बनेपा/काभ्रे माध्यमिक विद्यालयका विद्यार्थीहरुले विभिन्न खानाका परिकारहरु बनाई फुड फेस्टिबलको आयोजना गरेका छन् ।
विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष जगनाथ अवाको सभापतित्वमा सम्पन्न फेस्टिबल कार्यक्रममा विद्यार्थीहरुले ५२ प्रकारका खाद्य परिकार बनाई स्टलमा राखेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल कुमार मानन्धरले विद्यालयले हरेका बर्ष विभिन्न अतिरिक्त कार्यक्रमहरु गर्दै आएको बताए । विद्यार्थीहरुको पढाईसँगै उनिहरुको सिर्जना, क्षमतालाई ब्यबहारमा नै उतारी सृजनात्मक बनाउन लागिएको बताए । विद्यालयले सामाजिक परम्परा, संस्कृति सम्बन्धी जोगाउने, ब्यहारीक शिक्षाका लागि प्रयोगात्मक मार्फत सिकाउँदै आएको मानन्धरले बताए । बक्तृत्वकला, फुडसल, हाजिरीजवाफ, चित्रकला, नृत्य÷गायन प्रतियोगिता मार्फत विद्यार्थीहरुमा भएको प्रतिभालाई ब्यबहारमा उतारिएको बताए ।
त्यसैगरी विद्यालयका सहायक प्रिन्सिपल केशव श्रेष्ठले विद्यालयमा एक हजार पचास विद्यार्थीहरु अध्ययनरत रहेको बताए । प्रत्येक विद्यार्थीहरुले उक्त कार्यक्रममा सहभागिता जनाएको श्रेष्ठले बताए । विद्यार्थीहरुले तयार पारेको ५२ प्रकारका खाद्य परिकारहरु अभिभावक, विद्यार्थी र शिक्षकहरुलाई खुवाएका थिए ।
फुड फेस्टिबलमा योमरी, नेवारी खाजा सेट, लस्सी, बारा, मःम, चाउमिन, लगायतका खाद्य परिकारहरु रहेको कार्यक्रम संयोजक तथा शिक्षक उद्धव लुईटेलले बताए । लुईटेलले पढाईसँगै ज्ञान दिन सक्ने कार्यक्रम आयोजना गरेको विद्यालयका शिक्षक उद्धव लुईटेलले बताउनुभयो ।









