बनेपा/बनेपाको तीनदोवाटोमा रहेको डिस्कभरी मन्टेश्वरी अत्याधुनिक प्रविधि मैत्रीमा रुपान्तरण गरी विद्युत प्राधिकरण नजिकै पुलबजार जाने स्थानमा स्थान्तरण भएको छ । बालबालिकाहरुलाई पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि तथा घोकन्ते र परम्परागत शिक्षण पद्दतिको सट्टा मन्टेश्वरी किन्डरगार्टेनमा आधुनिक, पट्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाई क्षमता विकासमा जोड दिईने मन्टेश्वरीका सञ्चालक अध्यक्ष गणेश काफ्लेले बताए ।
काफ्लेले भने विद्यालय स्तरको पढाई सुरु हुनुभन्दा पहिले बालबालिकालाई किताब पढाउनुको साटो खेलकूद तथा अन्य सामग्रीको माध्यमबाट उनीहरुलाई विभिन्न ज्ञान तथा सीप दिईने र उनीहरुमा पढ्ने बानीको विकास गराइने बताए । मन्टेश्वरी सिकाईले बालबालिकामा बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पु¥याउँछ । बालबालिकाको रुचि र चाहना अनुसार पढाएर उनीहरुलाई पढाईप्रति आकर्षित गर्ने परम्परा र आधुनिक विधि पद्दतिबाट पढाई हुने गरिने भएका कारण अहिले मन्टेश्वरी किन्डरगार्टेनप्रति अभिभावकको आकर्षण बढ्दै गएको काफ्लेले बताए ।
डिस्कभरी मन्टेश्वरीमा मन्टेश्वरी शिक्षा पद्दति अनुसार बालबालिकालाई प्रयोगात्मक विधिबाट सिकाइने र मन्टेश्वरी तथा अन्य सामग्रीका माध्यमबाट सिक्न प्रेरित गरिने प्रिन्सिपल गिता थापाले बताईन् । मण्टेश्वरीमा हाल १ सय १० जना बालबालिकाहरु रहेका छन् । बालबालिकाहरुलाई पर्याप्त खेल्ने, खेलाउने ठाँउ राम्रो बाताबरण रहेको सञ्चालक सदस्य सुशिल थापाले बताए ।









