2026 June 25/ 03:32: 10pm

उद्धब प्रसाद अधिकारी/पाँचखाल 
    पाँचखाल खानेपानी जल उपभोक्ता समितिको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाको उद्घाटन खानेपानी तथा ढल व्यवस्थापन विभागका उप—महानिर्देशक माधव प्रसाद अधिकारीले गरेका थिए । 
प्रमुख अतिथी अधिकारीले पानी प्रशोधन केन्द्र व्यवस्थापन, ल्याव व्यवस्थापन र मुलको संरक्षण तथा थप मूलको व्यवस्थापनको लागि विभागले सहयोग गर्ने बताए । खानेपानी जस्तो महान कार्यका लागी पाँचखालबासी सबैको सहयोग हुदै आएकोले थप सहयोग र चाडो सम्पन्न गरी  खानेपानी ब्यबस्थीत गर्न विभागले सहयोग गर्ने प्रतिबद्धता ब्यतm गरेका थिए । कार्यक्रममा पाँचखाल नगरपालिकाका उप प्रमुख सुर्यमाया दनुवारले पाँचखालमा भएका धेरै उपभोक्ता समितिहरुलाई एकीकृत गरी मर्ज गर्नु पर्ने र उपभोक्तालाई सहज रुपमा खानेपानी वितरण गर्नु पर्ने बताईन् । कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङ, पाँचखाल सुनकोशि खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछाने लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपभोक्त समितिका सदस्य प्रकाश तिमल्सिनाले राखेका थिए भने सभापतित्व उपभोक्ता समितिको अध्यक्ष वीर वहादुर ठकुरीले गरेका थिए । कार्यक्रममा नगरपालिकाका वडा नं १‚२‚३‚४ र ७ मा गरी  १ हजार ३ सय ८ धारा जडान गरिएको छ भने १४ वटा धारा मठ मन्दिर‚ घाट तथा सार्वजनिक स्थानमा निशुल्क वितरण गरिएको वताईएको थियो ।  उपभोक्ता समितिले बनेपाबाट ल्याएको पानीको स्रोतले अपुग भएपछि उपभोक्ता समितिको पहलमा हालको पाँचखाल नगरपालिका वडा नं ३ भैसे खोला खानेपानी मूल र पाँचखाल नगरपालिका वडा नं ३ मा डिप वोरिङ्ग गरि तीन स्थानबाट पानी सङ्कलन गरि वितरण कार्यलाई व्यवस्थित गर्दै आएको जनाएको छ ।