2024 March 29/ 10:32: 51am

सरकारले देशभर नागरिकको सुरक्षाका लागि दोश्रो पटक थप सात दिनको लकडाउन गरेको छ। नागरिकहरु त्यसको पनि अवज्ञा गरि आफु र आफ्नाहरुको ज्यान जोखिम बनाउँदै विनाकाम दौडिरहेका छन्। एकै स्थानमा रहन सक्ने अवस्थामा पनि मानिहरु एक ठाउँबाट अर्काे ठाउँमा जान प्रयास गरिरहेका छन्। वास्तवमै पीडामा परेको समूह पनि छ। लकडाउनले असर पु¥याएको समुदाय पनि छ । त्यसको ब्यवस्थापनमा सरोकारवाला निकाय जुट्नुको विकल्प छैन। तर पनि लकडाउन कार्यान्वयन पहिलो शर्त हो। ब्यक्ति आफै सेल्फ क्वारेन्टाईनमा नरहँदासम्म जतिसुकै कडाई गरे पनि त्यसको कार्यान्वयन सम्भव छैन। 
    लकडाउन कार्यान्वयन गर्न केहि जिल्लाहरुले कफ्र्यू आदेश जारी गरिरहेका छन्। विशेष अवस्थामा प्रयोग गरिने स्थानीय प्रशासन ऐन अनुसार लकडाउन कार्यान्वयनको आब्हान भएको छ। जनता घरबाट बाहिर ननिस्किकन सहयोग पु¥याउन प्रशासनले समेत आब्हान गरिरहेको छ। सबै नागरिकको सुरक्षाका लागि गरिएको आव्हानलाई अधिकांशले कार्यान्वयन गरिरहेका छन्। शहरी क्षेत्रमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या धेरै छ। गाउँमा पनि त्यसको प्रभाव बढ्दै गएको छ। कतै कतै रक्सीका भट्टिहरु खुलिरहेका छन्। खाना खान पैसा नहुनेहरु भट्टिमा झुलिरहेका छन्। स्थानीय प्रशासन, नगरपालिका तथा गाउँपालिका र वडाहरु यो रोक्ने अभियानमा अझै सक्रिय हुनु जरुरी छ। लकडाउन गरेर सुरक्षित हुने भन्दा पनि समुहमा जम्मा भएर भिडभाड गर्नु रमाईलो मानिरहेका छन्। लकडाउन सरकारले नागरिकहरुको सुरक्षाका लागि आब्हान गरेको हो। केहि दिन घर भित्रै बसेर कष्ट ब्यहोर्दा मुलुकमा हुने विपत्ति रोक्न सहज हुन्छ भने घर बाहिर गएर तमासा किन देखाउनु ? 
    यतिबेला लकडाउनले धेरै क्षेत्र प्रभावित बनाएको छ। मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक संकटहरुलाई विस्तारै ब्यवस्थापन गर्ने योजनामा सबै पक्ष जुट्नु जरुरी छ। घर भित्रै पनि एक अर्काे बीच दुरी कायम राख्नु पर्ने अवस्थामा सामाजिक मतभेद खल्बलिने अवस्था आउन दिनु हुँदैन। राज्यका सबै संयन्त्रहरुले मात्रै होईन सामाजिक संघ संस्थाहरुले पनि यस्ता विषयमा चासो र ध्यान दिनु जरुरी छ। संकट सामना गर्न आफै सेल्फ क्वारेन्टाईनमा रहनुको विकल्प छैन। आफु बचौ र अरुलाई पनि बचाऔ। यतिखेरको संकट टार्ने यो जस्तो उत्तम उपाय र विकल्प अरु हुनै सक्दैन। सफा भईरहने, घर छेउछाउको वातावरण सफा बनाईरहने जस्ता कृयाकलापहरुमा जोड दिउँ।