2026 June 25/ 07:27: 31pm

    बनेपा/रोटरी क्लब अफ काभ्रे भ्याली, रोटरी क्लब काभ्रे बनेपा, रोटरी ई–क्लब अफ नमोबुद्ध, रोट्र्याक्ट क्लब अफ बनेपा र बनेपा नगरपालिकाको संयुक्त आयोजनामा बनेपा नगरपालिका वडा नम्बर ६ स्थित गोसाईकुण्ड परिसरमा सरसफाई गरेको छ । 
    मेला समापनको भोलिपल्ट अर्थात २५ गते बिहानै उक्त क्लबहरुका प्रतिनिधिहरुको उपस्थितिमा सरसफाई गरेको थियो । जिल्लाको प्रमुख तीर्थस्थल गोसाईकुण्ड मन्दिरमा जनै पूर्णिमाका अवसरमा भव्य मेला लाग्दै आएको र मेलामा हजारौँ भक्तजनहरूको उपस्थितिले मन्दिर परिसर तथा वरपरको क्षेत्र अत्यन्तै ठूलो मात्रामा फोहोर थुप्रिएको थियो । फोहोर ब्यबस्थापनसँगै सरसफाई अभियान गरिएको थियो । उक्त स्थानबाट १ टिपरभन्दा बढी फोहोर संकलन पछि  फोहोरलाई बनेपा नगरपालिकाको सहजीकरणमा व्यवस्थापन गरिएको रोटरी ई–क्लब अफ नमोबुद्धकी अध्यक्ष शोभा थापा नर्कमीले बताईन् । उक्त सरसफाई पछि गोसाईकुण्ड मन्दिर परिसरलाई पुनःस्वच्छ र आकर्षक रहेको बताईएको छ ।