बनेपा/रोटरी क्लब अफ काभ्रे बनेपाले रोफेका चर्चमा रहेका जेष्ठ नागरिकहरुलाई खाद्यान्न र लत्ता कपडा वितरण गरेको छ ।
क्लबकी अध्यक्ष सरिता शाक्यले रोटरी क्लबले उक्त चर्चमा रहेका जेष्ठ नागरिकहरुलाई खाद्यान्न र लत्ता कपडा वितरण गरिएको बताईन् । क्लबले विभिन्न स्थानमा गई सामाजिक कार्य अन्र्तगत सामानहरु वितरण गर्दै आएको शाक्यको भनाई रहेको थियो । चर्चका पाष्टर नारायण प्रधानले सहयोगी संस्थाहरुलाई धन्यबाद दिएका थिए । जेष्ठ नागरिकहरुको कोही पनि नहुँदा चर्चमा राखी संरक्षण गर्दै आएको प्रधानले बताए । चर्चमा हाल १५ जना जेष्ठ नागरिकहरु रहेका छन् । वितरणमा क्लबका बनेपाको पूर्व अध्यक्ष एवं ईन्टरनेशनल रोटरी डिस्ट्रिक ३२९२ को २०२५–२६ को–असिस्टेन्ट गभर्नर रामप्यारी बज्रचार्य, पूर्व अध्यक्ष सुर्यप्रभा शाक्य र पदाधिकारीहरु लगायतको सहभागीता रहेको थियो ।









