2019 August 19/ 11:10: 19am

    बनेपा/नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले नेपाली कांग्रेस आफ्नै कारण पराजय भएको बताएको छ । ‘अझै पराजय हुने सम्भावना छ, समयमै संघीयता अनुसारको संरचना निर्माण गर्नुस’– डा. शेखर कोईरालाले भने ।
    प्रेस युनियन काभ्रे शाखाको छैटौ जिल्ला अधिबेशनको उद्घाटन सभामा बोल्दै डा. कोईरालाले संविधान जारी भएको यति लामो समय भईसक्दा पनि नेपाली कांग्रेसले संविधान अनुसारका संरचना निर्माण नगरेको भन्दै कांग्रेस नेतृत्वको आलोचना गरे । ‘अधिबेशन कहिले हुन्छ ? कांग्रेस अधिबेशन नगर्दा कमजोर भएको छ, भार्त संगठनहरु लथालिङ्ग भएका छन्, प्रदेश कमिटी बनेको छैन, नयाँं संरचना अनुसार स्थानीय तह तथा क्षेत्रिय कमिटीहरु बनेका छैनन’– उनले भने –‘अझै अधिबेशन नगर्ने हो भने आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस अन्र्तद्वन्द्वकै कारण कम परिणाम प्राप्त गर्नेछ ।’ डा. शेखर कोईरालाले भातृ संगठनहरु सबैको समयमै अधिबेशन गरी संगठन र पार्टीलाई कृयाशिल बनाउन आग्रह गरेका थिए । ‘कांग्रेसलाई कृयाशिल बनाउने हो भने समयमै अधिबेशन गर्नु पर्छ’–उनले भने –‘तदर्थबादमा कांग्रेस चल्न सक्दैन, ब्यक्ति बलियो होईन संस्था बलियो बनाउनु पर्छ ।’ कांग्रेसलाई उर्जाशिल बनाउन वडा तह देखि सक्रिय बनाउँदै ल्याउन उनले अनुरोध गरे । प्रेस स्वतन्तत्रा दिवसको अवसरमा पारी आयोजित अधिबेशनमा डा. शेखर कोईरालाले पत्रकारहरुकै पक्राउ तथा मुद्दाहरु चलिरहँदा प्रेस युनियन बोल्न नसकेको भन्दै आलोचना गरे । तत्कालिन राजा महेन्द्रको पालामा जस्तै अहिले प्रेस नियन्त्रित हुन खोजेको भन्दै कोईरालाले प्रेस स्वतन्त्र विरोधी हुन नहुने बताए ।  
    नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिव हुमागाईले मुलुकमा अराजकता बढेको र कानुनी शासन नभएको उल्लेख गर्र्दै अधिनायकबादको अभ्यास भईरहेको बताए । प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देलले प्रेसलाई अंकुश लगाउने कार्य सबै तिरबाट रोकिनु पर्ने बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले स्वतन्त्र प्रेसका लागि कसैसँग सम्झौता नहुने बताए । दर्जन भन्दा धेरै नेताहरुले शुभकामना दिएको उक्त सभामा जिल्ला अध्यक्ष कपिल कोईराला, उपाध्यक्ष नगेन्द्र अधिकारी, सचिव मधुसुदन तिमल्सिना लगायतले संस्थागत नेतृत्व ब्यवसायिक हुनु पर्ने बताए । अधिबेशन उद्घाटन पछि बन्द सत्र संचालन हुन नसके पछि नयाँ नेतृत्व चयन हुन सकेको छैन ।