2024 April 26/ 05:04: 47am

    धुलिखेल/जिल्लाको महाभारत गाउँपालिका गोकुलेमा ट्रयाक्टरबाट खस्दा एक जनाको उपचारको क्रममा निधन भएको छ । 
    बैशाख २१ गते शनिबार साँझ पौने ६ बजेको समयमा महाभारत गाउँपालिका वडा नम्वर १ आरुबोटे स्थीत गोकुलेबाट आरुबोटे तर्फ जादै गरेको  ना.३ त ९१०३ नं.को ट्याक्टरमा पछाडि बसिरहेका सोहि ठेगानका  ३५ बर्षिया लालमान जिम्बा खसेका थिए । जिम्बा खसे लगत्तै ट्रयाक्टरको चक्काले ढाडमा किची घाईते भई तत्कालै उपचारको लागी स्थानीय मेडिकल लगिएकोमा घाईतेको अबस्था गम्भिर भई उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताएको छ ।