2024 April 20/ 12:43: 34pm

    बनेपा/पतञ्जली योग समिति काभ्रेको १५ औ बार्षिकोत्सव कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी राउतले योगको माध्यमबाट ब्यक्ति मात्रै नभई समाज र राष्ट्र स्वस्थ हुने भएकाले निरन्तरको अभ्यासमा लाग्न सहभागिहरुलाई अनुरोध गरे । नेपालले गरेको प्रस्तावमा विश्वभर योग दिवस मनाउन शुरु गरिएको बताउँदै प्रजिअ राउतले योग गरौ स्वस्थ रहौं भन्ने नारालाई ब्यवहारत सबैले आत्मसाथ गर्नु पर्ने बताए । जिल्ला अध्यक्ष दमनकुमार श्रेष्ठले पतञ्जली योग समिति काभ्रेले स्थापनाको छोटो अवधीमा महत्वपूर्ण कार्यहरु सम्पन्न गरेको बताए । योग भवन निर्माण, सामाजिक कार्यमा सक्रिय सहभागिता देखि विभिन्न क्षेत्रमा योग समितिहरुको गठन जस्ता महत्वपूर्ण कृयाकलाप सम्पन्न भएको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा पतञ्जली योग समिति काभ्रेका संस्थापक अध्यक्ष एवं प्रदेश नम्वर ३ का अध्यक्ष ग्रुवेन तौजलले काभ्रेपलाञ्चोक जिल्लालाई योगमय जिल्ला घोषणा गर्ने तयारी भएको बताए । बनेपा, पनौती, धुलिखेल र पाँचखाल नगरपालिकामा नगर समिति गठन, युवा र महिला समिति गठन भई सबै उमेर समुहका ब्यक्तिहरुलाई योग अभ्यास गराउने गरी निरन्तर कृयाशिल भएको बताए । योगको माध्यमबाट समाजलाई रुपान्तरण गर्न सम्भव भएको बताउँदै प्रदेश अध्यक्ष तौजलेले बताए ।
    पत्रकार महासघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले योगले डेड दशक अवधीमा जिल्लामा आमुल परिवर्तन ल्याएको बताउँदै विद्यार्थी देखि बृद्धसम्मले योगको माध्यमबाट आफुलाई स्वस्थ राख्न गरेको प्रयास सहनिय भएको बताए । कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, पतञ्जलीका कर्पाेरेट मेम्वर उद्धव तिमल्सिना, ओम शान्ति बनेपाकी लक्ष्मी दिदी, प्रदेश नम्वर ३ का महामन्त्री दलबहादुर थापा, भक्तपुर, काठमाडौ, ललितपुरका अध्यक्षहरु, जिल्ला उपाध्यक्ष हरिशरण श्रेष्ठ, महिला अध्यक्ष अञ्जना श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठ लगायतले पतञ्जली योग समितिले जिल्लामा पु¥याएको योगदानको चर्चा गरेका थिए । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट साधना केन्द्रहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट नगरमा बनेपा, उत्कृष्ट साधना केन्द्रमा नालालाई सम्मान गरिएको थियो । ८० लाखको भवन निर्माण गरेको पतञ्जलीले भवन निर्माण कार्यमा सहयोग गरेकोमा उपाध्यक्ष हरिशरण श्रेष्ठलाई सम्मान गरिएको थियो ।