2019 August 19/ 12:07: 03pm

    बनेपा/बनेपा नगरपालिकाको आयोजना र कम्प्युटर एशोसियसन नेपाल महासघं काभ्रेको सहकार्यमा राष्ट्रिय सूचना तथा संचार प्रबिधि दिवसको अवसरमा प्रभातफेरी तथा साईबर अपराध चुनौती र समाधान विषयक कार्यशाला गोष्ठी बनेपा नगरपालिकाका उप प्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले नेपालमा प्रबिधिले फ्ड्को मारेकाले त्यसको सहि सदुपयोग गरी उपयोग गर्नु पर्ने बताईन् । प्रबिधि सँग रमाउँदै त्यसको सहि सदुपयोग गरेमा संचार क्षेत्रमा अझै राम्रो विकास हुने उपपमुख सापकोटाले बताईन् । अहिले सञ्चारको विकास सँगै दुरुपयोग भएकाले सबै त्यस तर्फ सचेत हुनु पर्ने उनले बताईन् । साईबर अपराध अहिले चुनौती भएकाले सबै अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई त्यस तर्फ सचेत गराई उपयोग गर्न लगाउनु पर्छ । साईबर अपराध भएमा के के हुन्छ, सहि तरीकाले चलाउँदा के हुन्छ भन्ने विषयमा राम्रो सगं बुझाउनु पर्ने बताएकी थिईन् । कार्यक्रममा साईबर अपराध र रोकथाम सबन्धि कार्यपत्र डिएस्पी भिष्म हुमागाईले प्रस्तुत गरेका थिए । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, बनेपा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष सचितानन्द के.सी .१० का वडा अध्यक्ष चन्द्र बहादर खड्का, क्यान महासघंका केन्द्रिय कोषाध्यक्ष शेखरनाथ दुलाल लगाएतले मन्तब्य राखेका थिए । 
    कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष रामचन्द्र न्यौपानेले राखेका थिए । कार्यक्रममा डिजिटल नेपाल विकास र समृद्धिको आधार भन्ने नारा सहित प्लेकार्ड लिएर प्रभातफेरी गरिएको थियो ।