2026 June 25/ 04:52: 53pm

    बनेपा/बेलर ईन्टरनेशनल एकेडेमी बनेपामा बेलर स्काउट टु्पको प्रथम दिक्षान्त समारोह सम्पन्न भएको छ । 
    उक्त टु«प बनेपाले ६ महिना अबधिको प्रथम तहको तालिम सम्पन्न गरी स्काउट विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । दिक्षान्त समारोहमा बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाले विद्यार्थीहरुलाई प्रतिज्ञा ग्रहण गराउदै प्रमाण पत्र वितरण गरेकी थिईन् । सापकोटाले उक्त स्काउट तालिमले विद्यार्थीहरुलाई नेतृत्व विकास, अनुशासित, समुदाय सेवा प्रति समर्पण गराउने बताईन् । प्रत्येक विद्यार्थीहरुलाई उक्त स्काउटको तालिम प्रदान गर्नुपर्ने सापकोटाको भनाई रहेको थियो । उपप्रमुख सापकोटाले नगरका सम्पूर्ण विद्यालयमा स्काउट क्रिmयाकलापलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेकी थिईन् । 
    कार्यक्रममा विद्यालयकी प्रिन्सिपल इन्दु थापाले विद्यालयले विभिन्न अतिरिक्त कार्यक्रमसँगै स्काउटलाई समेत विशेष प्राथमिकता दिएको बताईन् । उक्त तालिम पश्चात  बालबालिकाको सर्वाङ्गिण विकास र प्राकृतिक विपद्को साथी भएको बताईन् । स्काउट शिक्षाले विद्यालय तहका बालबालिकाहरुलाई असल नागरिक बनाई सक्षम व्यक्ति बनाउने थापाले बताईन् । कार्यक्रममा स्काउट काभ्रेका तदर्थ समतिका संयोजक मोहन गोपाल श्रेष्ठ, केन्द्रीय स्काउट कार्यलय बनेपा संयोजक पुकार कर्णजित, राष्ट्रिय प्रशिक्षक सबुता महर्जन, सहायक राष्ट्रिय प्रशिक्षक नविना श्रेष्ठ लगाएतले स्काउटका बारेमा मन्तब्य राखेका थिए ।