँग कसलाई सम्मान गर्नुपर्छ भन्ने शिक्षा छैन, जो अराजक र छाडा व्यक्तिहरुको संगत÷जमातबाट अगाडि बढिरहेको छ, अहिले मोफसलमा र सामाजिक सञ्जालमा छाडा÷छुद्र गाली गलौज गर्ने हुन् भन्ने आभाष मिल्छ । जसले आफ्ना पितामातालाई यसैगरी गालीगलौज गर्दै आइरहेका छन् भन्ने अनुमान गर्न सकिन्छ । यस्तै व्यक्तिहरु सरकारमा पुगे झनै के होला ? देशको इज्जत कहाँ पुग्ला ? 
    यसको अर्थ अहिलेको सरकारको सम्पूर्ण कार्यशैली अत्यन्त राम्रो र सही छन् भन्ने हैन । निम्नस्तरको जनताहरुको हितमा सरकारले ध्यान दिन सकेको छैन । दिनदिनै अपराधिक व्यक्तिहरुको विकास भइरहेको छ । हरेक खालको व्यापार व्यवसायहरुस् विचौलिया प्रवृत्तिले प्रताडित हुन पुगेका छन् । राज्यलाई राजश्व बुझाउने उद्योग कम्पनीहरु धमाधम बन्द हुने क्रममा छन् । माफियाहरुबाट संचालित उद्योग, कम्पनी वा व्यापार व्यवसायको विकास भई रहेको छ । थोरै पूँजीकाले व्यापार व्यवसाय गर्न असहज बन्दैछ । कुनैपनि सरकारी कार्यालयबाट काम लिन घुस विना असम्भव जस्तै छ । अदालतको फैसलाहरु धनका माफियाहरुबाट प्रभावित भएको देखिन्छ । देशको सुशासन विगार्ने यो सबै कार्यशैली र यसमा संलग्न माफियाहरुलाई सरकार र जनता स्वयम् भएर नियन्त्रण गर्न आवश्यक भइसकेको छ । तबमात्र देशमा शान्ति र सुशासनको अनुभूति गर्न सकिन्छ । सरकारमा रहेका सम्पूर्ण मन्त्रीहरु एकजुट भएर भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्न सकेमा यसैबाट यो देश र जनताले राम्रो सरकार रहेको अनुभू ितगर्न सकिन्छ, वर्तमान सरकारलाई यसैमा सफलता मिल्ने प्रेरणा जागोस् यहि छ शुभ–कामना !