2026 June 25/ 04:52: 52pm

              धुलिखेल/धुलिखेलको शैक्षिक अभियान विद्यार्थीहरुको प्रतिभा पहिचान भन्ने उद्देश्यका साथ माध्यमिक विद्यालय स्तरीय राष्ट्रिय गीत प्रतियोगिता २०८२ को आयोजना गरेको छ । 
            प्रतियोगिताको उद्घाटन नगर प्रमुख अशोक ब्याञ्जुले गरेका थिए । ब्याञ्जुले नगरमा भौतिक विकाससँगै  विद्यार्थीहरुलाई क्षमतावान्, र सिर्जनशील, उनिहरुको प्रतिभा प्रस्फुटन गर्नु नगरको उद्देश्य रहेको बताए । विद्यालयमा पढ्नु मात्रै पर्छ भन्ने मान्यतालाई विस्तारै बदल्दै साहित्य, संगीत र कलाद्वारा समेत शिक्षा आर्जन गरी समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्छ भन्ने मान्यता राख्नुपर्ने ब्याञ्जुले बताए । धुलिखेल नगरपालिकाले नगर भित्रका सम्पूर्ण विद्यालयले फरक–फरक विद्याका सांगीतिक र खेलकूदका कार्यक्रम राखी विद्यार्थीहरुको क्षमता र चाहानामा कार्यक्रम गर्नुपर्ने बताए । प्रतियोगितामा नगरका १७ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक गणेश आचार्यको सभापतित्वमा भएको थियो भने कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनी, शिक्षा शाखा अधिकृत डिक बहादुर राई, वडा अध्यक्षहरु, विद्यालयका प्रध्यानाध्यापकहरु, संगीत शिक्षकहरुको उपस्थिती रहेको थियो ।