2024 April 26/ 05:59: 26pm

   बनेपा/‘नइ ईश्वरवल्लभ पुरस्कार–२०७५’ले काभ्रेका वरिष्ठ साहित्यकार मोहन दुवाललाई ताम्रपत्र सहित ५० हजार राशी पुरस्कारले सम्मान गरिएको छ ।
    साहित्यकार दुवाललाई नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा समर्पित भई देश देशान्तरमा नेपाली भाषा र साहित्यको गरिमा बढाए बापत पुरस्कृत गरिएको हो । सम्मान कार्यक्रममा भारतका दुईजना साहित्यकारहरु हाइमनदास किराँत र डा.लक्खीदेवी सुन्दासका साथै नेपालका साहित्यकारहरुमा प्रा.डा. चूडामणि बन्धु, गोविन्द गिरी प्रेरणा, देवीप्रसाद वनवासी (स्याङ्जा) लाई सम्मान गरिएको थियो । धर्म–संस्कृति, राजनीति, चित्रकला, इतिहास, स्वास्थ्य, शिक्षामा क्रमशः १००८ स्वामी रमणानन्द गिरी, चन्द्रप्रकाश मैनाली, गेहेन्द्रमान अमात्य, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा.डा. महेश खकुरेल, श्रीमती किरण आचार्य (बाँके) लाई पनि पुरस्कार प्रदान गरिएको थियो । 
    शताव्दी पुरुष डा. सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रकाशनका सचिव नरेन्द्रराज प्रसाईंले नेपाली भाषा–साहित्यको आन्दोलनमा नइले पु¥याएको योगदानबारे विशेष चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका ८ जना बालबालिकाहरुलाई पनि पुरस्कृत गरिएको थियो ।