2026 June 25/ 06:03: 47pm

    धुलिखेल/आकाश भैरव क्लब, धुलिखेलको आयोजनामा धुलिखेल नगरपालिकाको संरक्षण र लाली गुराँस क्रियसन मिडियाको व्यवस्थापनमा कात्तिक २० गतेदेखि मंसिर ३ गतेसम्म धुलिखेल महोत्सव हुने भएको छ ।
    महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, खाद्य, अटोमोबाइल, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीहरु, कृषि औजारका सामग्रीहरु सहित १ सय वटा स्टल रहने आयोजकले बताएको छ । 
    महोत्सव धुलिखेलको रंगशाला परिसरमा हुने छ । धुलिखेलको परम्परा, कला, संस्कृति, जनजाती, भेषभुषा, भौगोलिक परिचय र पर्यटनको निम्ति’ भन्ने मूल नाराका साथ काभ्रेको परम्परागत कला, संस्कृति, औधोगिक व्यापार, घरेलु, कृषि तथा खेलकूद पर्यटन प्रबद्र्धनका निम्ति प्रथम काभ्रे धुलिखेल महोत्सवको आयोजना गरिएको क्लवका अध्यक्ष पुकार श्रेष्ठले जानकारी दिए । महोत्सवका लागि आवश्यक तयारी पूरा गरिएको र स्टल निर्माणको काम शुरु भएको श्रेष्ठले बताए ।