2026 June 25/ 08:29: 27pm

          बनेपा/बिजनेश एण्ड प्रोफेशनल वीभेन बनेपा शाखाको तेस्रो अधिबेशन तथा छैटौ वार्षिक साधारण सभाबाट अध्यक्षमा सरिता पलाञ्चोके निर्वाचित भएकी छिन् । 
        समितिको उपाध्यक्षमा रजुला मानन्धर, सचिव सुजिता बैदार, कोषाध्यक्ष निकी श्रेष्ठ, सदस्यहरुमा जुना कर्माचार्य, रचना मानन्धर, मन्जु लोहोला र रोजिना श्रेष्ठ रहेका छन् । कार्यक्रमको उद्घाटन बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटाले गरेकी थिईन भने सभापतित्व अध्यक्ष ईश्वरी बादे श्रेष्ठले गरेकी थिईन् । संस्थाको वार्षिक प्रतिबेदन सचिव सचिव रजुला मानन्धरले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुजिता बैदारले प्रस्तुत गरेकी थिईन् । प्रमुख अतिथी सापकोटाले महिलाहरु सक्षम र सबल भएमा आफुले चाहेको ब्यपार ब्यबयास गर्न सक्षम हुने बताईन् । सामान्य खर्च गर्न समेत घरपरिवारको मुक ताक्नु पर्ने बाध्याता नरहने भएकाले नेतृत्व विकास सगै सिप सिकी आत्मनिर्भर बन्नु पर्ने सापकोटाले बताईन् । 
           नगरपालिकाले महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाउनका लागी नै विभिन्न सिपमूलक तालिमहरु प्रदान गर्दे आएको सापकोटाको भनाई रहेको थियो । कार्यक्रममा आफ्ना लागी आफैले गर्नु पर्छ भन्दै दिदिबहिनीहरुलाई, सक्षम नेतृत्वदायी भुमिकामा आउन आग्रह गरिएको थियो । संस्थाकी अध्यक्ष ईश्वरी बादेले संस्थाले विभिन्न सिपमुलक तालिम, स्वस्थ्य शिबिर लगायतका सामाजिक कार्यहरु गर्दै आएको बताईन् ।