2026 June 25/ 06:02: 58pm

    बनेपा/पतंजलि योग समिति बागमती प्रदेशका विभिन्न योग केन्द्रका योग साधकहरु बागमती प्रदेश प्रमुख ग्रुबेन तौजलेको नेतृत्वमा पतञ्जलि योग पीठ हरिद्धार प्रस्थान गरेका छन् । 
     कार्तिक १२ देखी १८ गते सम्म सञ्चालन हुने तालिममा २ सय २९ जना सहभागी रहेका छन् । उक्त तालिममा काभ्रे जिल्लाबाट मात्रै २७ जना सहभागी रहेका छन् भने काभ्रेको नेतृत्व पतंजलि योग समिति काभ्रेका उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठको नेतृत्व रहेको छ । तालिममा मुख्य योग शिक्षक प्रशिक्षण स्वामी रामदेव र आचार्य बालकृष्ण महाराजबाट सहभागीहरुलाई योग ध्यान, स्वास्थ्य जिवन र स्वास्थ्य शिविर योग गराईने बताईएको छ । तालिममा सहभागी हुन जाने टोलिलाई पंतजलि योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थ, महिला अध्यक्ष ईन्दिरा तौजले, निवर्तमान अध्यक्ष हरिशरण श्रेष्ठ, अनु श्रेष्ठ, अंजना श्रेष्ठ, वागमती प्रदेश सल्लाहाकार सरिता शाक्य, लगायतले शुभकामना प्रदान गरी विदाई गरेको सञ्चार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिए ।