2019 November 13/ 05:22: 18am

    बनेपा/काभ्रे युवा उद्यमी मञ्च काभ्रेको छैटौं बार्षिक साधारण सभा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष उमेशलाल प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    अध्यक्ष विज्ञान धौगडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रधानले नेपालमा बिँढो थप्ने उद्यम ब्यवसाय हुँदै आएको बताए । उद्योग ब्यवसायमा बदलाव ल्याउन आवश्यक भए पनि आफै बद्लिन आवश्यक भएको बताउँदै जोखिम मोल्न युवाहरु तयार हुनु पर्ने बताए । युवाहरु लगनशिल, इमान्दार र ब्यवसायीक हुनुपर्ने बताउँदै प्रमुख अतिथी प्रधानले निरन्तर उद्यममा लाग्न अनुरोध गरे । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका प्रदेश नम्वर ३ अध्यक्ष दिनेश श्रेष्ठ, केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, काभ्रे अध्यक्ष प्रकाश मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, नमोबुद्ध अध्यक्ष बसुनारायण श्रेष्ठ, निर्वाचन समितिका संयोजक एवं उपाध्यक्ष प्रताप बैद्य, नव निर्वाचित अध्यक्ष सरोजकाजी श्रेष्ठ, महासचिव सुरेन्द्र शुद्दाकार लगायतले मन्तब्य राखेका थिए । 
    साधारण सभाले सरोजकाजी श्रेष्ठको अध्यक्षतामा नितेश राजभण्डारी, सुरेन्द्र शुद्धाकार महासचिव, एक्टिभ तौजले कोषाध्यक्ष, सचिव सुरज दाहाल, सह कोषाध्यक्ष निशन जस्पाउ रहेका छन् । सदस्यहरुमा सचेत दुवाल, अनिस प्रजापति, राकेश मानन्धर, सुजेन्द्र पसक्षें, बुद्धरत्न मानन्धर, अनिल जोशी, रोशन खुप्पा श्रेष्ठ रहेका छन् । सत्यम कायश्थ र मनिष कायश्थलाई मनोनित गरिएको छ ।