2026 June 25/ 06:04: 01pm

धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ ले बालबालिकाहरुका लागि शुभकामना आदान प्रदानका साथै चंगा वितरण गरेको छ । 
    वडा कार्यालयले दशैको अवसरमा बालबालिकाहरुलाई प्रिय लाग्ने चंगा वितरण गरेको हो । बालमैत्री वडा धुलिखेल ४ ले हरेक वर्ष रचनात्मक कार्य गरिरहेको छ । ३ सय ५० भन्दा धेरै बालबालिकाहरुका लागि चंगा, धागो र लट्टाई उपलब्ध गराईएको अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले बताए । वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले हरेक वर्ष वडा भित्र रहेका बालबालिकाहरुलाई दशैको अवसरमा चंगा तथा अन्य विभिन्न समयमा फरक फरक खालका रचनात्मक कृयाकलापका लागि खेल सामाग्री उपलब्ध गराउँदै आएको बताए । सोहि अवसरमा वडा कार्यालय, वडा कार्यालय अन्र्तगत रहेको प्रगतिशील वडा स्तरीय बाल क्लव, वडा स्तरीय युवा परिषद्को सक्रिय सहभागिता रहेको थियो । विजयादशमीमा चंगा, धागो र लट्टाई उपलब्ध गराएको उक्त कार्यालयले शुभ दिपावलीको अवसरमा भने सांस्कृतिक कार्यक्रम आयोजना गर्नेछ । 
    कार्यक्रममा वडा सदस्यहरु सुना मंग्रान्ति, सजना परियार, वडा कार्यालयका कर्मचारीहरु, बाल क्लव सल्लाहकार तथा युवा क्लव संयोजक आशिका थापा र युवा परिषद्का पदाधिकारीहरुको सहभागिता रहेको थियो ।