2026 June 25/ 03:32: 10pm

    बनेपा/बनेपा नगरपालिकाले सम्पूर्ण सेवा प्रवाहलाई क्रमशः प्रविधि मैत्री बनाउने भएको छ । 
     नगर क्षेत्र भित्र रहेका सवै सरकारी, गैर सरकारी संघ संस्थाहरुसँग गरिने सबै किसिमका कार्यहरुलाई डिजिटिल विधिबाट सम्पादन गर्ने योजना अनुसार डिजिटल सेवा प्रवाहको समुद्घाटन नगर प्रमुख शान्तिरत्न शाक्यले एक कार्यक्रमका विच गरेका छन् । कामलाई थप प्रभावकारी बनाउन तथा नगरवासीहरुको स्वास्थ्य उपचारको लागि बनेपा नगरपालिकाले नगर भित्रका प्रमुख अस्पतालहरु ( रेयुकाई एइको मासुनागा आँखा अस्पताल, शिर मेमोरियल अस्पताल, स्पाईनल ईन्जुरी तथा पुनस्र्थापना केन्द्र र रेडक्रस सोसाईटी बनेपा) सँग गरेको सम्झौता बमोजिम गरिने कार्यलाई थप सरल, सहज, विश्वसनीय र प्रभावकारी ढंगले डिजिटल माध्यामबाट गर्ने उद्देश्यका साथ सरोकारवालाहरुसँगको छलफलपछि सेवा सुरु गरिएको नगर प्रमुख शाक्यले बताए । 
    सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनको लागि निर्माण गरिएको डल्फिन ट्रयाप मोडलको अनलाईन सफ्टवेयर शुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, सरोकारवाला सवै निकायको प्रमुख एवं प्रतिनिधि र प्राविधिक कर्मचारी समेतको उपस्थितिमा ईन्जुरी संघमा उपचाररत एकजना विरामीलाई उक्त प्रणालीबाटै आर्थिक सहयोग गरी संयुक्त रुपमा परिक्षण गरिएको थियो । 
    कार्यक्रममा उपप्रमुख सापकोटाले बनेपा नगरपालिकाले पछिल्लो समयमा क्रमश : सेवा प्रभावलाई प्रविधिमैत्री बनाउने क्रममा फड्को मारेको बताइन् । बनेपा नगर एक कदम अघि बढेको उनको भनाई छ । कार्यक्रमको प्रस्तुती सहकारी तथा सामुदायिक विकास शाखा प्रमुख दिनेश कुमार पोखरेलले गरेका थिए ।