पनौती/सहयोगी रोजगार तथा मल्टिप्रपोज प्रालीद्वारा संचालन गरिएका विभिन्न तालिममा सहभागिहरुलाई एक कार्यक्रमका साथ प्रमाणपत्र वितरण गरिएको छ । पनौती नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष विनोद खत्रीले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
सहयोगी रोजगार तथा मल्टिप्रपोज प्रालीका प्रवन्ध निर्देशक जुना केसीले सहभागिहरुलाई तालिम मात्रै नभई ब्यवसायीक रुपमा आत्मनिर्भर बनाउने गरी ब्यवसायीकता र रोजगारको सिर्जना गरिएको बताईन् । केहि वर्ष अघि शुरु भएको उक्त प्रालीले ४ हजार ५ सय भन्दा धेरै ब्यक्तिहरुलाई रोजगारको ब्यवस्था गरेको छ । बेरोजगारहरुलाई रोजगार दिदै आएको उक्त प्रालीले विभिन्न समयमा २ हजार भन्दा धेरैलाई रोजगार केन्द्रित ब्यवसायीक तालिम प्रदान गरिएको प्रवन्ध निर्देशक केसीले बताईन् । बेरोजगारहरुले केन्द्रमा सम्र्पक गरेको अवस्थामा कुनै न कुनै क्षेत्रमा रोजगारका लागि अवसर प्रदान गरिने उनले बताईन् ।
प्रमाणपत्र लिदै सहभागिहरुले अवसर प्रदान गरिदिएकोमा प्रालीलाई धन्यवाद दिएका थिए । ट्याक्स, भ्याट तथा लेखा सम्वन्धी तालिममा सहभागि ३० जना र मन्टेश्वरी सम्वन्धी तालिम लिने १५ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रमाणपत्र वितरण कार्यक्रममा प्रशिक्षक साजन नेपाल, दिपिका श्रेष्ठ, सन्जेश विष्ट, टेलर ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष सृर्य थापा, पत्रकार नवराज बजगाई, पनौती ५ की वडा सदस्य सविता थापा लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।









