बनेपा/पतंजलि योग समिती बागमती प्रदेशको आयोजनामा पतंजलि योग समिती काभ्रे, महिला समिती काभ्रेले बनेपा संयोजनमा संचालित १५ दने सह–योग शिक्षकहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले प्रमाण पत्र वितरण गर्दै खुसी जिवन यापन गर्न स्वस्थ रहन आवश्यक रहेको र स्वस्थ रहन दैनिक योगा अभ्यास आवश्यक रहेको र समाजलाई नै स्वस्थ बनाउन तालिममा सिकेका ज्ञानलाई प्रत्येक गाउँ गाउँ, टोल टोल र वडा वडासम्म पू¥याउनु पर्ने बताए । कार्यक्रममा स्वागत मन्तव्य महिला पतंजलि योग समितीका अध्यक्ष ईन्दिरा तौजले राखेकी थिईन् भने शुभकामना मन्तब्य पतंजलि योग समिती बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, प्रशिक्षार्थीरुको तर्फबाट विष्णु प्रसाद आचार्य र चण्डिका आचार्यले राखेका थिए । कार्यक्रमको सभापतित्व पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले गर्नु भएको कार्यक्रम सञ्चालन महामन्त्रीद्वय श्याम कुमार श्रेष्ठ र लक्ष्मी उलकले गरेका थिए । तालिममा ६५ जना सह योग शिक्षकहरु सहभागी रहेका थिए ।
त्यसैगरी पतंजलि योग समिति काभ्रेबाट बनेपा न.पा. वडा नं. ११ स्थित सिनागालमा शारदा देवी योग साधना केन्द्रमा १५ दिने सह–योग शिक्षक तालिमको शुभारम्भ गरिएको छ । पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले प्रमुख प्रशिक्षक रहने छन् । पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायस्थको सभापतित्वमा भएको उक्त तालिमको उद्घाटन कार्यक्रममा स्वागत भाषण बनेपा न.पा. वडा नं.११का वडा अध्यक्ष शिवकुमार थापाले गर्नुभएको थियो भने पतंजलि योग महिला समितीका अध्यक्ष ईन्दिरा तौजले, नि.व. अध्यक्षद्वय हरिशरण श्रेष्ठ, अनु श्रेष्ठ र महामन्त्री श्यामकुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
त्यसैगरी कालिका देवी योग साधना केन्द्र पनौती ५ चौकोटको कुप्स स्कुलमा आयोजित सह–योग शिक्षक १५ दिने तालिमको समापन गरिएको छ । प्रमुख प्रशिक्षक पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले प्रमाण–पत्र वितरण गरेका थिए । पतंजलि योग समिती बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ जिल्ला अध्यक्ष प्रकास कायस्थ, महिला अध्यक्ष ईन्दिरा तौजले, उपाध्यक्ष कमला राजभण्डारी, महामन्त्री श्यामकुमार श्रेष्ठ, सल्लाहकार पुष्पलाल श्रेष्ठ, जयराम श्रेष्ठ नि.ब. अध्यक्षद्वय हरिशरण श्रेष्ठ, अनु श्रेष्ठ लगायतका पदाधिकारीहरु र सदस्य साधक साधिकाहरुको उपस्थिती रहेको संचार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनु भयो ।
आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजको जन्मोत्सव तथा आयुर्वेद दिवस योग भवन बनेपामा मनाईएको छ । आचार्य बालकृष्ण महाराजको तस्विरमा माल्यार्पण तथा फुलका गुच्छाहरु अर्पण गरिनुका साथै योग भवन परिसरमा वृक्षारोपण गरिएको थियो । उक्त कार्यक्रममा महिला पतंजलि योग समितीका अध्यक्ष ईन्दिरा तौजले, पूर्व अध्यक्ष अन्जना श्रष्ठ, पतंजलि योग समिती बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, पतंजलि योग समिती काभ्रेका उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठ लगायत योग साधक साधिकाहरुको उपस्थिती रहेको संचार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनु भयो ।









