2024 April 27/ 06:48: 23am

    बनेपा/बनेपा नगरपालिका वडा नं. ११ अपाङ्ग अस्पतालसँगै सिनागाल डिपबोरीङ्ग खानेपानी आयोजनाको प्रदेश सांसद बसुन्धरा हुमागाईले एक कार्यक्रमका विच शिल्यान्यास गरेका छन् । 
    शिल्यान्यास कार्यक्रममा सांसद हुमागाईले निर्वाचनका समयमा जनतालाई दिएको आश्वासन पुरा गर्न उक्त आयोजना शुरु गरिएको बताए । खानेपानी, बाटो, विद्यालय भबन निमार्ण कार्यमा सघं, प्रदेश र स्थानिय सरकार मिली विकासका कामहरु अगाडी बढाएको उनले बताए । अव गफ होईन जनतालाई विकास गरेर जनताहरुको सेवा गर्ने उनले जानकारी दिए । कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेले विकासमा कुनै राजनितीक रगं नहुने भएकाले विकासमा सबै एक हुनु पर्ने बताए । स्थानियबासी, वडा र बनेपा नगरपालिका मिली विकासमा सहभागी हुनु पर्ने उनको भनाई थियो । कार्यक्रममा बनेपा नगरपालिकका उप प्रमुख रेखा दाहाल सापकोटा दाहाल, बनेपा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, ७ का बर्ण शाक्य लगाएतको सहभागिता रहेको थियो । 
    कार्यक्रममा स्वागत मन्तब्य उपभोक्ता समितिका अध्यक्ष जयराम गिरीले राखेका थिए । खानेपानी आयोजना प्रदेश सरकारबाट प्राप्त ५० लखमा निमार्ण गरी अपाङ्ग बाल अस्पताललाई र स्थानीय उपभोक्तालाई वितरण गरिने बताएको छ । शिल्यान्यास कार्यक्रमको सभापतित्व ११ नं वडा अध्यक्ष शिबकुमार थापाले गरेका थिए ।