2024 March 29/ 11:04: 02am

    बनेपा/इलाका प्रहरी कार्यालय बनेपाले जुवा तास खेल्ने ब्यक्तिहरुलाई पक्राउ गरी मुद्दा चलाएको छ । बनेपा नगरपालिका ८ मा तास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो भने बनेपा ६ बाट ७ जनालाई पक्राउ गरेको थियो । 
    २०७६ साउन ८ गते बनेपा ८ पुरानो खसीबजारमा तेमाल गाउँपालिका ५ घर भई सोहि स्थानमा डेरा लिएर बस्ने ६४ वर्षिय चतुरमान तामाङको कोठामा जुवा खेल्दै गरेका बेथानचोक गा.पा.५ बस्ने ३० का अमृत लामा, रोशी गाउँपालिकाका ३ बस्ने ४० बर्षिय बुद्ध लामा, तेमाल गाउँपालिका ८ बस्ने ६४ बर्षिय चतुरमान तामाङ, सोहि ठेगानाका ३१ बर्षिय भिम ब. लामा, माहाभारत गा.पा.६ का ३० बर्षिय सुजन लामा, रोशी गा.पा.३ बस्ने ३५ बर्षिय तिर्थ लामा र सोहि गाउँपालिका ९ का ४२ बर्षिय मोहन लामा रहेका छन् । 
    प्रहरी निरिक्षक निरन्जन भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा १ लाख २३ हजार ३ सय ६५ बरामद गरेको थियो । सोहि दिन प्रहरी टोलीले माहाभारत गा.पा २ घर भई हाल बनेपा न.पा ६ राम मन्दिर  बस्ने ४३ बर्षिय दमाई सिंह वाईवाको घरमा जुवा तास खेलाई रहेको अवस्थामा ताल खेल्नेहरुलाई पक्राउ परी एक लाख ७४ हजार पैतालिस रुपैया बरामद गरेको छ । काभ्रे माहाभारत गा.पा २ घर भई हाल बनेपा न.पा ६ राम मन्दिर ४३ बर्षि दमाई सिंहको वाईवा, सोहि ठेगानाका २२ बर्षिय आयुस भ्लोन तामाङ, ४४ बर्षिय ज्ञान ब. स्याङतान, ५० बर्षिय पदम लामा,  २४ वर्षका निमा वाईवा,  माहाभारत गा.पा १ का ३७ बर्षिय केदार ब. बम्जन र धुलिखेल न.पा ५ खड्पु बस्ने २८ बर्षिय अबिनास वाईवा रहेका छन् ।