बनेपा/पिपल्स बहुमुखी क्याम्पसले प्रगती प्रभात एकेडेमीको कक्षा ११ मा भर्ना भएका विद्यार्थी तथा कक्षा १२ मा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई एवं सम्मान गरेको छ ।
पिपल्स बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सूर्य प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा तथा प्रशासकीय प्रमुख पुष्पराज कोईरालाको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई बधाई र स्वागत सम्मानसँगै अभिमुखीकरण प्रदान गरेको थियो । क्याम्पसका सहायक क्याम्पस प्रमुख शुरेस सापकोटाले स्वागत मन्तब्य राखेका थिए । क्याम्पसले २०८० सालको विविएस चौथो वर्षको वार्षिक परीक्षामा जिल्ला प्रथम गरेको बताएका थिए । क्याम्पसमा वि.वि.एस, वि एस डब्लु, वि.ए र वि एड का कक्षाहरु सञ्चालन भएको सापकोटाले बताए ।
क्याम्पस प्रमुख पौडेलले न्युननतम् शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको बताए । विद्यार्थी दोस्रो वर्ष देखी नियममित क्याम्पस नहाउने, धेरै विदेशिने क्रम बढेकाले राज्यबाट नै विद्यार्थीहरुलाई बाहिर जान रोक्नका लागी कदम चाल्नु पर्ने पौडेलले बताए । कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ मा उत्तिर्ण भएका लाई सम्मान गरिएको थियो । कक्षा १२ मा ९७ प्रतिशत उतिर्ण भएका प्रशासकीय प्रमुख पुष्पराज कोईरालाले बताए । कार्यक्रममा शतप्रतिशत विषयमा उत्तिर्ण गराउने विषयगत शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।









